नेपालको शान्ति प्रक्रियामा भारतीय भूमीका विषयमा दिल्लीमा एक दिने गोष्ठि सम्पन्न !

नयाँ दिल्ली, ११ माघ ईण्डीयन शिविल सर्विस अफिसर ईन्स्टीच्यूटको आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा नेपालको शान्ति प्रक्रियामा भारतीय भूमीका विषयमा एक दिने गोष्ठि सम्पन्न भएको

नेपालका सहकारी तथा गरिबी निवारण मन्त्री एकनाथ ढकालको प्रमुख आतिथ्यमा  विहीबार आयोजना भएको गोष्ठिमा नेपालको शान्ति प्रक्रियाको विषयमा जानकार नेपाल भारतका विज्ञहरुको सहभागिता थियो

गोष्ठिमा नेपालका तर्फबाट मन्त्री ढकालले कार्यपत्र प्रस्तुत गरेका थिए कार्यपत्र प्रस्तुत गर्दै उनले नेपालको शान्ति प्रक्रियामा भारतको सहयोग, सदभाव सकारात्मक अपेक्षा भारतको रहेको स्पष्ट पार्दै जारी शान्ति प्रक्रिया निष्कर्समा पुर्याउन  भारतको सकारात्मक सहयोग , सदभावको अपेक्षा ब्यक्त गरे


उनले नेपालको शान्ति प्रक्रिया अझै पनि बाँकी रहेको उल्लेख गर्दै त्यसमा भारतको सकारात्मक सहयोग भूमिका भए छिट्टै टुङगीने बताए

नेपालको अहिलेको सरकार निर्वाचनको पक्षमा रहेको भन्दै मुलुकमा छिट्टै निर्वाचन गर्ने गरी राजनीतिक गतिरोध टुङगीने उनले दावी गरे त्यसको लागि पनि भारतको सकारात्मक भूमिका आवश्यक रहेको तर्क मन्त्री ढकालले गरे

मन्त्री ढकालको शान्ति प्रक्रिया सम्बन्धी कार्यपत्रमा टिप्पणी गर्दै रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाले नेपालमा भारतको समर्थन सहयोग नरहेको भए शान्ति प्रक्रिया अहिलेको अवस्थामा कुनै पनि हालतमा पुग्न नसक्ने भन्दै दिल्लीमा तत्कालिन विद्रोही माओवादी संसदबादी दलहरुवीच १२ बुँदे सम्झौता नभएको भए नेपालको शान्ति प्रक्रिया अहिलेसम्म पनि जटिल मोडमा रहने थियो भने

उनले १२ बुँदे सम्झौतालाई नेपालको शान्ति प्रक्रियाको आईसब्रेक भन्दै दलहरुलाई एक ठाँउमा भारतले खेलेको भूमिका कै कारण नेपालमा राजतन्त्रको अन्त्य लोकतान्त्रिक गणतन्त्रको स्थापना सफल भएको टिप्पणी गरे

धमलाले भने भारतको सहयोग समर्थन नभएको भए नेपालमा जनआन्दोलन सफल हुनै सक्दैन थियो नेपालको संघीय लोकतान्त्रिक गठतन्त्रको स्थायीत्व शान्ति प्रक्रिया निष्कर्समा पुर्याउन अझै पनि भारतको सकारात्मक समर्थन सहयोगको आवश्यकता उनले औल्याए

महात्मा गान्धीको गान्धी फाउण्डेसनको अध्यक्ष  तारा गान्धी विशेष अतिथि रहेको गोष्ठिमा

डा चुणाबहादुर श्रेष्ठ, नारायण शर्मा गजुरेल, डा रोवर्ट कितेल, भारतीय चर्चित सामाजिक कार्यकर्ता रुपा चौधरी सहित भारतीय विद्धानहरुले नेपालको शान्ति प्रक्रिया बर्तमान अवस्थाको विषयमा चासो चिन्ता ब्यक्त गर्दै मन्त्री ढकालको कार्यपत्रमाथि टिप्पणी गरेका थिए  

