बझाङ, चैत्र २४ – बझाङ कारागारभित्र एक जना कैदीले आत्महत्या गरेका छन् ।
कर्तब्य ज्यान मुद्दामा सजायँ भोगिरहेका सुवेडा गाविस १ का हरिप्रसाद जैसीले शौचालयमा झुण्डिएर आत्महत्या गरेको प्रहरी प्रमुख उदय तामाङले जानकारी दिनुभयो ।
२६ वर्षीय जैशीले शुक्रवार राति एक बजे आत्महत्या गरेका हुन् । राती सबै सुतेको बेला सौचालयको ढोका थुनी आत्महत्या गरेका जिल्ला कारागार बझाङका जेलर मिन लामिछानेले बताउनुभयो ।