पूर्वराजाद्वारा हिमानी ट्रस्टमार्फत बाढी पीडितलाई २५ लाख सहयोगको घोषणा

वीरगंज/ पूर्वराजा ज्ञानेन्द्र विक्रम शाहले मध्य तथा सुदुर पश्चिमका बाढी पीडितहरुको लागि २५ लाख रुपैयाँ दिने भएका छन् । तराईको भ्रमणका क्रममा सिमरामा रहेका पूर्बराजाले शुक्रवार यस्तो घोषणा गरेका हुन् ।
उक्त रकम पूर्व युवराज्ञी हिमानी राज्यलक्ष्मी शाहको नाममा सञ्चालित हिमानी ट्रस्टमार्फत प्रदान गर्ने शाहका सहयोगी फणि पाठकले जानकारी दिए ।
पूर्वराजाले बाढीपीडितहरुलाई सहयोग गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

SHARE THIS

Author:

Facebook Comment