इज़रायलमा उभौली साकेला भव्यताका साथ सम्पन्न साथै तक्मे बुढालाई सम्मान I

तेलअभिव  आषाड
यासिन राई 
किराँत राई यायोख्खा नेपाल इज़रायल ले येलेदोंग ५०७३ औं उभौली साकेला भव्यताका साथ् सम्पन्न गरेको छ ।र्इजरायलको तेलअभिव मा रहेको याफो समुन्द्रको किनारमा रहेको खुल्ला चौरमा सम्पन्न उक्त कार्यक्रममा र्इजरायलमा सँगठित विभिन्न जनजातीय संघ संस्थाहरु उपस्थिति रहेका थिए ।
निलो सामुन्द्रिक लहर सँग रमाउदै सुरु भएको रार्इहरूको उभौली साकेला कार्यक्रम सुम्निमा पारुहाङ्ग र राजा यलम्बरको तस्विरमा परम्परागत धुपपाती सँगै पूजा गरि संस्थाको उपाध्यक्ष दीप कुमार
राइले कार्यक्रमको शुरूवात गर्नु भएको थियो । येलेदोंग ५०७३ औं उभौली साकेला का सभापतिमा अध्यक्ष मिना बान्तवा,रहनुभएको थियो भने प्रमुख अतिथिमा सुन्दर लामा योञ्जन ९अध्यक्ष(नेपाल जनजाति आदिवासी महासँघ साथै तमाङ समाज र्इजरायको ०, बिशेष अथितीमा हास्य व्यंग्य क्षेत्रका चर्चित विल्सन बिक्रम राई ९तक्मे बुढा०, विभिन्न जनजाति संस्थाका प्रतिनिधिहरु र स्थानिय मिडियाको उपस्थिती रहेको थियो ।
उभौली र उधौली गरि बर्षमा दुइ पटक गरिने राई हरुको साकेला पूजा बैशाख पूर्णिमामा उभौली र मंसिरमा उधौली गरिन्छ । भूमी र प्रकृतिका पूजारी किराँत हरु बालि लाइसकेपछि र उठाउने बेला भूमी प्रति आभार ब्यक्त गर्दै पूजा गर्ने गर्दछन । हामीलाई जे प्राप्त भएको छ त्यो सब भूमी बाट नै प्राप्त भएको हो भन्दै उनीहरु यसरि हरेक पटक भूमी पुजा गर्छन । आसनग्रहण पछि साकेला नाच्न सुरु भएको थियो । उक्त उभौली साकेला नाचमा स्थानिय ९इज़रायाली० हरु पनि चाख मानि मानि सोध्दै, फोटो खिच्न मात्र आएनन नाच्नमा समेत साथ दिएका थिए ।
अहिले स्वदेश तथा बिदेशमा उभौली पर्व मनाइ रहंदा इज़रायलमा कार्यरत किराँत राई हरुले पनि निकै हर्षोल्लास का साथ् यस बर्षको उभौली साकेला मनाएका छन । जातिय संस्थाहरुलाई राजनीतिक पार्टीको रुपमा लिइएको दुखेसो पोख्दै कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अतिथी सुन्दर तामाङ्ले भन्नु भयो नेपाल एक बहु जाति, बहु भाषिक अनि बहु सांस्कृतिक धनि देश हो तसर्थ आफ्नो कला संस्कृतिको संरक्षण सम्बर्दन गर्ने उदेश्यले स्थापित यस्ता संस्थाहरु राजनीति युक्त होइन बल्कि संस्कृति युक्त हुनु पर्दछ भन्दै अब एक जातिले खाएर अर्को जाति अघाउने
युग होइन तसर्थ आफ्नो कर्तब्य र पहिचान प्रति सबै सचेत हुनु आबस्यकता भएको खाचो औल्याउनु भयो ।
