एक युवतीसँग तीन महिनासम्म प्रेम गरेर एक युवाले करिब पाँच लाखबराबरको चोरी गरेका छन् । भक्तपुरका राजु तामाङले लाजिम्पाट बस्ने दालचिनीकुमारी कार्कीको नगद तथा गरगहना चोरी गरेका हुन् ।
तामाङलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार तामाङ र कार्कीबीच तीन महिनादेखि प्रेमसम्बन्ध थियो । तामाङ बारम्बार कार्कीको कोठामा बस्न जाने गरेका थिए । नजिकिएर युवतीको सम्पत्ति चोरी गर्ने योजना गत शुक्रबार खुलेको प्रहरीले जनाएको छ ।
युवती नभएका वेला उनको डेरामा गएर तामाङले नगद मात्र नभई दराज फुटाएर करिब पाँच तोला सुनलगायतका सरसामान चोरेर भागेका थिए । नगद ५० हजार रुपैयाँका साथै आफ्नो करिब पाँच लाख रुपैयाँ तामाङले चोरी गरेको उजुरी कार्कीले दिएकी छिन् । घटनाको दुई दिनपछि तामाङलाई महानगरीय प्रहरी प्रभाग दरबारमार्गले पक्राउ गरी मुद्दा चलाएको छ ।
तामाङले चोरी गरेको स्विकारेका छन् । चोरी गरेको केही रकम तथा गहनासमेत प्रहरीले उनको साथबाट बरामद गरेको छ । दरबारमार्ग प्रभागका इन्स्पेक्टर तपन दाहालका अनुसार चोरी गरेको रकम आफूले क्यासिनो र डान्सबारमा गएर सिध्याएको उनले बताएका छन् । युवतीको एटिएमको पिन नम्बरसमेत थाहा पाएर उनले एटिएमबाट समेत पटक-पटक रकम निकालेका थिए ।
पीडित कार्की विवाहित महिला हुन् । श्रीमान् विदेशमा रहेकाले उनी तामाङसँगको प्रेममा फसेकी थिइन् । उनी न्युरोडको एक डान्सबारमा कार्यरत छिन् ।
पक्राउ परेका २९ वषर्ीय तामाङ बेरोजगार युवा हुन् । यसअघि पनि उनले यसैगरी विभिन्न महिलासँग सम्बन्ध राखी चोरी गर्ने गरेको खुलेको छ । क्यासिनो र डान्सबार जाने नसामा आफूले चोर्न सुरु गरेको उनले बताएका छन्