राष्ट्रियताको पक्षमा माओवादी कहिले पनि विचलित नहोस

   नेपालको राष्ट्रियतामाथि जुन प्रकारको कालो बादल मडारिरहेको छ । त्यसलाई सुरक्षागर्नको लागि देशभक्तहरुको निकै खाँचो रहेको छ । सत्ता प्राप्तिको लागि विस्तारवाद र अमेरिकी साम्राज्यवादको कठपुती बनेका दलहरुले नेपालको राष्ट्रि्यतालाई नै समाप्त पार्न लागेका छन । नेपाल जस्तो सानो मुलुकमा २०६३  सालमा राष्ट्रघाती नागरिकता विधेयक पास गरेर लार्खौ विदेशीहरुलाई जन्मको आधारमा नेपाली नागरिकताको प्रमाणपत्र दिएका छन् । चार दलका नेताहरुले दोस्रो पल्ट पनि सहमतिको आधारमा विदेशीहरुलाई जन्मको आधारमा र जन्मको आधारमा नागरिकता लिएकाहरुका सन्तानलाई वंशज
को नाताले नागरिकता दिने क्रमलाई शुरु गरेपछि यसको विरोधमा नेकपा माओवादीले आवाज उठाउदै आइरहेको छ । नेपालको राष्ट्रियता बचाउनको लागि पुर्खाले कति बलिदान दिए कति रगत बगाएका  थिए । त्यसलाई सम्मान गर्न एकिकृत नेकपा माओवादी,नेपाली काग्रेस र  एमालेले नसक्दा आफनो राजनीतिक स्वार्थ पुरा गर्नको लागि मधेसी मोर्चाले राखेको मागलाई पुरागर्न तिन दल सफल भएकाले लाखौ विदेशीहरुले नेपाली नागरिकता पाउदै आइरहेका छन
एकिकृत माओवादीबाट फुटेर नयाँ नेकपा माओवादी गठन गर्न पुगेका अध्यक्ष मोहन बैद्य समुहले राष्ट्रघाती नागरिकता विधेयक नै खारेज गर्नु पर्छ भन्ने आफनो मुख्य माग नै राखेका छन् । उनले जब सम्म नागरिकता विधेयक खारेज हुदैन । तब सम्म सरकार र चार दलसंग कुनै पनि वार्ता नगर्ने आफनो अडान कायम राखेका छन् । देश र जनताको पक्षमा जसले सहि राजनीतिकगर्न सक्छ । त्यसलाई ढिलो वा चाडो जनताले साथ दिने छन । विदेशीहरुलाई नेपाली नागरिकता दिएर नेपाललाई सिक्किम,भुटान र फिजी बनाउने मुख्य चाहना भारतीय विस्तारवादको रहेकोले नै चार दलका नेताहरु भारतीय शासकको अगााडी आत्मसमर्पण गरेकाले राष्ट्रियता खतरा पर्न गएको छ । नेपाली जनताहरुलाई भ्रममा राखेर राजनीतिक गर्न सफल भएका चार दलको भण्डाफोर गर्दै नेकपा माअ‍ोवादीका नेताहरु अगाडी बढिरहेकाले माओवादीले लिएको अडान कहिले पनि न छाडोस भन्ने रहेको छ । राष्ट्रियतालाई समाप्त पार्नको लागि नै  चार दलका नेताहरु लागि परिरहेकाले उनीहरुको विरोधमा खरो उत्रन सफल भएका माओवादीले नै अब राष्ट्रियताको पक्षमा लड्न सक्छ ।
नेकपा माओवादीले जुन आफनो माग सरकार समक्ष राखेका छन् । त्यसलाई पुरा नगरी नयाँ संविधानसभाको निर्वाचन गराउन चेष्टा गरेमा यसबाट निस्कने विस्फोटको जिम्मा पनि सरकार र चार दलले नै लिनु पर्छ भन्दै आइरहेका छन । नयाँ चुनाव गराउनु भन्दा पहिले नागरिकता विधेयक खारेजीको माग गर्दै आन्दोलन गर्दै आइरहेका माओवादीलाई चार दल र सरकारले मिचेर चुनाव गराउन प्रयास गरेमा पुन एकपल्ट राष्ट्रियताको पक्षमा द्वन्द्व हुनेछन । यसलाई यो सरकारले जतिसुकै पनि रोकन प्रयास गरेता पनि कदापि पनि रोकन सक्दैन । सरकारले माओवादीले राखेको मागलाई पुरा नगरि चुनावको मिती तोकेमा यसको गम्भीर परिणाम पनि भोग्नु पर्छ ।चुनाव भन्दा पहिले राष्ट्रघाती नागरिकता विधेयक खारेज गर्नु पर्छ भन्दै आइरहेका माओवादीले आफनो अडानबाट कहिले पनि विचलित न होस । आफनो सिद्धान्त र विचारबाट विचलित भएमा राष्ट्र र राष्ट्रियताको संरक्षण गर्न सकिदैन ।प्रकाशित मिति:२०७० जेठ २८ गते

SHARE THIS

Author:

Facebook Comment