राष्ट्रवाद, आत्मनिर्भरता र खराब राजनीति

–सन्तोष मिश्र
राजनीति साधन हो । राजनीतिक गर्नेहरू खराब भएपछि निर्माण, विकास संभावना छैन । विश्वका जुन जुन देशमा राजनीति द्वन्द्वको व्यवस्थापन छ, राजनीतिक स्थिरता छ त्यहाँ–त्यहाँ विकासकालागि आवश्इक वातावरण छ, शान्ति र विकास छ । नेपालमा राजनीतिक संक्रमण कायमै छ । संविधान बन्यो, कार्यान्यनमा नानाथरिका अवरोध उत्पन्न भएको छ । संविधानको समर्थन र विरोधमा नीति, कार्यक्रम र योजना बनाउनुमा खर्चनुपर्ने बेला यसै खेर गइरहेको छ । आम नेपाली युवा देशमा काम र माम नपाएर वैदेशिक रोजगारीकालागि आत्तुर छन् । देश द्वन्द्वको भूमरीमा फसेको छ तर नेपाली युवाहरू देश छोडेर जान तत्पर छन् । सरकार र केही राजनीतिक दलहरूले राष्ट्रवादको नारा दिएका छन् तर वुद्धिजीवीहरूको ब्रेन ट्रेन  र श्रमिक कामदारको विदेश पलायनलाई रोक्न सकेको छैन । मधेश आन्दोलनसँगै जोडिएर अघोषित भारतीय नाकाबन्दी भयो । नेकपा एमालेका अध्यक्ष खड्ग प्रसाद अर्थात केपी ओलीको नेतृत्वको सरकारले भारतको चर्को विरोध गरेर विरोध गरेर भारतलाई चिढाउनु नै राष्ट्रवादको भन्ने सन्देश दियो जसले गर्दा काठमाण्डौ लगायत सत्ता पक्षलाई समर्थन गर्ने केही पहाडी जनता मधेशी आन्दोलन र भारतीय नाकाबन्दीका विरोधमा उत्रिए । मधेशी जनता पहाडी नेपालीको विरोध र नाकाबन्दीको समर्थनमा देखिए । राष्ट्रियताको सवालमा समग्र देशका सम्पूर्ण नेपाली जनता एकजुट हुन सकेन । नेपालको आन्तरिक मामिलामा रमेश भारतले खेल्ने मौका पायो । राष्ट्र असफल र कमजोर बन्यो । के.पी. ओलीको उग्रराष्ट्रवाद राष्ट्रघाती र आत्मसमर्पणवादी सावित भयो ।

यतिखेर नेपाली राष्ट्रवादका नारा दिएर भारतको विरोधमा सम्पूर्ण बामपन्थी एक भएका छन् । पुरानो चिन्तन र काम नलाग्ने थोत्रो बिचार बोकेर, कम्युनिष्ट नैतिकता र सिद्धान्त छाडेका छन् । नेपालका कम्युनिष्ट नेताहरू अवसरबादी हुन्, सत्ता स्वार्थकालागि राजनीतिक, कुटनीतिक सन्तुलन बिगार्न र आखिरमा पतन हुन तयार छन् भन्ने स्पष्ट देखा परेको छ । देश असफल, बर्बाद भएपनि कम्युनिष्ट पार्टीहरूका उपभोक्तावादी चरित्रका नेताहरू नयाँ अवसर आएको भनेर रमाइरहेका छन् । देश पूर्ण रुपमा खोक्रो र परनिर्भर भएको देखा परेको छ । तत्काल देशसँग आत्मनिर्भर हुने कुनै उपाय र विकल्प छैन । देशलाई आत्मनिर्भर बनाउन सक्ने प्रचुर सम्भावना छ । तर आवश्यक वातावरण र इच्छाशक्ति भएको इमान्दार सरकार नभएपछि कसको के लाग्छ ?

भारतीय नाकाबन्दी भएपछिको चार महिनाको अवधिमा योजनाका सबै काम रोकिएका छन् । मधेशी आन्दोलनका कारण देशको राजश्व संकलन ७५ प्रतिशतले घटेको छ । नेपालीकालागि सबै इच्छा, आकांक्षा, उद्देश्य, लक्ष्य पानीको फोका झैं फुटेका छन् । यतिखेर बजारमा पेट्रोलियम पदार्थ लगायत हरेक कुराको हाहाकार भएकोले मूल्य, गुणस्तर, तौल हेर्ने कुरै भएन । अनुगमन, नियमन, गर्ने कुनै सरकारी निकाय सक्रिय छैन । आत्मनिर्भर नभएको देशमा निर्यातको कुरा गर्नु मूर्खता हो । विद्युत लोडसेडिङ, पेट्रोलियम पदार्थको आपूर्तिमा असहजता, कालो धन्दाबाट नेपाली उपभोक्त अति पीडित छन् । हुने खाने वर्गले असहज स्थितिको सामना गरिरहेपनि ठूलो संख्याका गरीबीको चपेटामा परेका हुँदा खाने आम उपभोक्ता जीवन–मरणको अवस्थामा छन् ।

केपी ओली सरकारलाई भू–कम्प पीडित र भारतीय अघोषित नाकाबन्दी पीडित नेपाली जनताहरूको दैनिक समस्याहरूप्रति कुनै चिन्ता र चासो छैन । मधेश जनता र भारतलाई दोषी देखाएर आफू पन्छिन खोज्ने ओली सरकार नैतिक रुपमा पूर्ण दोषी छ तसर्थ देशमा अशान्ति अभाव हटाउन नसक्ने ओली सरकारलाई सत्तामा टिकाएर सास्ती खेप्ने पक्षमा अब नेपाली जनता छैनन् ।

केपी ओलीको अकर्मण्यता नै अकर्मण्यताले ढाकेको सरकारलाई जतिसक्दो छिटो ढालेर विकल्प रोज्नु राजनीतिक निर्णायक शक्ति, सार्वभौम नेपाली जनताकालागि वुद्धिमानी ठहर्दछ । राजनीतिक हलो हड्काएर नेपाल र नेपालीको स्वाभिमान र स्वाधिनतालाई दाउमा राख्ने निहित स्वार्थी, तुच्छ व्यक्ति केपी ओली ऐतिहासिक रुपमा नै कलंकित देखिएका छन् । केपी ओलीले सरकारको नेतृत्व लिएपछि जे जति राजनीतिक दृश्य, परिदृश्य देखा परे त्यसबाट पाठ सिकेर विद्यमान समस्याको समाधान सजिलैसँग गर्न सकिन्छ । केपी ओली हटेपछि धेरै समस्या स्वत: समाधान हुन्छ ।

प्रकाशन मितिः२०७२ माघ २१ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment