–प्रशान्त महासागर
मैले धेरैमा थोरै देखेको भनेको सिद्धान्त नै होला यो विश्वमा जसको दुईटा मुख हुन्छन् जसले केवल खाने कुरामा जोड लगाए भने फाल्ने कुरामा कमै विचारलाई प्रयोग गर्ने सिद्धान्त अगाडि सारे जस्मा पनि दुईटै मुख नै देखिएँ । फलत: गरीब र दु:खीको दिन आए पनि अभागीको खप्पर जहाँ गए नि ठक्कर भने झै दिनरात बित्दै गएँ जस्मा दोष आफ्नो कमजोरी नभईकन अरुको अरु नै भन्ने चलन पनि समाजमा स्थापित हुँदै गए र एकतामा शक्ति भन्ने कुरालाई सिद्धान्तले वर्गीकरण गर्दै लगिंदा समाजमा पूँजीवाद र समाजवादका कुराहरु त चले तर लक्ष्य सबैको मैवाद हुँदै गए । यस्तैमा सोझाहरु जो वर्गमा जनता भए जस्को एक छाक नै ठूलो हुँदै गए भने शिक्षा स्वास्थ्य भन्ने कुरालाई आफूमा राज्य गराउने अंग तुल्याउँदै रम्ने कुरामै मरिरहे चाहे त्यो काल गतिले होस् चाहे रोज्ने तरीकाले होस् । हुन त मर्नु सबैको नैसर्गिक अधिकार पनि हो तर हत्तार र निचारि निचारि मर्नु र बाँच्नुको अर्थ अर्कै हुन्छ पनि । चिन्ताको कुरामा कसैलाई कुनै सिद्धान्तले छुन भने सकेको छैन । आफ्नो पाखो बाँझो राखेर अरुको बारी खनेर भए पनि नेपालीहरुले अन्नलाई सर्वोपरि ठानी चपाई रहेकै छन् भने अहिलेको परिवेशमा किनबेचको प्रकरणमा अल्झेर भए पनि मानोपाथीको जोगार गरि बाँचेकै छन् सुखसाथ शान्तिसाथ रमेकै छन । यो भन्नु नै नेपाली सोझो र शान्ति प्रिय प्राणी हौ भन्नु नै हो । तर अफसोचको कुरा सिद्धान्तको कुरामा नेपालीहरु लगाम विनाका कुनै केही बने जसले गर्दा संघभित्र, संस्थाभित्र वर्गीकृत वस्तु भन्दै गए ।
मूल्यमा नेपालीहरु किनबेच हुने साधनसम्म ठहर हुँदा नि चुप नै बसे । यसले गर्दा दुईमखे सिद्धान्त बलियो हुँदै गए । व्यवहारमा भोको पेटकै खोसेर खाने कुरा प्रकरणहरु ज्यादा बनिंदै गए । र सरकारी तहमा काम भन्दा बेशिं कुराकै तलबहरु हुँदै पेन्सन भन्ने जन्तुले पेन्सनविनाका प्राणीहरुको रगत चुसिरहे अर्को अर्थको बोक्सीहरु समाजमा जिवितै रहिरहे भने खोक्लो कुराहरु सिद्धान्तमा समावेश गरेर रगत नै चुस्ने बोक्साबोक्सीहरु नेपालको माथिल्लो सदनभित्र नाची रहे जसले केवल गुटगत रुपमै चुस्ने कामहरु बाहेक अरु केही गरेको छैन पनि ।
नेपालको इतिहासमा एकीकरण पश्चात धेरैसँग धेरैको बैरभाव बाहेक अरु केहीको पनि विकास भएको शायदै होला जुन समयसँगैको परिवर्तन बाहेक होईन भने यहाँ मोटर चल्नुलाई विकास मान्नु बेकार नै हुनेछ किनभने विकासमा मानव खरिदविक्रि भएको दोब रहेको छ भने अविकासमा त्यस्ता कुकीत्र्यहरु भएकै छैन पनि । त्यस्तै आजको समाजमा पिउने पानीको अभाव छ भने पिलाउन पनि पानीकै कारोबार गर्नु पर्ने तुच्छ सिद्धान्तहरु छन जस्मा सेवा भन्दै मेवा खोस्ने सिद्धान्तहरु च्याउ झै उम्रेकै छन जुन खानै नहुने अवस्थाको हुँदा नि बिक्रि गरिने नीति सरकारी शब्दकोषभित्र संचित छन नै । यी हुनुको मुख्य कारण भन्नु नै नेताको चयन हो र नेपालमा नेता भन्न लायक को छ ? र त्यो नेता नेपालमा कहिले जन्मिने हो सोच्न बाँकी नै छ ।