नेपाल हिन्दु राष्ट्र हुन पर्छ भन्नेमा दृढछुः अध्यक्ष सिह

नयाँ दिल्ली, ११ माघ भारतीय जनता पार्टीका नवनिर्वाचित अध्यक्ष राजनाथ सिंहले नेपाल हिन्दु राष्ट्र हुनु पर्ने आफ्नो अडानमा दृढ रहेको बताएका छन्

भारतीय जनता पार्टीको अध्यक्षमा निर्वाचित भए पछि पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले ८२ प्रतिसत हिन्दु धर्मावलम्बि बस्ने नेपाल हिन्दु राष्ट्र हुन पर्ने भन्दै त्यसकालागि भारतीय जनता पार्टीले अभियान सञ्चालन गर्ने स्पष्ट पारे

हिन्दु राष्ट्र हुन पर्छ भनेको कुरालाई राजतन्त्रको पक्षमा बुझीने गरेको उल्लेख गर्दै उनले आफू राजतन्त्रको नभई लोकतन्त्रको संस्थागत विकासको पक्षमा रहेको समेत बताए

नेपालमा राजनीतिक गतिरोध अन्त्य हुने पर्नेमा जोड दिदै त्यसका लागि नेपालका राजनीतिक दलहरुसामू मिल्नुको विकल्प नभएको बताए उनले भने नेपालका दलहरुले सहमतिमा नयाँ निर्वाचन गरेर लोकतन्त्रलाई संस्थागत गर्नु पर्छ

उनले नेपालमा दलहरुवीच सहमति हुनु पर्छ भन्ने भारतीय चाहना रहेको स्पष्ट पार्दै नेपालमा के गर्ने भन्ने विषय नेपाली राजनीतिक दलहरुको भएकोले त्यसमा भारतको कुनै हस्तक्षेप नहुने बताए

सिहले भने नेपालमा अहिले राजनीतिक संबैधानिक संकट दलहरु मिल्न नसक्दा निर्वाचन सुनिश्चित हुन सकिरहेको छैन लोकतन्त्रका  अवयवहरु जोखिममा परेका छन् नेपालमा दलहरु मिलेर मुलुकलाई छिटो भन्दा छिटो निकास दिनु पर्छ सहमतिका साथ  निर्वाचनमा जानु पर्छ अहिलेको संकटको निकास त्यही हो

नेपालको राजनीतिक संकट नेपालका राजनीतिक दलहरुले गर्नु पर्ने भन्दै उनले यसमा भारतको कुनै हस्तक्षेप नहुने स्पष्ट पारे

उनले भने कसलाई प्रधानमन्त्री बनाउने, कहिले निर्वाचन गर्ने, सहमति कस्तो गर्ने भन्ने विषय नेपाली राजनीतिक दलहरुको हो नेपालमा लम्बिएको संकटमा भारतको गंभिर चासो सबैभन्दा नजिकको छिमेकी मुलुक भएकोले भारतले नेपालमा राजनीतिक स्थायीत्व होस, संकट मोचन भएर विकासको प्रक्रियामा अघि बढोस भनेर चाहनु स्वाभाविक हो भारतको त्यस्तो चाहना तर हस्तक्षेप गर्दैन लागि नेपालका राजनीतिक दलहरुसामू मिल्नुको विकल्प छैन नेपालका दलहरुले सहमतिमा नयाँ निर्वाचन गरेर लोकतन्त्रलाई संस्थागत गर्नु पर्छ

सिहले नेपालको राजनीतिक समस्या समाधानको विषयमा आफूले भारतीय प्रधानमन्त्रीसँग पनि कुराकानी गर्ने प्रतिबद्धता पनि ब्यक्त गरे  

उनले आफू छिट्टै नेपाल भ्रमणमा आउने भन्दै नेपाल भारतवीचको सम्बन्धलाई अझै मजबुद गर्न सकेमात्रै नेपालको द्रुत विकास सम्भव भएको बताए   सिहले भने नेपाल भारतवीच रहेको जनस्तरको सम्बन्धलाई अझै सुदृढ बनाउनुपर्छ

SHARE THIS

Author:

Facebook Comment