पूर्वराजा ज्ञानेन्द्र शाहको भव्य स्वागत जनताको चाहना राजसंस्था पुन: स्थापना

 पुर्व राजा ज्ञानेन्द्र शाहको लोकप्रियताबाट दलका नेताहरु हत्तोसाहित हुन पुगेका छन ्। दलका नेताहरुले आम जनताहरु आफनो पक्षमा रहेको छभन्दै संविधानसभाको पहिलो बैठकमा नै राजसंस्था समाप्त पारेको भन्दै भन्दै स्याल हुँइया चलाउन सफल भएका थिए । दलहरुले २४०  वर्षको लामो इतिहास बोकेका राजतन्त्रलाई नेपाली जनताहरुले समाप्त गरेकोभन्दै आइरहेका थिए । दलहरुले जनताहरुलाई कति सम्म धोखा दिएका थिए भन्ने कुरा अहिले देशभरिका जनताहरुले बुझेका छन् । संविधानसभामा दलहरुले भोटबाट राजसंस्था समाप्त पारेका थिए ।तर अहिले लाखौ नेपाली जनताहरु सडकमा आएर राजसंस्था जिन्दावादको नाराहरु लगाएर राजसंस्था पुन:स्थापना गराउनको लागि कम्मर कसेर लागेका छन । नेपालमा जुन प्रकारको राजनीतिक गर्न दलहरु सफल भएका थिए । त्यो अब दलका नेताहरुले आउदो चुनावमा कहिले पनि जनतालाई धोखा दिएर मत प्राप्त गर्न सक्दैनन् । जनताहरुले राजतन्त्र समाप्त पारेका हुन कि दलका नेताहरुले समाप्त पारेका हुन भन्ने कुरा अब पनि नेताले आफनो आँखामा  टिनको चश्मा लगाएर राखने कि खोलेर अपार जनसागर हेर्नै हो ।

