चुनावको जिम्मा नेपाली सेनालाई दिइनुपर्छः शाह


वीरगंज/नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल शाहले संविधानसभाको निर्वाचन गराउनेकालागि एकमात्र उत्तम विकल्प भनेको नेपाली सेना रहेकोले निश्पक्ष र धाँधलीरहित निर्वाचनको जिम्मा नेपाली सेनालाई दिइनुपर्नेमा जोड दिएका छन् ।
शनिवार एक विज्ञप्ती जारी गर्दै शाहले यस्तो धारणा सार्वजनिक गरेका हुन् । नेपाल राष्ट्रवाद संघ पर्साका अध्यक्ष जनकलाल शाह र सचिव संगीता देवी शाहद्वारा हस्ताक्षरित विज्ञप्तीमा “संविधानसभाकै लागि निर्वाचन गराउनकैलागि सरकार बनाउने हो भने अब कुनै दलको नेतृत्वमा सरकार होइन, नेपाली सेनाकै नेतृत्वमा सरकार बन्नुपर्छ र निर्वाचन पनि सेनाले नै गराउनुपर्छ अनि मात्र शान्ति सुरक्षा निश्पक्ष र धाँधलीरहित निर्वाचन सम्पन्न हुन सक्छ । त्यसकारण नेपाली जनतालाई अब कुनै पार्टी वा स्वयं न्यायपालीकामाथि पनि पूर्ण विश्वास नरहेकोले नेपाली सेनाले नै आफ्नो हातमा अधिकार गठन गरी निर्वाचन गराउनुपर्ने माग गर्दछौं ।” भनि उल्लेख छ । उक्त माग केन्द्रिय कार्यसमितिको पनि रहेको अध्यक्ष शाहले विज्ञप्तीमार्फत जनाएका छन् ।


SHARE THIS

Author:

Facebook Comment