-स्वयम्भुनाथ कार्की
विगतलाई सराप्ने र गाली गर्नेक्रममा सबैभन्दा धेरै भनिएको कुरा हो, ‘नेपालको भौगोलिक एकीकरण त भयो, तर भावनात्मक एकीकरण भएन।' यो कुरालाई युवापुस्ताले यसै रूपमा स्वीकार गर्यो, त्यसलाई सच्याउने आवश्यकता नै ठानिएन । त्यसैले त अहिले नेपालीबीचको भावनात्मक एकता टुट्ने क्रममा छ।
आफू मात्र सही र आफूले भनेबाहेकको विषयले स्थान पाउनु हुन्न भन्ने आत्मघाती सोच कति बढ्दै गएको छ भने एकताको पक्षमा कुरा उठाउने प्रयत्नले स्थान पायो भने त्यो अचम्म मान्नुपर्ने हुन्छ।
विगतका करिब एक दसकमा नेपाल र नेपालीले भोगेको र वर्तमानमा करिब उत्कर्षमा रहेको भावनात्मक एकतामाथिको प्रहारले नेपालको मात्र भौगोलिक एकीकरण भएको होइन रहेछ भन्ने साबित गरिदिएको छ । जानेर होस् वा नजानेर धेरथोर सबै यो एकतामा हानि पुर्याउँदै छन्।
के-कस्तो शब्द वा अभिव्यक्तिले नेपालको साम्प्रदायिक सौहार्दतामा आक्रमण गर्न सक्छ भन्ने हेक्का राख्न कसैले पनि आवश्यक सम्झेको छैन। को भन्दा को कमको शैलीमा कसरी एकअर्कामाथि कठोर शब्दबाण प्रयोग गर्न सकिन्छ भन्ने मानसिकताले समस्या झन् जटिल बन्दोछ।
कालो बादलमा चाँदीको घेरासरह केही आलोचनाको तारो भएर पनि यो एकतामा बल थप्न प्रयासरत छन् । यही निराशाबीच आशाको किरण पनि हो।
सन् १९४७ मा स्वतन्त्र भएको भारतमा आत्मानुशासन राखेर एकतामा खलल पर्ने वा विखण्डनको कुरा गर्नेलाई कुनै सञ्चारमाध्यमले स्थान दिँदैनन् र समाजले पनि त्यस्तालाई वास्ता गर्दैन। भारतमा नेपालमा भन्दा कम वैचारिक र अभिव्यक्ति स्वतन्त्रता होला भन्ने कल्पना गर्न सकिँदैन।
असल र खराब हरेक जातजाति र समुदायमा हुन्छन् । कुनै खराब सदस्यले गरेको आचरणलाई कारण बनाएर सम्पूर्ण समुदाय या भूगोलमाथि दोषारोपण गर्नु उचित हुन्न। नेपालको विकासक्रममा हरेक क्षेत्र र समुदायले उल्लेख्य योगदान दिएका छन्।
वर्तमान विषम परिस्थितिको कारक पनि हरेक क्षेत्र र समुदायका केही खराब सदस्य नै हुन्। क्षेत्र वा समुदाय होइन, असल र खराब गर्नेहरू छुट्ट्याउनु नै आजको आवश्यकता हो। दुर्भाग्य, यही कुरामा कसैको ध्यान पुगेको छैन।
जो व्यक्ति २०४७ ताका २१ वर्षको (त्यो बेलामा मतदान गर्न पाउने उमेर) थियो त्यसले नेपालमा आजको जस्तो द्वेष र घृणाले ठाउँ पाउला भन्ने सोचेको पनि थिएन। किनभने त्यसबेला नेपाली हुन गर्व गर्नेहरूको बाहुल्य थियो, चाहे त्यसको राजनीतिक आस्था जे होस् । वर्तमानमा त्यो पुस्ता ४६ वर्षको उमेर काटेर अधबैँसे भइसकेको छ।
नेपाली-नेपालीबीचको एकता पुनर्बहाली गर्ने इच्छा राखेर पनि केही गर्न सकिने अवस्था छैन। त्यसपछिको पुस्तामा अधिकांश नेपालमा भावनात्मक एकता कहिल्यै थिएन भन्ने पत्याउनेहरू देखिएका छन्।
पहिले थियो वा थिएन भन्ने बहस नगर्दा पनि अब भावनात्मक एकताको खाँचो छ, यो कुरा सत्य हो। यो फेरि इतिहास बनाउने बेला हो, भावनात्मक एकताको निमित्त अर्को पक्षले गरेन भनेर दोषारोपणको साटो आफूले गर्नुपर्ने काम गर्ने हो भने कठिन पनि छैन।
कुनै पनि अभिव्यक्ति मन नपर्नेबित्तिकै त्यसको खोइरो खन्ने वा यो त फलाना पक्षको पो रहेछ भनेर पूर्वाग्रही सोच राख्ने कुरा कुकुरले खुट्टा टोकेमा कुकुरको खुट्ट टोक्ने श्रेणीका हुन्।यो मुलुक सबैको साझा हो, आपसमा अनेकौँ असहमति र आपसी द्वन्द्व हुन सक्छन्, तर ती असहमति वा द्वन्द्वले जन्माउने संघर्ष गर्ने भूमि त मुलुक नै हो।
आज आफ्नो आवेशले मुलुकको अस्मिता, अखण्डतामा आ“च आउन सक्छ भनेर सोचिएन भने भोलि संघर्ष गर्ने थलो नरहन सक्छ। कसैले कसैसँग आत्मसमर्पण गर्नुपर्ने आवश्यकता छैन, केवल आफूले गरेको प्रहारले मुलुक कमजोर नहोस् भनेर सोचे मात्र पुग्छ।
हरेक प्रकारको संघर्ष र त्यसमा गरिने प्रहार कडा नै होस् फरक पर्दैन, तर एक समुदायले अर्को समुदायका केही खराबले गरेको कामको कारणले पूरै समुदायलाई दोषारोपण नगरिदिए पुग्छ। यो कसैकसैको जुँगाको लडाइँमा वर्र्षौंदेखिका छिमेकी पेम्बालामा र बुधन मण्डल भाला, खुकुरी लिएर लड्न नलागून्।
कुनै राम शर्मा र मोहमद आलमले ज्यान गुमाउन नपरोस्। यसको निमित्त सबैले आफ्नो अभिव्यक्तिका शब्द चयनमा ध्यान पुर्याउनैपर्छ। राजनीतिबाहेक पनि नागरिकको जीवन हुन्छ भन्ने सत्य स्वीकार गर्नैपर्छ।
यहाँ मधेसी वा पहाडी भएर हैन, नेपाली भएर बाँच्न चाहने निरीह जनताको बाहुल्य छ। यो पार्टी वा त्यो पार्टीको हैन, नेपालको हुन चाहनेको कमी छैन।
समुदाय, रङ, वर्ण वा पोसाकले अर्काको मुलुकप्रतिको आस्था र सद्भाव छुट्ट्याएर काखी च्याप्ने वा दुत्कार्ने प्रवृत्तिको अन्त्य हुनैपर्छ। असल र खराब व्यक्ति छुट्ट्याउनुपर्छ, असललाई काखी च्याप्ने र खराबलाई दुत्कार्ने संस्कृतिको विकास गर्नेपर्छ।
साभारः अन्नपूर्णपोष्ट दैनिक