सम्पादकीय !

 सुरक्षाकर्मीहरूको मर्म र पीडा


मुलुकमा शान्ति सुरक्षा कायम राख्न सुरक्षा निकायहरूले हरसंभव प्रयास गर्दै आइरहेका छन् । कुनै पनि भागमा अपि्रय घटनाहरू नघटोस् भनेर सुरक्षा निकायले आफ्नो ठूलो भूमिका निर्वाह गर्दै आइरहेकाले विगतको तुलनामा शान्ति सुरक्षामा निकै सुधार हुन पुगेको छ । सर्व साधारण नागरिकहरूको जीउ ज्यानको सुरक्षाकोलागि सुरक्षा निकायहरूले यसपालिको कठ्‍याङिग्रदो जाडोमा पनि जनताको सुरक्षाकोलागि जस्तोसुकै मर्म र पीडा खेपेर दिनरात एक गरी सुरक्षा प्रदान गर्दै आइरहेका छन् । तरार्इको जिल्लामा मुटु काम्ने जाडो र हुस्सुको कारणले अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेकेा छ । तर पनि सुरक्षा निकायले जस्तोसुकै जाडो र हुस्सु परे तापनि जनताको सुरक्षाकोलागि दत्तचित्त भएर लागेका छन् । 

विगतका दिनमा तरार्इका जिल्लामा आपराधिक समुहहरूले निकै आतंककारी गतिविधि सञ्चालन गरी, उद्योगपति, व्यापारी र सर्वसाधारण नागरिकहरूको हत्या, अपहरण्ा गरी लाखौं रुपैयाँको माग गर्ने कार्य गरेकाले त्यस्तो कार्य पुन: अपराधिहरूबाट हुन नपाओस् भनेर सुरक्षा निकायहरूले पर्सा जिल्लामा अहिले शान्ति सुरक्षाको अवस्था निकै दरिलो बनाउन सफल भएका छन् । सुरक्षा निकायले हरेक चोक र गल्लीहरूमा आफ्ना दायित्व निर्वाह गर्दै अइरहेकोले कुनै पनि अज्ञात अर्थात्‍ सशस्त्र समुहहरूले आतंक मच्चाउन सफल हुन सकेको छैन । सुरक्षा निकायले जस्तोसुकै जाडो भएतापनि जनताको सुरक्षा गर्नुपर्ने पहिलो कर्तव्य सम्झिन पुगेकोले नै आफ्नो कर्तव्य र दायित्वबाट बिमुख हुन सकेका छैनन् । सुरक्षाकर्मीहरूलार्इ जतिसुकै मर्म र पीडिा भए तापनि उनीहरूले आफ्नो बेदना मनभित्र राखेर जनताको सुरक्षाकालागि अग्रसर भएर लागिरहेकाले सबै क्ष्ोत्रबाट सुरक्षाकर्मीहरू सम्मान गर्नुपर्छ । अस्तु

SHARE THIS

Author:

Facebook Comment