र, त्यस्तै गरि संस्थाकी अध्यक्ष मिना बान्तावाले संस्थाको स्थापना, उदेश्य र आज समयको परिबर्तन संगै आफ्नो कला, संस्कृति र पहिचान गुम्ने स्थितिमा रहेको छ यसलाई जोगाउने हाम्रै कर्तब्य हो भन्दै किराँती हरुको बारेमा र यसको उत्पत्ति बारे जानकारी दिनु भएको थियो । कार्यक्रमलार्इ विल्सन बिक्रम राई ९तक्मे बुढा० को बिशेष उपस्थितीले साकेला उभौलीको हर्शितमय वातावरणमा अर्को उल्लासमयताको रङ्ग थपिदिएको थियो । विल्सन बिक्रम राई ९तक्मे बुढा० लन्डन बाट याक्थुंग चुम्लुङ्गको आयोजना गरेको हास्य व्यंग्यात्मक कार्यक्रम तथा उनले नै खेलेको रिदम फिल्म प्रदर्शनीका लागि १३ जुन मा इज़रायल भूमी टेकेका थिए ।
उनको यस उपस्थिती लाइ निकै महत्वपूर्ण र सुवर्ण संयोग नै मानिएको आयोजकले बताए । १४ जुन मा याक्थुंग चुम्लुङ्ग को कार्यक्रम र १५ जुन मा किराँत राई हरुको उभौली साकेला रहेकोले तेक्मे बुढा यस साकेला उभौलीमा बिशेष अतितिको रुपमा आमन्त्रण गरिएको थियो । किराँत राई यायोख्खा नेपाल इज़रायल ले विल्सन बिक्रम राई ९तक्ने बुढा० को हात बाट संस्थाको सम्पूर्ण पदाधिकारीहरुलाई आफ्नो परिचय पत्र वितरण कार्य सम्पन गर्यो र तक्मे बुढालाई नेपालि हास्य व्यंग्य क्षेत्रमा पुर्याएको योगदानलाई कदर गर्दै प्रसंसा पत्रले सम्मान गरेको थियो ।
हास्यकलाकार तोक्मे बुढाले आफु अर्कै कार्यक्रममा आएको तर यस साकेला उभौली कार्यक्रम मा पनि उपस्थित हुन पाएकोमा खुशी ब्यक्त गर्दे सस्थाले गरेको सम्मानलार्इ उनले हृदये देखि आभार व्यक्त गरे । उनले सँग संगै उभाली साकेला पनि नाचेका थिए । कार्यक्रमको उत्तरार्धमा विभिन्न परिकारका खाने कुराको ब्यबस्था थियो । सेलरोटि, आलुदम, अचार, बंगुरको मासु, कुखुराको मासु, पुलाउ, पुरी, पखेटा, सलाद, विभिन्न खाले जुस, पानी, खीर, विभिन्न थरिका फलफुल हरुको ब्यबस्था गरिएको थियो । सबैले खानपान गरिसके पछि निकै बेर सम्म पुनः साकेला नाच सबैले नाचेका थिए ।
सुन्दर निलो आकाश को मुनि र निलो समुन्द्रको काखमा ऐतिहासिक रुपमा भएको यस साकेला कार्यक्रम सोचे भन्दा बढी नै सफलता प्राप्त भएको आयोजाग टीम ले बताए ।कार्यक्रमको संचालन यासिन राइले गर्नु भएको थियो भने इज़रायलमा किराँत राई यायोख्खा नेपाल इज़रायल को १८ अगस्ट २०१२ मा भएको थियो र छोटो समयमै यस संस्थाले सम्बन्धित कार्यक्रम हरु मात्र गरेको छैन सहयोग हरु पनि गर्दै आएको छ । र , भविष्यमा पनि सबै सँग मिलेर अघि बढ्ने बताउदै कार्यक्रम मा सहभागी हुने सम्पूर्ण लाइ हार्दिक धन्यवाद दिदै उपाध्क्षय बिजे बिद्रोही ले कार्यक्रम समापन गर्नु भएको थियो । बिहान साढे दस मा सुरु भएको उक्त कार्यक्रम अपराहन्न साढे ३ मा सकिएको थियो ।

SHARE THIS

Author:

Facebook Comment