-रामचन्द्र नेपाल
म्याद थपको नाटक रोकिए पछी नेपाली राजनीतिको रंगमन्चमा आरोप प्रत्यारोपको खेल सुरु भएको छ र खेलमा सत्ता पक्ष र बिपक्षी उत्तिकै अग्रणी स्थानमा छन् ,जोडतोड चलेकै छ तर खेल गोल रहित बराबरी मै छ |सत्ता पक्ष भन्छन विपक्षीले सहमती चाहेन , चुनावमा जान डराए अनि बिपक्षी पनि सत्ता पक्षलाई त्यहि आरोप लगाउँछ तर वास्तवमा सबैलाई सहमती र चुनाव भन्दा पनि त्यहि सत्ता नै चाहिएको सबैमा स्पष्ट नै छ ,जगजाहेर नै छ
जस्ले जे जसरि आरोप लगाएपनि नेपाली राजनीति सत्तालिप्सामै केन्द्रित छ तैपनि सहमती र चुनाव नचाहनेमा चाहिँ सत्ता पक्ष त्यस्मा पनि बिशेष गरी एमाओवादी नै अगाडी छ |उसले चुनाव चाहेकै छैन भन्ने उसकै ब्यबहारले देखाई रहेको छ किनकी एकातिर आफ्नै नेतृत्वको सरकारले चुनावको घोषणा गर्छ अर्को तिर आफैँ संबिधानसभाको पुनर्स्थापनालाई जोड दिन्छ |उसले चुनावको गफ चाहिँ देखाउने दाँत र पुनर्स्थापना लाई चाहिँ चपाउने दाँतको रुपमा प्रयोग गरिरहेको छ |यदि ऊ जनता प्रति इमान्दार छ र जनताको उसलाई बिश्वास छ भने जनतामा जान छाडेर पुनर्स्थापनाको मुद्दा कीन उठाई रहेछ ?संबिधानसभाको म्याद पनि सकिन नदिई हत्तपत्त चुनावको घोषणा गर्नेले पुनर्स्थापनाको कुरा गर्नु के आफ्नै निर्णय नमान्नु र आफ्नै निर्णय सँग हार्नु हैन र ? अनि आफुलाई सबैभन्दा अग्रगामी भन्नेले जनतामा जाने कुरा छाडेर त्यहि निकम्मा संविधानसभालाई ब्युँताउने कुरा गर्नु अग्रगामी कदम हुन सक्छ र ? सत्ता कब्जाको रणनीति बोकेको माओबादीलाई जुनसुकै बाटो बाट भएपनि सत्ता कब्जा गर्नु छ सहमती र चुनाव हैन , जुनकुरा प्रचण्डको शक्तिखोर भिडिओ ले स्पष्ट बताई सकेको छ |एकतन्त्री शासन चलाउन खोज्नेहरुले कहिल्यै पनि जनताको बिश्वास गरेका हुँदैनन र गर्दैनन पनि |नेपाल मात्र हैन बिश्वकै इतिहास हामी सँग साक्षी छ |सत्ता स्वार्थकै कारण सत्र टुक्रा भएको मधेसी दलहरुको त झन कुरै नगरौं जसलाई मधेसी जनताले पनि चिनेकै र जानेकै छन् त्यसैले तिन्लाई अहिले सत्तामा बसेर गर्न पाएको रजाईं छाडेर चुनावमा जान मन नै छैन र चुनाव बाट भविष्यको आशा पनि छैन |
सवाल सत्ताकै भए पनि सत्ता पक्ष र विपक्षीमा केहि फरक भने छ नै |बिपक्षी हरु चुनावमा जान चाहन्छन तर माओबादी नेतृत्व मा हैन ,त्यस्मा पनि कांग्रेस आफ्नै नेतृत्वमा चुनाव गर्न चाहन्छ , उसलाई आफु सत्तामा रहे मात्रै चुनाव जित्न सकिन्छ भन्ने मनोबैज्ञानिक एबं मानसिक रोगले छाडेको छैन तर आफैँ सत्तामा बसेर चुनाव गराउँदा पनि बिगतका चुनाव हरुमा क्रमशः ओरालो लाग्दै आएको आफ्नो इतिहास उसको मानसपटलमा छैन |
एकातिर बाबुराम र प्रचण्डको खस्किंदै गएको लोकप्रियता र अर्को तिर पार्टी फुटेको अवस्थालाई आंकलन गरेर उसलाई सत्ता नेतृत्व बाट पनि हटाएर आफ्नै नेतृत्वमा चुनावमा जाने हो भने चुनाव जित्न सकिन्छ भन्ने प्रतिपक्षको बुझाइ छ भने अर्कोतिर अलोकप्रिय बन्दै गएको वर्तमान सरकार र पार्टी फुटको कारण चुनावमा जाँदा आफ्नो शक्ति घट्छ वास्तविकतालाई बुझेर नै माओबादीले सत्ता छाड्न र चुनाव जान डराएको छ जसरि तसरी आफु ठुलो शक्तिमा रहेको पुरानो संविधानसभालाई ब्यूँताउन ऊ लागिपरेको छ |
यतिबेला घुर्की र धम्कीको भाषा बोल्नमा प्रचण्ड सबै भन्दा अग्रणी स्थानमा छन् |बाह्र बुँधे समझदारी र शान्ति सम्झौताको कागज च्यात्ने धम्कि देखि डाडु पन्यु आफुले नपाएको गुनासो गर्न समेत उनले भ्याई सकेका छन् |एकातिर डाडु पन्यु आफुले नपाएको कुरा गर्नु र अर्को तिर प्रधान मन्त्रि बन्न तयार रहेको भन्दै बाबुरामकै अगाडी भाषण गर्नुले उनि आफैँ प्रधानमन्त्री बन्ने रणनीतिमा छन् भन्ने छर्लंग भैसकेको छ |
अर्काको नेतृत्वमा चुनावमा जान नखोज्नु भनेको जनताको बिश्वास नगर्नु हो |जनतालाई बिश्वास गर्न नसक्नेहरुनै अहिले आफ्नै नेतृत्वको रटान गरी रहेका छन् |यो कुरा जनताले समयमा बुझ्नु जरुरि छ |आफु सहि छैन भन्ने उनीहरुले राम्रै सँग बुझेका छन् र सत्ताको बलमा मात्रै चुनावमा जान खोज्नुले त्यस्को पुष्टि दिइरहेका छन् |हैन भने जनतामा जान सत्ता नै चाहियो कीन ?जनतालाई बिश्वास गर्न नसक्नेहरु बाट जनताले आशा राख्ने के ? सार्वभौमसत्ता जनतामा निहित भनिएको छ तर जजनाताको सार्वभौमिकता सिमित नेताहरुले हडपी रहेका छन् जनताले गर्नु पर्ने निर्णय सिमित व्यक्ति हरुले गरिरहेका छन् |तैपनि ढिलो चाँडो चुनावमा नगई सुखै छैन ,परिणाम भविष्यले दिने नै छ अनि जनताको बिश्वास नगर्नेहरुले आत्म समिक्षा गर्न बाध्य हुने नै छन् |
(प्रकाशित मिति: २०६९ माघ ११ गते बिहीवार)