वीरगंज/पूर्व राजा ज्ञानेन्द्र शाहलाई शुक्रवार पर्सा जिल्लामा शाहीकालमाझैं भव्य स्वागत गरियो ।
पर्सा जिल्ला स्थित विभिन्न मन्दिर एवं शक्तिपिठहरुमा पुजा अर्चना गर्न आउनु भएका पूर्व राजा शाहलाई पर्सावासीले भव्य स्वागत गरे ।
विश्रामपुर गाविस स्थित हनुमान मन्दिर र वीरगंज स्थित गहवामाई मन्दिर र राणिसति मन्दिरमा पुजा अर्चना गर्ने क्रममा लाखौंको संख्यामा उपस्थित सर्वसाधारणले राजा आउ देश बचाउ र हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ भन्दै नारा लगाएर पूर्व राजा शाहको स्वागत गरेका छन् ।
धार्मिक भ्रमणका क्रममा पछिल्लो केहि साता देखि बारा जिल्ला स्थित सिमरा प्रभु वासमा वास बस्नु भएका पूर्व राजा शाह पूर्व तर्फ सप्तरी, सिराहा, धनुषा, महोत्तरी, रौतहट, मकवानपुरका मठ मन्दिर तथा शक्तिपिठहरुमा पुजा अर्चना गरि आज पर्सा जिल्ला स्थित विश्रामपुर गाविसमा निर्माण भएको श्री हनुमान मन्दिरमा प्रथम पुजा अर्चना गर्नुभयो ।
विश्रामपुर गाविसमा पुजा अर्चनाका लागि पूर्व राजा शाह आउने खबरले पर्सा जिल्लाको ग्रामिण भेगका हजारौको संख्यामा सर्वसाधारण उनको दर्शनका लागि पानीको झरीमा रुझ्दै प्रतिक्षा
गरेका थिए ।
अपरान्ह अढाई बजे विश्रामपुर गाविसमा पुग्ने कार्यक्रम रहे पनि अबेर पुग्नु भएका पूर्व राजा शाहलाई असारे झरीमा रुझ्दै पर्साका ग्रामिण भेगका आम जनताले भव्य स्वागत गरेका थिए ।
विश्रामपुर गाविस स्थित शंकटमोचन हनुमान मन्दिरमा प्रथम पुजा अर्चना पश्चात् वीरगंज गहवामाई मन्दिरमा पुजा अर्चना गर्न पुग्नुभयो ।
गहवामाई मन्दिरमा पुजा अर्चना गर्न आउनु भएका पूर्व राजा शाहलाई लाखौंको संख्यामा घण्टाघर चौक देखि माईस्थान चौक तथा मन्दिर सम्म उपस्थित वीरगंजवासीले समेत राजा आउ देश बचाउको नारा लगाउदै भव्य स्वागत गरेका थिए ।
माईस्थान चौक देखि पूर्व राजा शाहको स्वागतमा ओछ्याईएको कार्पेटमा चौकबाट नै सर्वसाधारणको स्वागत स्वीकार्दै मन्दिर सम्म पैदल यात्रा गरि पुजा अर्चना गर्नुभयो ।
पुजा अर्चनाका क्रममा पूर्व राजा शाहले गहवामाई मन्दिरमा रु. १ लाख रुपैया नगद चढाउनुभयो ।
गहवामाई मन्दिर परिसरमा राजसंस्था पुनस्र्थापना संघर्ष समिति, नेपाल राष्ट्रवाद संघ, नेपाल विद्वत परिषद लगायतका संघ संगठनका पदाधिकारीहरुले पूर्व राजा शाहलाई फुल गुच्छा सहित स्वागत गरेका थिए ।
पूर्व राजा शाहले गहवामाई मन्दिरमा पुजा अर्चना पश्चात् आदर्शनगर स्थित राणीसति मन्दिरमा पुगेर समेत पुजा अर्चना समेत गर्नुभयो ।
राणिसति मन्दिरमा पुजा अर्चना पश्चात् उद्योगी व्यवसायीहरुले राखेको भेटघाट कार्यक्रममा क्रममा समेत वीरगंजका उद्योगी व्यवसायीहरुले भव्य स्वागत गरे ।
भेटघाटका क्रममा पूर्व राजा शाह समक्ष वरिष्ठ उद्योगी एवं वीरगंज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष बाबुलाल चाचानले उद्योगी व्यवसायीहरुले वर्तमान अवस्थामा झेल्नु परेको समस्याबारे
अवगत गराउनुभयो ।
चाचानले मुलुकमा जारी राजनीतिक अस्थिरताका कारण औद्योगिक क्षेत्र धराशाही हुदै गएको, यस्तै अवस्था रहि रहे मधेश मात्र नभई मुलुककै आर्थिक अवस्था धराशायी हुने भनि पूर्व राजालाई ध्यानाकर्षण गराउनुभयो ।
चाचानले मुलुकलाई यस्तो अवस्थाबाट सुधारका लागि विकल्प सोच्नु पर्छ भनि समेत पूर्व राजा शाहलाई ध्यानाकर्षण गराउनुभयो ।
भेटघाटका क्रममा वरिष्ठ उद्योगपति हिरालाल केडिया, रामअवतार खण्डेलवाल लगायतका उद्योगी व्यवसायीहरुको उपस्थिति रहेको थियो । राणिसति अतिथि सदन पश्चात् वीरगंज स्थित होटल सम्झनामा पुग्नु भएका पूर्व राजा शाह सर्वसाधारण लगायत समर्थकहरुसँग केहि समय भेटघाट पछि पुन: सिमरा फर्किनु भएको थियो । पूर्व राजा शाह पर्सा भ्रमणलाई दृष्टिगत गरि स्थानीय प्रशासनले सुरक्षा व्यवस्था अत्तिनै कडा पारेको थियो । भ्रमणलाई व्यवस्थति बनाउन राजसंस्था पुन:स्थापना संघर्ष समिति, शिव सेना नेपाल, नेपाल विद्वत परिषद, विश्व हिन्दु सम्राट तथा पूर्व राजा शाह स्वागत मूल समारोह समितिद्वारा हजारौंको संख्यामा खटाईएका स्वयंसेवकहरुलाई लाखौंका संख्यामा उपस्थित जन साधारणलाई व्यवस्थित गर्न निकै समस्या परेको थियो । हरेक जनताहरू राजा हेर्न र राजालाई शाही कालकै झल्को दिने गरी सम्मानका साथ स्वागतमा ओर्लिको भीडलाई हेरेर दलका नेताहरु तीन छक्क परेका थिए ।