जिल्ला प्रहरी कार्यालय पर्साले आधुनिक सेवा सुविधा सम्पन्न अपाङ्गमैत्री तथा महिलामैत्री भवन सञ्चालनमा ल्याउन लागेको कुरा जानकारी गराइएको छ ।नेपाल राउण्ड टेबल पर्साको अगुवाई तथा वीरगञ्ज उद्योग बाणिज्य सँघ, स्थानिय समाजसेवी एवम् जन समुदायको सहयोगमा करिब ३० लाख रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न नयाँ भवन अबको केहि दिनमै सञ्चालनमा आउने पर्साका प्रहरी प्रमुख प्रहरी उपरिक्षक पिताम्बर अधिकारीले बताउनुभयो ।
कैदी तथा पिडित महिलाहरु एवम् अपाङ्ग हरु लाइ जिल्ला प्रहरी कार्यालयमा राख्दा हुन सक्ने अप्ठ्यारो तथा कठिनाइलाइ मध्यनजर गर्दै निर्माण गरिएको नयाँ भवनको प्रत्येक कोठामा आधुनिक सुविधा भएको अट्याच बाथ रुम तथा शौचालयको व्यवस्था तथा नवनिर्मीत भवन सँचालनमा आए पश्चात महिला तथा अपाङ्ग थुनुवहरुलाइ समेत कुनै प्रकारको कठिनाइ नहुने प्रहरी उपरिक्षक अधिकारीले बताउनुभयो ।