शीर्ष दलको बैठक बस्दै.....

काठमाडौं, फाल्गुन २९ । चार ठूला दलले प्रधानन्यायाधीशको नेतृत्वमा चुनावी सरकार गठन गर्ने सहमतिबारे आज विघटित संविधानसभामा प्रतिनिधित्व गर्ने सबै दललाई जानकारी गराउँदै छन् । बैठकमा संविधानसभामा प्रतिनिधित्व गर्ने अरु दलसँग सरकारको स्वरुप र निर्वाचनको मितिबारे सुझाव लिइने चार दलका नेताहरुले वताएका छन् । 
सर्वदलीय बैठक बस्नु अघि अहिले सेना समयोजन विशेष समिति सचिवालय नयाँ बानेश्वरमा चार दलका नेताहरुको बैठक बसिरहेको छ । बैठकले मन्त्रिपरिषदको स्वरुप र दलीय संयन्त्रको क्षेत्राधिकार लगायतका विषयमा निर्णय लिने वताइएको छ । 
यसअघि चुनावी मन्त्रिपरिषदको स्वरुप र अन्य विवादित विषयमा सहमति गर्न अहिले चार दलीय कार्यदलको बैठक बसेको थियो । 
दलहरुबीच नेपाली सेनामा गएका माओवादीका पूर्व लडाकूहरुलाई दिने दर्जाका विषयमा विवाद छ । एकीकृत माओवादीले आफ्ना लडाकूलाई एक कर्नेल र दुई लेफ्टिनेन्ट कर्नेल दिनुपर्ने माग गरेको छ । 
कांग्रेस–एमालेले भने नेपाली सेनाको मापदण्ड भित्र रहेर मात्र पद दिन सकिने अडान राख्दै आएका छन् ।

SHARE THIS

Author:

Facebook Comment