दूरकी ढोलक अच्छी सुनाई देती हैः सन्दर्भ ओली भ्रमण

 –मीनबहादुर थापा
हिन्दी उखानबाट लिइएको शीर्षकको वाक्यांशको अर्थ हो, “टाढाबाट मादलको आवाज सुमधुर सुनिन्छ” भने जस्तै हो अहिलेको खड्ग ओलीको चीन भ्रमण । जब नजिक हुन्छ नि भन्नु को अर्थ ओलीले चिनमा हाल गरेका सम्झौताहरु जव व्यवहारमा आउन थाल्छन् सबै थाहा हुन्छ नेपाल र नेपालीलाई कति हानी भयो या फाइदा ।

भारतले दिएको पीडामा चीनले केहि मलम पट्टी गरिदिंदा के–के न भयो भनेर हामीले सोचेका छौं तर यसको दुरगामी प्रभाव कस्तो होला त्यता तिर हाम्रो ध्यान जानु जरुरी छ । चीनको एउटै स्वार्थ छ, त्यो हो नेपालबाट हुने तिब्बत समर्थित चीन विरोधि कुनै पनि गतिविधि नहोस तर यो काम गर्न अहिले नेपालसँग कुनै सामथ्र्य छ ? भन्नु को अर्थ हो नेपाल संघीय गणतन्त्र र धर्म निरपेक्ष भएपछि युरोप, अमेरिकाबाट संचालित इसाई धर्मको प्रचार जुन दिन दुइ गुना रात चौगुनाले बढोहतरी भैरहेको छ के त्यस्लाई रोक्न नेपालले सक्छ ? यहि गर्न गराउनका लागि नै नेपालबाट संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र राता रात फालियो । यसमा तत्कालिन सहयोग गर्न भारतीय काँग्रेस आइ र विशेष गरेर त्यो पार्टी कि अध्यक्ष सोनिया गान्धी आफु इसाई भएका कारण धेरै नै लागि परेकी थिइन र छिन् । चीनले यो साधारण कुरा बुझेको छैन होला त ?

आफ्नो देशमा चाहीं पश्चिमाहरुलाई वैधानिकता र बढावा दिने तिनै पश्चिमाहरुले तिब्बतलाई उचाल्ने अनि चिन गएर हामी एक चीनको पक्षमा छौं भन्ने ? यो आफैंमा विरोधाभाष भएन र ? चीनका लागि नेपालमा राजमार्ग देखि लिएर रेल नै कुदाई दिए पनि कुनै ठूलो कुरा होइन राजाका पाला देखि हालसम्म चीनले नेपालमा विकाशका काम गर्दै आएको हो भोलि पनि गर्ने छ । यहि कुरालाई प्रधानमन्त्री केपी ओलीले ठूलो काम गरे भनेर स्यालको हुइँया जस्तो हुइँया पिटाउनु भनेको राजनतिक अपरिपक्वता नै हो ।

यो भनेको दुर कि ढोलक कि आवाज अच्छी सुनाई देती है अर्थात टाढाको मादलको आवाज राम्रो सुनिन्छ भने जस्तै नै हो । पहिले यहाँका राजनैतिक दलका नेताहरुले गधाबाट गाई हुने प्रयासमा लग्नु पर्यो आफ्नो देश र नेपाल र नेपालीको हितका लागि लाग्नु पर्यो । दोश्रो कुरा सबै कुरा फेर्न सकिएला छिमेकी फेर्न सकिदैन त्यसैले भारत पर अरु नजिक हुनै सक्दैन । अर्को मुख्य कुरा भारतलाई यो अबस्थामा ल्याउने काम कसले गर्यो त ? हिजो दिल्ली मा गएर १२ बुंदे सम्झौता कसले गर्यो ? संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्र बिनाकारण नेपाली जनताको अभिमत बेगर किन बिदेशी को मिलोमतोमा फालियो ?

यहिबाट नेपाल र नेपालीको कुदीन सुरु भएको हो अब ओली संसार भरि नै घुमे पनि देशको अवस्था यस्तै रहने छ्र नेपाली जनतालाई जब सम्म कुन राजनैतिक राज्य व्यवस्था ठिक हो राजा ठिक हो कि हिन्दु राष्ट्र ठिक हो भनि आफ्नो विवेकले छान्ने मौका दिंदैन देशको अवस्था छिमेकीसंगको सम्बन्ध यस्तै रहने छ सबैलाई चेतना भया ।

प्रकाशन मितिः २०७२ चैत्र १८ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment