वीरगंज/वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक रविन्द्रनाथ पौडेलले तस्करले उपलब्ध गराएको टाटा सुमोमा सवार भई विदा मनाउन काठमाण्डौ हानिएका छन् ।
नेपाल भारत सीमावर्ती क्षेत्रमा तस्करी गर्ने र नगर आसपासमा रहेको अवैध सामान ढुवानी गर्ने ट्रान्सपोर्ट सञ्चालकहरुले मोटो नजराना र टाटा सुमोभरि उपहारहरुको थुप्रो बोकेर प्रनि
पौडेल काठमाण्डौ लागेका हुन् । अहिले जायज नाजायज तवरबाट अवैध कारोबार गर्नेहरुसँग प्रनि पौडेलको बाक्लो हिमचिम बढेकोले यसरी उपहार दिनेहरुको ओइरो लाग्न थालेको श्रोतले जनाएको छ । आफूमात्र खाने तल्लो दर्जाका प्रनानि र प्रसनिलगायतहरुलाई एक सुको पनि नदिएर घुमुवाबाट संकलित रकम प्रनि पौडेलले आफैं दमपच गरेर काठमाण्डौमा रमाइलो गर्न पुगेको श्रोतले दाबी गरेको छ ।