जनताले भने, “जनता नै नालायक हुन्”

क्राइमचेक प्रतिनिधि
वीरगंज/वर्तमान राजनीतिक संकट र अस्तव्यस्त नेपाली जनजीवनको मूख्य दोषी को ? भन्ने आशयसहितको सामाजिक संजाल फेसबुकमार्फत गरिएको एक सार्वजनिक मत सर्वेक्षणमा नेपाली जनताले प्रमुख दोषी आफू अर्थात् नेपाली जनतालाई नै “नालायक” भनि मत जाहेर गरेका छन् ।
क्राइम चेककालागि सन्तोष मिश्रले सामाजिक सञ्जाल फेसबुकमा “पेट्रोलियमका डिपोहरु भरीभराउ छन्, जनताले कालो मूल्यमा किन्नु परिरहेको छ । खाद्यान्न भण्डार अन्नले भरिभराउ भएर कुहीन लागेको छ तर भूकम्प/पहिरो प्रभावित जनताले एक गास खान पाइरहेका छैनन् देशमा कालो मूल्यबाट जेपनि जति पनि उपलब्ध छन् तर सहज रुपमा व्यवस्थापन गर्ने जिम्मेवारी बोध सरकारलाई छैन । किन ?

१) जनता नालायक भएर
२) सरकारले नागरिकलाई मान्छे नगनेर 
३) अन्य (कृपया आफ्नो धारणा राख्नु होस्) भनेर जनताको मत बुझ्ने गर्नु भएको प्रयासमा अधिकांशले नेपाली जनतालाई नै नालायक भएको भनि मत जाहेर गरेका छन् ।
कतिपयले भने अप्सन नम्बर तीनमा गएर आफ्नै शब्दमा आक्रोश समेत पोखेका छन् । सीता पौडेल लेख्नु हुन्छ, “जनता नालायक भएर नै हो आज भन्दा भोलि, भोलि भन्दा पर्सि, हेर्दा–हेर्दै देशको अवस्था ओरालो लागेको हरिणको चाल जस्तो भएको छ । अभाव, हाहाकार, अशान्ति, कालो बजारी यति हुँदा पनि चुपचाप लागेर बस्ने जनता नालायक । गणतन्त्र रे, खोइ कता छ गणतन्त्र ? खोइ बोल्न सकेका ? स्वाभिमानी रे ? कता गयो स्वाभिमान ?

त्यस्तै जीतु खड्का गाउँलेले फितलो कानुनी व्यवस्थालाई दोष दिंदै आफ्नो प्रतिकृया यसरी दिएका रहेछन्, “देशमा कानुन फितलो भएको एउटा पाटो हो भने कार्यनयन गर्न नसक्नु अर्को पाटो हो देशमा सरकारी पद धारण गरेका व्यक्तिलाई कारवाही सहित निलम्बन र पदबाट निस्काशन गर्न नसक्ने कानुनले गर्दा पनि कर्मचारीले आफ्नो दायित्व पूरा गर्दैन र यो समस्या जनताले खेप्नु परेको छ ।

नेपाली जनतालाई नालायक र सरकारले नागरिकलाई मान्छे नै नगनेको भन्दै सीमा थापा लेख्नु हुन्छ, “नम्बर १ र २ दुईटै ¤ तलदेखि माथिसम्म दिनमा करोडौं कमाई कालोबजारबाट भइरहेको हुँदा सबै चुप छन् । फाल्तु कुरामा कति विरोध हुन्थ्यो ? यस्तो अत्याचार हुँदा पनि कुनै तह वा निकायबाट अलिकति पनि विरोध छैन ।”

सुरेन्द्र राजन बरालको प्रतिकृया भने यस्तो धारणा राखे, “हामी नालायक भएर नै भन्नु पर्ला, नालायक भएर नै नालायक नेताहरूको पछि लागि नालायक गणतन्त्र ल्याउन यी नालायक नेताहरूलाई सघायौं ।” राजु शाहको प्रतिकृया यस्तो थियो:“हो यो चाहिं अति भयो, सरकार त सुतेको जस्तो लाग्यो ।” त्यस्तै राधिका रेग्मी कँडेलले सकारको व्यवस्थापन राम्रो नभएर, साथै जो पनि सत्तामा पुग्छ त्यसले आफ्नो दायित्व भुलेर यस्तो परिस्थिति आएको भनि आफ्नो धारणा राखे ।

सत्ता र कालो बजारी परिपुरक भएर वर्तमान असहज अवस्थाको सिर्जना भएको प्रतिकृया दधिराम आचार्यले दिनुभयो । भने राजा साहबको नामले खोलिएको फेसबुक खाताबाट सरकारलाई हिंजडाको संज्ञ दिंदै मुर्दाबाद भन्दै आक्रोश पोखे ।

सबभन्दा बढी मत पहिलो अप्सन “जनता नालायक भएर” भन्नेमा आफ्नो मत जाहेर गर्ने नागरिकहरूमा शर्मिला धिमाल झापाली, भरत न्यौपाने, श्रृजना खडका शाह, सुरेश क्षेत्री माण्डब गोत्र, मधुसुदन श्रेष्ठ, बिजया रायमाझी, ओम तिवारी, प्रकाश केसी, राजा साहब, पुष्प कपाली लगायत रहेका छन् भने अप्सन नम्बर दुई अर्थात “सरकारले नागरिकलाई मान्छे नगनेर” भन्नेमा सुमन तिमिल्सिनाले आफ्नो मत राखेका थिए ।

प्रकाशन मितिः २०७२ माघ २१ गते बिहीवार


SHARE THIS

Author:

Facebook Comment