नमुना बस्ति निर्माणमा,धुर्मुस सुन्तली लाइ इजरायल बासिको साथ

इजरायल- गत वर्ष नेपालमा गएको महा भूकम्पले तहस नहस बनाएको नेपाललाई धेरै भन्दा धेरै सहगोग गरेर एउटा अभियाननै संचालन गरेका धुर्मुश सुन्तली अर्थात हास्यकलाकार कलाकार दम्पत्ति सिताराम कट्टेल कुन्जना घिमिरे सर्वत्र चर्चा कमाएका छन् ।

धन भएर होइन ठुलो मन बनाएर भुँइचालोमा घरबास गुमाएकाहरुको लागी आफ्नै पहलमा काभ्रेमा नेपालमै पहिलो पटक एकिकृत नमुना बस्ती बनाँएका दम्पतिले फेरी भुकम्पपिडितहरुलाई सिन्धुपाल्चोकको ‘गिरानचौर’ गाउँमा पैसट्टि घरधुरी एकिकृत नमुना बस्ती बनाउँने महान अभियानमा सुरु गरेको जानकारी गराएका छन् । तर धुर्मुश सुन्तीलोको एकल प्रयासमा मात्रै यत्ति ठुलो अभियान सम्भब भने पकै  सफल हुने छैन । त्यसकोलागि सर्वत्र अर्थात् विश्वभर रहेका नेपालीहरुले अभियाननै सुरु गरेका खबरहरु आउन थालेका छन् ।

अरुको सधै पिडाँबोध गर्न सक्ने भएर नै हामी उत्कृस्ट मानब जातिमा गनिएका छौ त्यसमाथि पनि आफ्नै देशमा परेको दुखमा आसु नझार्ने को होला र । आज पनि पिडितहरुको भिडियो हेर्दा सबैको मन रुन्छ आखा रसाउने गर्छ तर पनि नेपाल सरकारको कार्य गर्ने शैली र मुख ताक्दै आलोचना मात्रै गरेर होइन अब एउटा सचेत नागरिकको भुमिका सबैले बहन गर्दै धुर्मुश सुन्तलीको यस महाभियानमा साथ दिन विश्वभर रहेका नेपालीहरु एक आपसमा साथमा साथ हातमा हात दिएर सहयोग गर्न जरुरी छ ।

इजरायलमा कार्यरत केहि सहयोगीमन नेपालीहरुबाट यस अभियानमा सहयोग गर्ने हेतुले एक- महिने धुर्मुश-सुन्तली सहयोग अभियान सँचालन गरेका छन् र उक्त अभियानमा साथ दिनको लागि अभियानकर्ताहरुले इजरायलमा कार्यरत दाजु भाई, दिदि बैनी, बुद्दिजिबी, पत्रकार, समाजसेवी, विभिन्न राजनीति कर्मी, दल, संघ सस्था सबैमा सकेको सहयोग गरि एक उत्कृस्ट मानवीयताको धर्म निर्वाह गर्न अनुरोध गरेका छन् र जतिपनि प्राप्त रहेको सहयोग ३५ दिनभित्र धुर्मुस सुन्तली फाउन्डेसनमा हस्तान्तरण गर्ने कुरा पनि जानकारी गराएका छन् ।

सहयोग गर्न चाहने मनहरुले निम्न ब्यक्तिहरु सँग सम्पर्क गरी नाम टिपाउँन हुन सक्नुहुनेछ ।

१) सागर भुसाल – ०५४८१६६५८४
२) उमेश नेवार – ०५४७६६०७९६
३) अर्जुन पौडेल – ०५४५६०९८८०
४) भोजराज क्षेत्री – ५४४८४६७९४
५) सुबास खरेल -०५३२८५३४०९
६) राम ढुँगाना – ०५३३३४६७६७

तथा, स्वतन्त्र मिडिया इजरायल सम्पर्क

१) खेमराज कट्टेल- ०५८७१९९४४१
२) रमेश रिजाल – ०५४३६७२६९४

-nepalisrael.net

SHARE THIS

Author:

Facebook Comment