सिद्धान्तकै नेतालाई सर्वोपरि मान्ने नै हो भने पनि कुन सिद्धान्तका कुन नेता सबैका प्रिय हुन त ? यो झन जटिल प्रश्न अबको समाजमा जिउँदो कुरा बनी रहेकै छ भन्नुको अर्थ कुनै पनि रानैतिक सिद्धान्तसँग कोही व्यक्ति पनि राजीखुशी छैन सबैले आफ्नो दुनो कसरी सिधा पार्ने भन्ने सोचेर मात्र गुटगत कुरामा आफुहरु लागेको हो भन्ने कुरालाई राजनीतिले छर्लङ्ग पारेकै छ ।
देशको निम्ति नीति भन्दा नि ठूलो नियत हो । जबसम्म नीति र सिद्धान्त यहाँ चलखेल भई रहन्छ तबसम्म हरेक सिद्धान्तभित्र हरेक व्यक्ति शंकाकै पात्र अभिनयमा मञ्चन भई रहनु पर्ने नै हुन्छ । त्यसैले सिद्धान्तका ती व्यक्तिहरु जो धनी भए एकदिन त्यही धन नै त्यसको शत्रु हुनेछन् नै । त्यो बेला शायद पिउने र पिलाउने पानी नशिव होला भन्न सकिदैन र त्यस्तो दिन बनाउन कसैले म नेता हुँ भनी समाजमा शिर ठाडो गर्छन् भने सर्वप्रथम हामी जसका नेता छैनन् तिनीहरुले अवश्य सोध्नुपर्छ कि तिमी नेता त नेता तर कुन व्यवहारको नेता हौ ? यो कुरालाई आम नेता बेगरका जनताले अबका दिनहरु ढिपी गरी नेता खोज्नु आवश्यक भएकोछ जस्ले गाउँ चिनियोस् ।
गाउँ समाज विना कुनै सहरको रहर एक कल्पना मात्र हो । र सबैलाई थाहा भएकै कुरा हो गाउँको विकसित रुप नै सहर हो भनी । जबसम्म गाउँलाई व्यवहारले सहर तुल्याउने नेता जन्मिदैनन् तबसम्म सिद्धान्तका नेताहरु हामीलाई चाहिदैन भनेर हामीले हाम्रो आवाजलाई बुलन्द बनाउँन सक्दैनौं हामी आफैबाट शोषित भई बाँचिरहन्छौं ।
हामी पाइलापिच्छे परजीवि बनी बाँच्छौ भने हामीलाई चुस्नेहरुसँग हामीले मुक्तिको लागि के अपेक्षा गर्ने ? त्यसैले सर्वप्रथम आफूभित्रको निरंकुशतालाई त्यागौं । जबसम्म हामीले आफ्नो तानाशाह प्रवृत्ति त्याग्दैनौ तबसम्म पाएका अधिकारहरुको प्रयोग पनि असम्भव नै सावित हुन्छ । र हामीले बुझ्नु र बुझाउनु पर्ने कुरा के भन्दा खेरि जुन भैंसी सधैं नुहाउँछ त्यो गाई बन्नलाई होईन भन्ने नै हो तर सिद्धान्तको चलखेलमा गाई बन्न नै हो भन्ने व्याख्याका प्रावधानहरु मिलाई राखेका हुन्छ त्यसलाई नकार्न सिद्धान्त बेगरको व्यवहारयुक्त नेतालाई आश्रय दिई आफ्नो दिनचर्याहरु अगाडि सारौं भन्न चाहन्छु ।
नेपालीहरुलाई सिद्धान्तयुक्त नेताहरु होईन, व्यवहारयुक्त नेताको खाँचो छ, जस्ले नेतृत्व गर्न सकियोस् । अफसोच त्यो नेता कहिले जन्मिने होला ।
हुन त नेपाल सानो छ । ठूलो र धेरै कुनै पनि सिद्धान्त शासक आवश्यक छैन पनि । विधान र व्यवहारलाई तुलनामा ल्याउने कोही एक भए यो देश साँच्चिकै बुद्ध जन्मेको देश मान्न सकिन्छ । त्यस्तै सिद्धान्त र गुटगत कुराले शायदै कसैलाई सम्पन्न र सुखी तुल्याउँछ होला । अन्तमा, नेपालमा सगरमाथाको गाथा जोगाई राख्न भए पनि व्यवहारयुक्त नेताको उत्खनन् गरौं अहम् त्यागेर नेपालमा नेपाली भएर बाँच्न भए पनि सिद्धान्तलाई व्यवहारको पथमा डोर्याउने प्रतिबद्धतामा लागौं ।
प्रकाशन मितिः २०७२ चैत्र १८ गते बिहीवार