वीरगंज ६ असार ।
पूर्व राजा ज्ञानेन्द्र शाहले आज महोत्तरीको दुई मन्दिरमा पुजा अर्चना गर्नुभएको छ । जनकपुरबाट आफैू गाडी चलाएर बिहान १० बजे मठियानी स्थित लक्ष्मीनारायण्ँ मन्दिर पुगेका शाहले करिब ४५ मिनेट पुजा गर्नुभएको थियो । मन्दिरका महन्थले पूर्व राजा शाहलाई प्रसस्ती पत्र प्रदान गरी सम्मान गर्नुाभएको छ । लक्ष्मीनरायाण्ँ मन्दिरबाट शाह जलेश्वर स्थित जलेश्वरनाथ महादेव मन्दिर पुग्नुभएको थियो ।
करिब १० मिनेटमा पुजा दर्शन सकाएर सडक मार्ग हुनदै शाह सिमरा फर्कनुभएको छ । शाह जनकपुरबाट जलेश्वर र जलेश्वर बदिर्बास हुूदै सिमरा फर्कनु भएको हो । पुर्बराजा ज्ञानेन्द्र शाहले बुधबार जनकपुरमा खुल्ला सभालाई सम्बोधन गर्नुभएको थियो । उहाको धनुषा र महोत्तरी दुई दिने भ्रमण्ँलाई केन्द्रीत गर्दै जनतान्त्रिक तराई मुक्ति मोर्चाले दुई दिनका लागि महोत्तरी र धनुषा बन्दको आव्हान गरेको थियो । बन्दको भने कुनै प्रभाव परेको छैन।
यसैबिच पुर्बराजा ज्ञानेन्द्र शाह भोली पर्सा जिल्लाका बिभिन्न मठ मन्दिरहरुमा पुगेर पुजा आरधाना गर्ने कार्यक्रम रहेको छ । पर्साको बिश्रामपुर स्थित हनुमान संकट मोचन बजरंगबली मन्दिरको प्रथमपुजन कार्यक्रममा सहभागी हुन भोली दिउसो २ :३० बजे आउने कार्यक्रम तयभएको बिद्धत परिषदका नारायणी अन्चल संयोजक नरेश गिरीले बताउनुभयो । पुर्बराजाको भ्रमणसफल पार्न पर्सामा रहेका बिभिन्न राजाबादी संग संगठनहरु आाबस्यक तयारीकालागी तिब्ररुपमा जुटिरहेका छन् ।