खुल्ला सीमाना अभिषाप

नेपाल र नेपालीको सर्वाङिग्ण विकासको अवरोध नै नेपाल भारत वीचको खुल्ला सीमाना हो । यो खुल्ला सीमाना एउटा अभिशाप सिद्ध भएको छ । खुल्ला सीमानाका कारण वढी मर्का सीमावर्ती मधेशी जनताले व्यहोर्न परेको छ । तराइवासी नेपाली जनताको भाग्य र भविष्य बिगार्ने, नेपाली–नेपालीबीच क्षेत्रीय एकता विगार्ने दुष्ट छिमेकीको कुटनीति र खुल्ला सीमाना नै हो । तराईका नेपाली जनताहरुलाई स्वाभिमानी भएर बाँच्न नदिने, सँधै प्रताडित रहनु पर्ने प्रमुख कारण खुल्लासीमाना नै हो । मुलुकको आर्थिक समृद्धिमा भारतले सहयोग पुर्‍याएको भनेर जति दास मनोवृत्तिका पार्टीका नेताहरुले फलाके गरे पनि चारतले खुल्ला ह्दयले नेपालको विकासमा हात नबढाउँदा र भारतीय कारणको योजना अन्तर्गत नेपाललाई सहयोग पुर्याउदा नेपाल दिन प्रति दिन असफल र कमजोर राष्ट्रका रुपमा परिणत भएको छ । नेपालका दहिच्यूरे नेताहरुले
नेपालको स्वाधीनता र स्वाभिमानको रक्षा गर्छन भनेर पत्याउनु भनेको हावामा महल ढडयाउनु जस्तो मात्र हो । खुल्ला सीमानाका कारण नानाथरीका अपराध सीमावर्ती क्षेत्रमा भइरहेको छ । सीमावर्ती क्षेत्रका बहुसंख्यक जनताले भन्सार राजस्व चुहावटमा बल पुग्ने तस्करी धन्दा गरेर आर्थिक जीवन विताइ रहेको छन् । नेपालीहरुको रोजगारीको अवसर भारतीय लुटिरहेको छन् । जस्ले गर्दा नेपालीको आर्थिक उन्नतिको ठाँउमा नेपालको आर्थिक अवनति भइरहेको छ । भारतीय उपनिवेशका रुपमा रहन नेपाल वाध्य भइरहेको छ । भारतीय उपनिवेशका समाप्त हुने खतरा बढ्दै गइरहेको प्रमुख कारण सन् १९५० को नेपाल भारत बीचको समान सन्धी र खुल्ला सीमाना नै हो । नेपाल भारतबीच समान र मैत्री सम्बन्ध हुन नदिने तगारो हो खुल्ला सीमाना । खुल्ला सीमानाले निर्वाध रुपमा भारतीयहरु नेपालमा आवत जावत गर्ने वसोवास गर्ने नेपाली नागरिकता लिएर स्थायी वसोवासको थलो बनाउने काम नै भारतीयकरणको बलियो अस्त्र हो । नेपालको आन्तरिक मामिलामा भारतिय हस्तक्षेप बन्द गराउन खुल्ला सीमानालाई अविलम्व बन्द गराउन नेपालीहरु तत्पर हुनु पर्दछ । नेपाल भारत बीच रोटी वेटी, रगतको सम्बन्ध छ भन्ने पुरानो श्लोकलाई रट्न छोडेर नेपाल भारत बीच दीर्घकालीन कुटनीतिक असल सम्बन्ध कायम गर्ने र भारतीय दलाली गरेर नेपालको शासन सत्तामा पुगेर रजाँइ गर्ने आजसम्मको परम्पराको अन्त्य गर्न र २१ औं शताब्दीको आर्थिक समृद्ध नेपालको निर्माण  गर्ने नेपाल भारत वीचको अभिशापका रुपमा रहेको सीमाना अविलम्ब बन्द गरिनु पर्दछ । भारतले नेपाली सीमा ७४ स्थानमा अतिक्रमण गरेको छ । सीमा विवाद कुटनीतिक तवरले अविलम्व समाधान गरी अतिक्रमित सीमा फितो लिई भारतसँग पञ्चशीलको सिद्धन्तमा आधारित सन्धी गरी सबैखाले असमान सन्धी खारेज गरिनु पर्दछ । भारतसँगको विद्या संझौताले नेपालको आर्थिक विकासमा मदत पुग्दछ भन्नु मुर्खता हो । भारतले नेपाललाई बिना शर्त, बिना अंकुश, बिना स्वार्थ भित्रवत सेवा गर्ने वातावरण नबनाएसम्म नेपाल भारत सम्बन्ध कहिले पनि परिपक्व र विकास योग्य बन्न सक्दैन । खुल्ला सीमाना बन्द भएको दिन अहिले नेपालले दैनिक रुपमा व्यहोर्न परिरहेको ५० प्रतिशत समस्या स्वत: समाप्त हुन्छ । नेपाल भारतबीच असल छिमेकी सम्बन्ध प्रारम्भ हुन्छ ।


SHARE THIS

Author:

Facebook Comment