के दलित नेपाली समाजको एउटा अंग होइन ?

मानिस जातले ठुलो हुँदैन कर्मले ठुलो हुन्छ । २१ औ शताब्दीमा मानिसले जातियतामा आधारित रहनु अबश्य पनि राम्रो होइन । किन भने मानव चेतनशील प्राणी हो । नेपालका माहाकवि लक्षमी प्रसाद देबकाेटा आज दुनियाम जिबित नभए पनि उहाँका भावनाहरु र साहित्य अझै जिबित छन । तर २१औं शताब्दिमा आएर पनि हामी किन अन्जान छौ ?? किन एक अर्का प्रति भाबनात्मक घृणा गर्ने  गर्छौ । के दलितहरु  मानव हैनन् ? के दलितको शरिरमा रातो र तातो रगत बगेको हुँदैन  नेपालमा अहिले पनि जातीको नाउमा घरेलु हिंशाहरु भएको पाइन्छ ।

बर्तमान नेपाली राजनीति गणतन्त्रमय  भएको अवस्थामा  र जाती माथिको भेदभाव संबिधानले अंत गरेको बेला  दलित माथिको छुवा छुत अझै अंत नभैसकेको अवस्था छ । दलित बर्गको न्याय र सुरक्षाका लागी सरकार ले कस्तो कमद चाल्ने ? न्याय कसरी सम्पादन गर्ने ?  सोचनिय बिषय हो ।  दलित माथl  हुने अराजक कृत्यको अंत गर्नु पर्दछ ।

आज पनि हाम्रो समाजमा जातीय भेदभाब अझै  हटेकाे छैन । घर देखि लिएर सामाज धारा, पाटी, मन्दिर जस्ता सामाजिक सर्बाजानिक ठाँउमा दलितहरुलाई अपमानित गरिन्छ यो दुःखको कुरा हो ।  हाम्रो देश नेपाल को खुकुरी ढाका को टोपी दलितबाट निर्मित  देशको गौरबमय शान बनी बिश्वलाई चिनाउन सफल भएको छ ।भने धारा पाटि पौवा मन्दिर जस्ता धार्मिक स्थल र सामग्रीहरु पनि दलित बाट नै बनेको छ भने दलितबाट बनेका सबै सामग्रीहरु देशको सान बन्न सक्छ भने बनाउने जनामदातालाई  अमानवीय ब्याबाहार किन हुन्छ ।के दलितहरु मानव हैनन ? कहि धारा छोएको अभियोगमा अपराध त कहि अन्तर जातिय बिबाह मा अपराध कहि पबित्र मन्दिर छोएको अभियोगमा अपराध आखिर किन ? नितिमा नभएको कुरालाई संस्कारमा चलाइ बाघको छाला ओढ्ने दक्षिणा को भरमा परिबार पाल्न खोज्ने र अरुले लेखेका पुस्तक बोकेर दलितबाट बनेको धोती बेरेर दुनियाँलाई चिनाउन र चिन्न खोज्ने बाहुन बादी सोचाइ किन ? काम अनुसार जात बिभाजन गरिएको हो भने आज दलितले सिलाउने कपडा बाहुनबादी सोचाइले अपबित्र बनाएको छ तर त्यही धोती लगाएर पितृ कार्य र देव कार्य गरिन्छ । गाउँदेखि लिएर नेपालको राजनिती, समाजिक संघ  संस्था, कार्यालय , सबै ठाउँमा दलितलाइ नै हेपिएको छ । त्यहाँ दलितको कार्यलय कर्मचारीको रुपमा समेत दलित अर्कै ब्यबहार गरिन्छ । के दलित नेपाली समाजको एउटा अंग होइन ?

म सरकार साथै संबन्धित निकायलाई प्रश्न पञ्चायतबाट प्रजातन्त्र प्रजातन्त्रबाट लोकतन्त्र गणतन्त्र के का लागि ? जब हरेक बर्ग र जातीको स्वतन्त्रता हुदैन त्यो देशमा गणतन्त्र छ भनेर कसरी भन्ने । यो मेरो सरकारका नेतृत्व संग प्रश्न छ ।

बाहुनबादी सोचाइ भएका बाहुनबादी प्रबृति हो यो नभुलौ कि हामी सबै नेपाल आमाको सन्तान र सगरमाथा को देश र फेवा तालको आगनमा जन्मिएर हुर्किएका सन्तती हौ ।  अब दलितहरु चुप लागेर बस्ने छैनन सम्पुर्ण दलित हो जाग उठ उज्यालो भै सक्यो पुर्बमा लाली छाइसक्यो तोडनुछ हामिले बर्षौं देखि फैलिएको अन्धकारको जालो । फोड्नु छ ती सुरक्षा को नाउँमा सुरक्षा दिन नसक्ने दिवारहरु, निकाल्नुछ हामिले ती मानसिक रोगिहरुलाई आँखा नदेखि निर्णय गर्नेहरुलाई । आवाज उठाउनु छ सामाजिक हकहितका लागि ।  जाहाँ अन्याय हुन्छ न्यायको ज्वाला उठाउ घोर बिरोध गर्नुछ । किन कि अधिकार मागेर होइन लडेर खोस्नु पर्छ हामी सबै दलित  एक्लो छैनौ ६० लाख दलित छौ । हाम्रा हातहरु बाँधिएका छैन हामी सङ्ग बल,बुद्धि बिचार छ ।  आवाज, सल्काउनु छ न्यायको ज्वाला अथाक बनेर अगाडि निरन्तर बढिरहनु छ ।

मानबको कुनै जात हुदैन,
मानब त मात्र मानब हो
लडनु छ यी सामंती बर्ग संग अब
दलितको हक अधिकार र न्यायका लागि ।

– दुर्गा बिक
हाल मलेसिया

SHARE THIS

Author:

Facebook Comment