क्राइमचेक प्रतिनिधि/
वीरगंज/वीरगंज स्थित नारायणी उपक्षोत्रीय अस्पताल हाताभित्र जबरजस्ती सञ्चालन गरिंदै आएको प्रमोद फार्मेसी नामक आैषधी पसल विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आदेश जारी गर्दै तत्काल हटाउन लगाउन जिल्ला प्रशासन कार्यालय पर्साको नाममा निर्देशन जारी गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतवार जिल्ला प्रशासन कार्यालयको नाममा पठाएको पत्रमा "निर्णय कार्यान्वयन गर्ने" भनि जारी गरिएको अनुरोध पत्रअनुसार नारायणी उप क्ष्ोत्रीय अस्पताल विकास समिति वीरगंजको परिसरमा सञ्चालित प्रमोद फार्मेसीले सम्झौता अनुसारको पाँच वर्षको म्याद समाप्त भर्इसकेपछि पनि आैषधी पसल सञ्चालन गरिरहेको भन्ने समेत व्योहोराको उजुरीउपर प्रारम्भीक छानबिन गरी निर्णयार्थ पेश हुँदा नारायणी उप-क्ष्ोत्रीय अस्पताल परिसरभित्र सञ्चालित प्रमोद फार्मेसीको सम्झौता ५ वर्षको म्याद मिति २०६८/०३/३० समाप्त भर्इसकेकोमा तत्पश्चात पनि उक्त फार्मेसीका प्रो. रेखा सुनार गुप्ताले गैर कानुनी रुपमा कब्जा गरी आैषधी पसल सञ्चालन गरि बसेको र उक्त पसल हटाउन अस्पतालले पटक(पटक प्रयास गरेतापनि सफल नभएको अवस्थामा स्पष्ट निर्देशन पाउँ भनि उक्त समितिबाट अनुरोध भर्इ आएको देखियो । अस्पताल परिसरमा सञ्चालनमा रहेको उक्त आैषधी पसल सम्बन्धमा पुनरावेदन अदालत तथा सर्वोच्च अदालतबाट समेत अस्पतालकै पक्षमा फैसला भइसकेको देखिंदा उक्त प्रमोद फार्मेसी (प्रो. रेखा सुनार गुप्ता)लार्इ सात दिन भित्र हटाउन र अस्पताललार्इ सटरको भाडा वापत तिर्नुपर्ने बक्यौता रकम समेत असुलउपर गर्न गराउन एवं अदालतको आदेश/फैसला समेत तत्काल कार्यान्वयन गर्न गराउन त्यस कार्यालयलार्इ लेखि पठाउने भनि आयोगको मिति २०६९/०९/०४को बैठकबाट निर्णय भएकोले सो निर्णय अनुसार कार्यान्वयन हुन अनुरोध छ ।" उल्लेख छ ।