जनकपुर, असार ५ । पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा कोही कसैलाई निषेध गरेर अघि बढ्ने अवस्था नरहेको भन्दै राष्ट्र निर्माणका लागि सवै सँगै अघि बढ्नुपर्ने बताएका छन् । धनुषाको तिरहुतियागाछीमा आज आयोजित आफ्नो नागरिक अभिनन्दन समारोहलाई सम्बोधन गर्दै पूर्व राजा शाहले नेताहरुप्रति लक्षित गर्दै मार्ग प्रशस्त गरिदिए देश बनाउँछु भनेर तम्सिएकाहरु राष्ट्रहीतबाट विमुख हुनु चिन्ताको विषय भएको बताए ।
राजनीतिक दलका नेताहरु राष्ट्रहीतबाट विमुख भएकोप्रति सवैको ध्यान जानुपर्ने र समयको मूल्यांकन हुनुपर्ने पनि बताए । सवै धर्म, वर्ग र समुदायहरुले यो सुन्दर भूमिमा फुल्ने फक्रने मौका पाउनुपर्ने भन्दै उनले देशको रितीरिवाज र मौलिकता जोगाउँदै आधुनिकीकरणतर्फ जानुपर्ने
बताए ।
रोजगारीको खोजीमा युवा जनशक्ति हजारौंको संख्यामा विदेशी भूमिमा पुग्नु चिन्ताको विषय हो भन्दै पूर्वराजाले युवा जनशक्तिलाई देशनिर्माणमा उपयोग गर्नु आजको आवश्यकता भएको बताए । नेपाली जनताको अवस्थालाई नजिकबाट हेर्न आफू तराईका जिल्लाहरुको भ्रमणमा निस्केको भन्दै शाहले जनताले आफ्नो शक्ति बुझेर अघि बढ्नुपर्ने सुझाव दिए ।
अभिनन्दन समारोहमा बोल्दै जानकी मन्दिरका महन्त रामतपेश्वर दास वैष्णवले दलहरुले चार वर्ष लगाएर पनि संविधान दिन नसकी असफल भएको यथार्थ र नेपाली जनताको भावनालाई पूर्व राजाले बुझ्नुपर्ने बताए । त्यसअघि पूर्व राजा ज्ञानेन्द्रको नागरिक अभिनन्दन गरिएको थियो । अभिनन्दन ग्रहण गर्न पूर्वराजा आज विहान बाराबाट धनुषा पुगेका थिए । अभिनन्दनक कार्यक्रममा पुगेका पूर्वराजाको समर्थनमा सर्वसाधारण तथा शुभेच्छुकहरुले नारा लगाएका थिए । त्यसअघि पूर्व राजाले जानकी मन्दिरमा पूजाआजा गरेका थिए ।
(समाचारमा प्रकाशित सम्पूर्ण फोटोहरु जनकपुरका मनोज मल्लजीको फेसबुक वालबाट लिर्इएको हो ।)