-चुडामणि बस्नेत
विवाह पञ्चमीका अवसरमा सम्पन्न राष्ट्रपति विद्यादेवी भण्डारीको जानकी मन्दिर भ्रमण र पूजा प्रकरणलाई मधेस आन्दोलनसँग जोडेर तर्क गर्ने प्रयास गरियो ! नेपाली राज्यको स्वरूप, धर्म निरपेक्षता र राष्ट्रपति पदको संस्थागत प्रक्रिया र अभ्यास सँग जोड्ने प्रयास गरिएको छैन ! अबका दिनमा धर्म र राज्य बिचको सम्बन्धमा जटिलता र विवाद धेरै बढ्न सक्ने संकेत प्रष्ट भएर गयो ! हाम्रो धार्मिक अभ्यास, संवैधानिक व्यवस्था र राजनीतिक संस्कृति हेर्दा उत्तर र समाधान त्यती सजिलो गरी पाउने लक्षण देखिन्न !
पहिलो कुरो :
========
राष्ट्रपतिलाई मधेसले राष्ट्रपतिका रुपमा स्वीकार गर्यो गरेन भन्दा पनि नास्तिक कम्युनिष्ट' राष्ट्रपतिको भ्रमण आस्थाका कारण नभई मधेस 'आन्दोलन जिस्क्याउन वा यसको नाडी छाम्न'का निम्ति भएको ,सुरक्षामा खटिएका सेनाले जुत्ता लगाएर मन्दिर प्रवेश गरेको, कुकुरलाई सुँघाईएको फूल मन्दीरमा अर्पण गरेको र जानकी प्रतिक बनेकी कन्याले राष्ट्रपतिलाई माला लगाएर धार्मिक परम्परामा खलल पुर्याएको आरोप आरोपीले लगाए ! सबैभन्दा धेरै चर्चा भएको कुरा चाहीँ विधवा महिलाले जानकी मन्दिर प्रवेश गरी परम्परा मिचेर पूजा गरेकाले मधेसी जनताको धार्मिक आस्थामा चोट पुगेको अर्थ लाइयो ! स्थानीय र राष्ट्रिय सञ्चार माध्यममा आन्दोलनकारीले जानकी मन्दिर चोख्याउन गङ्गाजल छर्केको समाचार प्रकाशित भयो ! कुरो उठाइयो तर यी तपशीलका कुरा हुन् ! मुख्य कुरो ,मधेशले बिद्या देवीलाई स्विकारेन भन्ने हो !

दोश्रो कुरो :
=======
नेपालको राजनीतिक परिवर्तन पश्चात नेपालमा धर्म र राज्यबीचको सम्बन्ध पेंचिलो अवस्थामा पुर्याइयो ! गणतन्त्रले खडा गरेको राष्ट्रपतिको संस्थाले राष्ट्रिय एकताको प्रवर्धन गर्ने सोच बनाइदा अर्थात राजसंस्थाबाट नै सिकेर 'हिन्दु' राजाले निर्वाह गर्दै आएको परम्परागत भूमिकालाई ख्याल मध्ये नजर गरेर हिन्दु राजाको विरासतलाई निरन्तरता दिने प्रयास गर्दा यो बितण्डा निम्तिएको हो ! धार्मिक परम्परामा आफूले भूमिका खेल्न खोज्दा कम्युनिष्ट दर्शनबाट प्रशिक्षित वर्तमान राष्ट्रपतिले 'ईश्वरको नाममा' सपथ ग्रहण गर्न पुगिन ! तर राजसंस्था र 'सांसारिक' राष्ट्रपति संस्था सममूल्यका हुन् कि होइनन् ? आपसेआप बिबादको चुरो हुन् पुग्यो !

धेरै विवादास्पद बिषय
==============
नेपाललाई धर्मनिरपेक्ष राष्ट्र बनाएपछि सनातनदेखि चलिआएको धर्मसंस्कृतिको संरक्षण र स्वतन्त्रताको संरक्षण राज्यले गर्नेछ भनियो अब जानकी मन्दिर र मधेसीले सनातनदेखि चलिआएको परम्परालाई मान्न पाउने कि नपाउने ? जानकी मन्दिरमा गङ्गाजल छर्केको समाचारले हामी किन अचम्मित हुने ? राष्ट्रपति भण्डारीलाई विवाह महोत्सव मूल आयोजक समिति र जानकी मन्दिरका महन्थ रामतपेश्वर दासले 'निम्तो' गरेका थिएनन् अरे ! अब निम्तोबिना कुनै पनि राष्ट्रपतिले मन्दिरमा 'विषेश पूजा' गर्न पाउने कि नपाउने ? क्रिश्तान ,मुश्लिम वा अन्य कुनै जाति राष्ट्रपति हुन् पुगे के सनातानिय कार्यमा उसले उपस्थित हुन् पुग्ने कि नपुग्ने ?

अर्कोतर्फ, यदि राष्ट्रपतिको संस्थालाई पूर्वराजा झैं 'धार्मिक' भूमिकामा सकृय गराएर 'राष्ट्रिय एकता' कायम गराउन खोजिएको हो भने , राष्ट्रपतिको संवैधानिक कर्तब्य पूरा गराउने प्रयास गरिएको हो भने नेपालमा 'धर्मनिरेपक्षता' के का लागि ? भोली मुस्लिम /क्रिष्टियन वा अन्य कुनै जाति राष्ट्रपति पदमा निर्वाचित भए राष्ट्रपतिको संस्थाको भूमिका के हुने ? धर्म-संस्कृति र स्वतन्त्रताको संरक्षण राज्यले गर्नुपर्ने भन्दै त्यसले उमार्ने लैङ्गिक र जातिय विभेद के ले निष्क्रिय पार्ने ? र राष्ट्रपतिले सकृय धार्मिक भूमिका खोज्दा धर्म, राज्य र राष्ट्रपति संस्थालाई विवादित बनाउदा त्यसको उपचार खोज्न कहाँ जाने ? " चोक्टा खान गएकी बुढी झोलमा डुबेर मरी " जस्तो हुन्छ हुदैन यो गणतन्त्र !