राजसंस्थाले २४० वर्ष सम्म नेपालको राष्ट्रियता जोगाएर राखेका  थिए । नेपाली भाषा र राष्ट्रिय पोशाकलाई समेत आत्मसाक्षी राखेर अहिले सम्म पूर्व राजा शाह हिडीरहनु भएको छ । तराईको प्रचण्ड गर्मीलाई चिर्दै आफनो पुर्खाले सुरक्षागरेको दौरा सुरुवाल टाउकोमा ढाका टोपी लगाएर तराईका भ्रमणमा  निस्कन्दा शाहलाई गर्मीको अलिकति पनि महसुस हुन सकेन । तराईको गर्मीले अहिले यहाँ बस्न सक्ने अवस्था छैन । घरबाट बाहिर निस्कन नसक्ने अवस्थामा शाहले आफनो राष्ट्रिय पोशाक लगाएर तराईको भ्रमण  गरिरहनु भएको  छ । उहाँको स्वागत गर्न ठाउँ–ठाउँबाट लाखौंको संख्यामा जनताहरु उर्लेका थिए । राजा आउ देश बचाउ मुख्य नारा नै रहेको थियो ।शाहको भ्रमणबाट आतिएका दलका भातृसंगठनहरु दूई माओवादी सम्बद्ध अखिल क्रान्तिकारी,नेविसंघ,अनेरास्ववियू मधेसी विधार्थी फोरम लगायतका विधार्थी संगठनले पूर्व राजाको तराई भ्रमणलाई प्रतिगमनकारी षडयन्त्र भन्दै विरोध र जिल्ला बन्द गराए्का थिए । अवरोध का बाबजुद जनताहरुले पूर्व राजाको पक्षमा नाराबाजी गर्दै हाम्रो राजा हाम्रो देश प्राणभन्दा प्यारो छ  भनि नारा लगाउन नछाडेपछि  पुर्व राजा भने गाउँगाउँ पुगेका थिए । बाराको सिमराबाट सोमवार सप्तरी पुगेका उनी सवा ११ बजे सप्तरी प्रवेश गरेका थिए । पुर्व –पश्चिम राजमार्ग खण्डमै रहेको शम्भुनाथ मन्दिरको पूजाआजाबाट सप्तरी भ्रमण सुरु भएको थियो ।
सप्तरीको जनताहरुले जुन प्रकारको समर्थन गरेर शाहलाई सम्मान गरे त्यसबाट नेपालबाट राजसंस्था जनताहरुले फालेका होइन भन्ने कुरा दिनको घाम जस्तै देखिन पुगेको छ । राजसंस्था समर्थक कहि पनि छैन भनेर फुर्ति देखाउने दलका नेताहरुले हिमाल,पहाड,तराईका जिल्लामा शाह भ्रमण गर्न जाँदा हजारौको  संख्यामा जनताहरु फुल माला लिएर लाइनमा बसेर उनको स्वागत गर्न किन पछि परे । शाहलाई जनताहरुले फालेको हो भने किन देशभरिका जनताहरु ्राजस्रंस्थाको पक्षमा नाराहरु लगाएर सडकमा आइरहेका छन । दलहरुले जस्तै जनताहरुलाई भत्ता,ठेक्कापट्टा,गाडी भाडा खाने खर्च जुलुशमा भाग लिन्दा रकम दिएका छैन । त्यहि पनि जनताहरु राजसंस्थाको पक्षमा किन लामबद्ध भएर लागि परिरहेका छन । दलहरुको पक्षमा जनता छन कि पूर्व राजाको पक्षमा जनता छन भनेर किन नेताले बुझन सकेका छैन । ्पूर्व राजाको भ्रमणलाई लिएर प्रतिगमन चलखेल गर्न लागेको भन्दै आक्रोश पोखने नेतालाई पक्कै पनि जनताले एकदिन सजाय दिन पछि पर्दैन । दलका नेताहरुले निकै दुख कष्ट दिएर विभिन्न आरोप लगाएर राजसंस्था समाप्त पारेको घटना कुनै पनि नेपाली जनताहरुको माझमा लुकेको छैन । जनतालाई निकै दवाएर राखेमा यसको परिणाम कस्तो निस्कन सक्छ भन्ने कुरा समयमा नै नेताहरुले बुझनु परेको छ ।
दलहरुले राष्ट्रियता समाप्त पार्न लागेका छन भन्ने कुरा आम जनताहरुले बुझेकाले नै राजसंस्था फर्काउनको लागि जनताहरु सडकमा आउन थालिसकेका छन ।जनताको चाहनालाई बुझन सकेन भने दलहरुको राजनीतिकमात्रै समाप्त हुने छैन ।राजस्रस्था र गणतन्त्रवादीको विच नै ठुलो  द्वन्द्व हुनेछन । त्यसबेला दलहरुले आफनो ्बचाउको लागि नेपालमा विदेशी सेना अफगानिस्तान,इराक,मा मगाएको जस्तै मगाएर आफनो सुरक्षा गर्न हुन कि भन्ने कुरा बुझनु परेको छ ।  दलहरुसंग अब जनआधार छैन भनेर बुझन सक्नु परेको छ । अन्यायपूर्ण तरिकाले राजसंस्था समाप्त पारेका दलहरुले संविधानसभाबाट राजसंस्था समाप्त पारेकाले संविधानसभा नै भंंग भएपछि राजसंस्था समाप्त कसरी भयो ?राजसं्रस्था समाप्त पार्नको लागि नयाँ संविधान गणतन्त्र संविधान लेखनु परेको छ । अबको चुनावमा दलहरुलाई मत प्राप्त हुन्छ भनेर सोचनु यो भन्दा ठुलो मुर्खता  अरु केही पनि हुन सक्दैन । दलहरुले संविधानसभाको चुनावमा ्विजय हासिल गर्न सकेन भने दलहरु समाप्त हुन्छ कि राजसंस्था समाप्त हुन्छ ।दलहरुले आफैले सोचनु परेको छ ।जनताहरुको अपार समर्थन दलहरुलाई  छैन । राजसं्रस्थामाथि छन भनेर बुझन नसकेका नेताहरुले लोकतन्त्रको नाममा तानाशाही लादन चाहेका छन । अमरमान श्रेष्ठ (अविचल)

SHARE THIS

Author:

Facebook Comment