ललितपुर, फागुन २९ – एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानन्यायाधीश नेतृत्वमा चुनावी सरकार गठनबारे दलहरू सहमति नजिक पुगेको बताउनुभएको छ ।
पार्टी नेता दिलबहादुर श्रेष्ठको श्रद्धाञ्जली सभामा सहभागी हुन मंगलबार बिहान ललितपुरको थैव पुगेका प्रचण्डले सहमति प्रयास अन्तिम चरणमा पुगेको बताउनुभएको हो ।
सरकार गठन सहित सबै विषयमा प्याकेज सहमतिको नजिक पुगिएको र सहमतिमा हस्ताक्षर हुन मात्र बाँकी रहेको प्रचण्डको भनाइ छ । प्रचण्डले मंगलबार बेलुकीसम्म सहमतिपत्रमा हस्ताक्षर हुने दावी समेत गर्नुभयो ।