नेपालगञ्ज, फाल्गुन २९ । नेपालगञ्जमा एक युवती सामूहिक बलात्कारको शिकार भएकी छन् । गत फाल्गुन २४ गते राति नेपाल बन्दको क्रममा घर जान यातायातको साधन खोज्दै नेपालगन्जस्थित बसपार्क पुगेकी एक युवतीलाई दुई युवाले रोकिराखेको बसभित्र लगेर बलात्कार गरेको घटना सार्वजनिक भएको हो ।
धनगढीकी २५ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सुर्खेत मालारानी ९ का २२ वर्षीय रुपलाल डि.सी र बाँके खासकुसुमका १८ वर्षीय तिलक आचार्यलाई सार्वजनिक गरेको हो ।
पीडित युवतीको वयानको आधारमा बलात्कारमा संलग्नहरुलाई नियन्त्रणमा लिइएको प्रंहरीले जनाएको छ । बलात्कारमा सहयोगी बनेको आरोप लागेका एक जना भने फरार छन् ।