नेपाल प्रहरीमाथि भारतीय आक्रमण

पर्सा जिल्लाको सदरमुकाम वीरगंजमा भारतको महावाणिज्य दूतावास स्थापना भएदेखि यता पर्साबासीले भारतीय प्रहरी र भारतीय सीमावर्ती जनताको पटक–पटकको आक्रमणबाट निकै सास्ती खेप्दै आएका छन् । पर्सा जिल्ला भारतको विहार राज्यको पूर्वी चम्पारणसँग जोडिएको छ । ठोरीदेखि वीरगंजसम्म १० स्थानमा भारतले सीमा अतिक्रमण गरेको कारण सीमा विवाद छ ।
 भारतीय जनताहरूले सीमा स्तम्भ उखेलेर फाल्ने र नेपालको भूमि अतिक्रमण गरेर सशस्त्र सीमा बल (बिएसएफ) रहने गरेको छ । ठोरीको गौरी डाँडा, डुठे खोलाको साविकको ठूलो भू–भाग, निर्मलवस्तीको पानीको मूहान भारतीय सशस्त्र प्रहरीले कब्जा गर्दै आएको छ तर नेपाल सरकारको तर्फबाट प्रभावकारी पहल नहुँदा सीमा अतिक्रमणको घटना दोहोरिएको छ ।

पटक–पटक भारतीय जनता र नेपाली जनताहरू बीच भिडन्त र तनाव भइरहेको छ । भारतीय सीमावर्ती क्षेत्रका जनताहरूलाई भारत सरकार र स्थानीय प्रशासनबाट सक्रिय सहयोग छ तर सीमा अतिक्रमणको प्रतिकार गर्ने सीमावर्ती नेपाली जनताहरूलाई नेपाल सरकार र स्थानीय प्रहरी प्रशासनको बेलामा कुनै सहयोग मद्दत छैन जसले गर्दा सीमा क्षेत्रका नेपाली जनता जीवण–मरणको दोसाँधमा छन् । भारतीय ज्यादती सहँदा सहँदा अति भएपछि आइलाग्ने नीति अन्तर्गत मर्न र मार्न तयार भएर बसेका छन् पर्साबासी । यो पर्साबासीको साहस र मनोबल बढाउनलाई सम्पूर्ण देशभक्त शक्तिहरूले बलियो शक्तिका रुपमा लिएर भारतीय ज्यादतिका विरुद्ध ऐक्यवद्धता जनाई तत्काल सीमा विवाद सुल्झाउन सशक्त दबाव दिनुपर्दछ । भारत एउटा नैतिकता नभएको शक्तिको दुरुपयोग गर्ने नक्कचरो छिमेकी राष्ट्र हो । सीमा नदि ओरियाले नेपाली भू–भाग कटान गरी एक किलोमिटर पूर्वमा आएपछि नेपाली भू–भाग कटान गरी एक किलोमिटर पूर्वमा आएपछि नेपाली भू–भाग भारतीयले जबरजस्ती कब्जा गरेका छन् । पर्सा पिंडारीगुठी गाविसको ओरिया नदि किनारमा भारतीय पक्षले बालुवा झिकेपछि स्थानीय जनता र नेपाल प्रहरीले नियन्त्रण गर्न खोज्दा आक्रमण गरेका थिए ।
(प्रकाशित मिति : २०७० जेठ ३१ गते बिहीवार)


SHARE THIS

Author:

Facebook Comment