वीरगन्ज/६ असार
कच्चा पदार्थमा कायम गरिएको उच्च भन्सार महसुल र न्युन गुणस्तरीय उत्पादनको खुलेआम आयातका कारण स्वदेशी रङ्रोगनका सामाग्री उत्पादक उद्योगहरु मारमा परेका छन् ।
कच्चा पदार्थमा लिइने अव्यवहारिक राजश्वले यस्ता उद्योगमा भएको लगानी नै डुब्ने अवस्थामा पुगेको गुनासो व्यवसायीहरुको छ । रङरोगन उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थमा तयारी बस्तुको तुलनामा तीन गुणासम्म राजश्व तिुर्नुपर्ने बाध्यता भएको उनीहरुले बताए ।
यस्ता उद्योगले वालपुटीको कच्चा पदार्थको रुपमा प्रयोग गर्ने ह्वाइट सिमेन्ट आयात गर्दा ३० प्रतिशत राजश्व तिर्नु पर्दछ । जवकी तयारी वालपुटी आयातमा भन्सारले १० प्रतिशतमात्र राजश्व लिने गरेको छ ।
रङरोगनका स्वदेशी उद्योगहरुलाई आत्मनिर्भर बनाउन र लगानी सुरक्षित गर्न सरकारले कच्चा पदार्थको आयतमा लगाइएको चर्को भन्सार दरवन्दीलाई संशोधन गर्नुपर्ने उद्योगी अशोक वैद्यको भनाइ छ । ‘सरकारले तयारी बस्तुभन्दा कच्चा पदार्थमा बढी राजश्व असुल गर्दै आएको छ । यसलाई अविलम्ब सुधार नगरे लगानी नै धरापमा पर्ने निश्चित छ ।’– उद्योगी वैद्यले बताए ।
तयारी बस्तुको तुलनामा कच्चा पदार्थको आयतमा चर्को राजश्व तिर्नु परेपछि आयातित वालपुटीसाग मूल्यका आधारमा प्रतिस्पर्धा गर्न कठीन भएको उद्योगीहरु बताउाछन् । ‘यस्तै अवस्था हो भने उद्योगमा ताला लगाउनुको विकल्प छैन ।’ उद्योगतिहरुको साझा गुनासो छ । नेपालमा यस्ता उद्योगको संख्या २० ओटाको हाराहारीमा रहेको अनुमान सम्बद्ध उद्योगपतिहरुको छ ।
वालपुटीकै कच्चा पदार्थ टिटेनियम डाइअक्साइडमा समेत १५ प्रतिशत भन्सार दरबन्दी छ । उद्यमीहरुले सम्पूर्ण कच्चा पदार्थको राजश्व घटाउनुपर्ने बताएका छन् । वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्षसमेत रहेका वैद्य विश्व व्यापार संगठनको अवधारणाअनुसार कच्चा पदार्थमा ५ प्रतिशतभन्दा बढी राजश्व लिन नपाइने तर्क गर्दछन् । ‘सरकारले आगामी वर्षको बजेटमै यसको प्रबन्ध मिलाउनु पर्दछ । आयातित वालपुटीको गुणस्तरमा समेत सरकारी निगरानी अति आवश्यक देखिएको छ