पूर्व युवराज पारसबारे भ्रम फैलाउनेले "रातोपाटी" संचालनमा ल्याएछन्

वेबसाइट, यतिखेर नेपालमा यसैको ट्रेण्ड बसेको छ। काठमाडौंका हरेक जागिर छोडेका पत्रकार वेबसाइट खोलिरहेका छन्। पत्रकारिता गर्न या आफ्नो पत्रकारिताको लतलाई कायम राख्न। विदेशीएका नेपाली उपलब्ध उच्चगतिको इन्टरनेट र खाली समयलाई कटाउन ब्लग तथा वेबसाइट नै चलाइरहेका छन्। यी दुवै प्रवृत्तिले एउटा फाइदा चाहिँ के भएको छ भने इन्टरनेटमा नेपाली भाषाको प्रयोग बढिरहेको छ। यो सुखद कुरा भएपनि यसरी खुलेका धेरै वेबसाइट तथा ब्लगले चोरीलाई बढाइरहेका छन्। वेबसाइटमा राखिने सामग्रीको चोरी। बौद्धिक चोरी भनिने यसखालको चोरी गर्नेहरु धेरै छन् इन्टरनेटमा। एउटा वेबसाइट सञ्चालकले कर्मचारी, समय र पैसा खर्चेर समाचार, तस्विर तथा अन्य सामग्री तयार पारेको हुन्छ। त्यसलाई विदेश वा स्वदेशको कुनै कुनामा बस्ने अर्को व्यक्तिले ब्लगर वा अन्य निशुल्क ब्लग बनाउन सकिने वेबसाइटमा खोलेको ब्लगमा जस्ताको तस्तै उतारेर राख्छ। यसखालको गलत प्रवृत्ति हावी हुँदै जाँदा अनलाइनका समाचार तथा
जानकारीको विश्वसनियतामा कमी आउन थालेको छ। त्यसो त समाचार र जानकारीको नाममा अफवाह पनि फैलने र फैल्याउनेको जमात धेरै छ। मलेशियामा नेपाली माथि भएको आक्रमण होस् र पूर्वयूवराज पारश बिरामी हुँदाको खबर यी दुर्इमा यस्ता वेबसाइट तथा ब्लगले समाजलाई आतंकित र दुखित बनाए। रुवाण्डाको तस्विर र भिडियो सामाजिक सञ्जालमा मलेशियाको भनेर सेयर गरेर समाजलाई नै आतंकित बनाउने र त्यसको माध्यमबाट वेबसाइटमा भिजिटर अनि गुगलको विज्ञापन सेवा (एडसेन्स)बाट केही डलर हात पार्नेहरु पनि भेटिए। पारश शाहको स्वास्थ्यबारेमा अफवाह फैल्याउने वेबसाइट त पत्रकार महासंघका वरिष्ठ पदमा रहेका पत्रकार कै थियो। जुन अहिले रातोपाटी बनेको छ।
गुगलको विज्ञापन सेवाबाट हुने आमदानी र वेबसाइटको रयांकका लागि अरुको सामग्री चोर्ने र पत्रकारिताको नाममा हल्लाकारिता गर्नेहरुलाई न नीति न नियम केहीले पनि रोक्न सकिँदैन। त्यसो त अश्लिल सामग्री राख्नेलाई पनि केही गर्न सकिँदैन। तर सरकारले ठीक पार्न नसक्ने त्यस्तालाई इन्टरनेट प्रयोगकर्ता आफैले भने ठीक पार्न सक्छन्। त्यो हो अरु वेबसाइटका सामग्री चोर्ने र गुगलको नीति विपरित नेपाली वेबसाइटमा विज्ञापन राखेर त्यसका क्लिक गराउनेका बारेमा गुगलमा रिपोर्ट गरेर त्यस्ता प्रवृत्तिलाई बन्द गराउन सकिन्छ। किनभने गुगलले पनि कानुनी रुपमा बर्जित बौद्धिक चोरी, अश्लिलता, लागुपदार्थको व्यापार, हृयाकि, हिंशात्मक सामग्री जस्ता सामग्री कानुनी रुपमा नै इन्टरनेटको खोजी नजिता र गुगलको विज्ञापन सेवाका लागि रोक लगाएको छ। यस्ता सामग्री कुनै वेबसाइट वा ब्लगले राखेको छन् वा तपाइँको वेबसाइट वा ब्लगको सामग्री चोरी गरेर राखेका छन् भने तपाइँले यहाँबाट गुगलमा रिपोर्ट गर्न सक्नुहुन्छ। जसको अध्ययन पछि त्यस्ता वेबसाइट तथा ब्लगको विज्ञापन र खोज नतिजा गुगलले हटाइदिन्छ। यसबारेमा गुगलकोनीति यस्तो छ। गुगलले मान्ने प्रतिलिपी अधिकारको कानुन यस्तो छ। गुगलको वेबसामग्री नीति पनि हेर्नुस्।
श्रोत: दूरसञ्चार

SHARE THIS

Author:

Facebook Comment