राष्ट्रपतिज्यू, तपाईंको प्रवेशले जानकी मन्दिर कसरी अपवित्र भयो, त्यो मेरो समझमा पर्दैन। मधेसका युवाले के त्यस्तो अमृत छर्किएर मन्दिर फेरि शुद्ध पारे, त्यो पनि मेरो ज्ञानको विषय होइन। ईश्वरलाई मान्छेले बनाए वा ईश्वरले मान्छे, त्यो पनि म जान्दिनँ।
मैले जानेको यत्ति हो, हाम्रो देशको संविधानले राष्ट्रपतिलाई सर्वोच्च मान्छ। र, तपाईं यो देशको सर्वोच्च पदमा हुनुहुन्छ। त्यसैले, तपाईंको परिचय विधवा महिला राष्ट्रपति होइन, राष्ट्रपति विद्या भण्डारी मात्र हो।
तपाईं राष्ट्रपति भएको दिन मलाई आफ्नी आमा नै देशको सर्वोच्च पदमा पुगेजस्तो लागेको थियो। समय साक्षी छ, जब तपाईंले चुनाव जितेर विजयको हात हल्लाउनुभयो, तपाईंको गम्भीर मुस्कानको म फ्यानै भएँ। कहिलेकाहीँ तपाईंलाई पहेँलो सारी र खाली निधारमा देख्दा भने मेरो मन पोल्छ। तपाईं ‘विधवा’ हो भन्ने भावना मेरो पनि मनको अन्तरकुन्तरमा पलाउँछ। माफ गर्नुस् राष्ट्रपतिज्यू, यो समाजले मलाई विधवाले रातो साडी र निधारमा रातो टीका लाउँदैन भन्ने सिकाएको छ। समाजले भनेजस्तै तपाईं पनि रातो टीका र रातो सारी लाउने हिम्मत गर्नुहुन्न। यसर्थ, तपाईं यो समाजको विधवा हो।
जीवनका तितामिठा अनुभव तपाईंले भुल्नुभयो होला। संघर्षका दिन पनि भुल्नुभयो होला। पतिसँगको वियोग भुल्नुभयो होला। तर, आफूले आफैंलाई विधवा हुँ भन्न भुल्नुभएन। पुराना एल्बमका फोटा हेर्दै जानुस्, तपाईं एक महिलाबाट कसरी विधवामा परिणत हुनुभयो? तपाईंले किन संस्कारको नाउँमा रातो रङलाई भष्म गराएर हरियो, पहेँलो र गुलाबी रङ रोज्नुभयो? रङजस्तो कुराले मानिसको परिचय बन्ने होइन, तैपनि किन हिजो मदन भण्डारीज्यू हुँदा रातो लाउनुभयो र आज उहाँको निधन भएको बीसौं वर्षपछि पनि रातो लाएर निर्धक्क हिँड्न सक्नुहुन्न?
यसले देखाउँछ, तपाईं पनि कुसंस्कारमा जकडिएको आम महिला हुनुहुन्छ, जो लोग्ने मरेपछि रातो लाउँदा पाप लाग्छ भन्ने मनोदशाले ग्रस्त छ। यो गलत हो भने आजै विधवा कुसंस्कार अन्त्य भएको घोषणा गरिदिनुस्। चन्द्रशमशेरले सतिप्रथा हटाएजस्तै तपाईं पनि देशबाट विधवा प्रथा हटेको सूचना जारी गरिदिनुस्। भनिदिनुस्, अब उप्रान्त कोही मर्दैमा कसैको परिचय थपघट हुने छैन।
हुनसक्छ, तपाईंलाई रातो रङको रहर छैन। पहेँलो रङ नै तपाईंको प्रिय हो। निधारमा रातो टीका पनि लाउन मन लाग्दैन होला। तर, यो समाजमा अझै हजारौं विधवा महिला छन्, जो रातो रङको तृष्णाले भक्कानिएका छन्। विधवा शब्द मात्रले पनि उनीहरूलाई कमजोर र बेसहारा बनाएको छ। त्यसैले राष्ट्रपतिज्यू, शब्दकोषबाटै विधवा शब्द हटाइदिनुस्, ताकि कुनै महिलाले म पनि लोग्ने मरेपछि विधवा हुनुपर्छ भन्ने डर अनुभव गर्न नपरोस्।
मान्छे जन्म लिएपछि मर्छ। कहिले स्वास्नी चाँडो मर्लिन् त कहिले लोग्ने चाँडो। कोही मर्दैमा कसैको परिचय थपघट हुने होइन। हुन्छ भने सँगै जिउने–मर्ने कसम खाएकाहरूको साथ छुट्छ। भरोसा गरिएको हात टुट्छ। कम्तीमा मैले कुनै दिन बिहे गरेँ र मेरो लोग्नेको मेरोभन्दा पहिला मृत्यु भयो भने म विधवा शितल दाहाल हुन्न। र, तपाईं पनि विधवा राष्ट्रपति विद्या भण्डारी होइन।
राष्ट्रपतिज्यू, मेरो बुबाको मृत्युपछि संस्कारको नाउँमा मेरी आमालाई सेतो वस्त्रले बेरियो भने म हेर्न सक्दिनँ, न त सेतो सारी लाउँदिनँ भन्दै विधवा कुसंस्कारविरुद्ध मेरी आमाले विद्रोह नै गर्न सक्लिन्। तपाईं सक्नुहुन्छ। तपाईं त्यो हैसियतमा पनि हुनुहुन्छ। त्यसैले, आजै यो कुप्रथा अन्त्य भएको घोषण गरिदिनुहोस् ताकी हामी आमाछोरी लोग्नेको मृत्युपछि सेतो सारीमा बेरिनुपर्ने भयबाट मुक्त हुने छौ । अनि मुक्त हुने थिए, हजारौं नेपाली नारी।
राष्टपति ज्यू, म मेरो आमालाई सेतो सारीमा बेरिएको हेर्न शक्तिनँ, न त मेरो आमाको प्रिय रंग नै पहेलो हो। सधै सधै रातो लाउन पाउने हक दिएर हामीलाई विधवा शब्ददेखि मुक्त गरिदिनसु। र तपाईँ आफैं पनि विधवा शब्दबाट मुक्त हुनुहोस्। राष्ट्रपतिज्यू,जीवनका रंगहरुलाई नछोड्नुस ।
(शितल दाहालको यो पोष्ट आवाज गगन तक र रुबिना कर्ण को वालपोष्टबाट साभार गरिएको हो ।)