राष्ट्रपतिमाथिको आक्रमण र झोले प्रवृत्ति

–कविता पोयमिस

मैले जे शंका गर्दै थिए ... तेस्तै हुदै छ अहिले राष्ट्रपति प्रति केहि उद्दण्ड व्यक्ति ले गरेको उपेक्षा को घटना पछी.
निकै नाम चलेका व्यक्ति हरु समेत एस घटना लाइ लिएर महिला लाइ victim देखाउने प्रयास र समस्त पुरुष प्रति या "मधेसी" प्रति नै लान्छित लगाउने प्रयास गर्दै छन् झोले हरु !

एक दुइ घटना देखाएर पुरै मधेसी लाइ, पुरै पुरुष लाइ, पुरै समाज लाइ र पुरै बर्ग प्रति लक्ष गरेर धारणा बनाउनु सरासर गलत हो. राष्ट्रपति लाइ हैन राजा लाइ पनि अपमान भएको छ बेला बेला मा . कसैलाई पनि भएको छ. प्रचण्ड लाइ थप्पड हानेका छन् - त्यो पुरष लाइ हानेको थप्पड पक्कै हैन ! थप्पड हान्ने व्यक्ति महिला नै भए पनि हामि पुरुष माथि गरेको हमला भन्ने थिएनौ! जर्ज बुश लाइ पनि जुत्ता हानिएको हो. त्यो पुरुष लाइ हानेको जुत्ता हैन ।

निस्चय नै राष्ट्रपति माथि को हमला भर्त्सना योग्य छ. एस्तो उद्दण्ड र aggressive mass mobilisation र गतिबिधि हरु दुखद छ, तराई मा कथित आन्दोलन को नेतृत्व गर्ने हरु पक्कै आम मानिस मा हिम्सा र घृणा फैलाउदै गरेको देखिन्छ. जसको कारण आज पुरै देश ले समस्या र यातना भोग्न परि रहेको छ. यसलाई यसै गरि बुझ्ने र तेस्तै बौद्धिक बहस गर्न पर्ने बुद्धिजिबी र सोच्न विचार गर्न सक्ने सिक्षित बर्ग हरु निरिह सोच्ने नसक्ने र पुर्बग्रह मात्र राख्ने झोले हरु जस्ता देखिन थाल्नु दुखद छ. यत्रो राष्ट्र ले यातना सहन परेको मानब अधिकार हनन को कुरो मा त्यति गहन बहस भएन, हामीलाई उद्वेलित गराउन सकेन. तर आज राष्ट्रपति लाइ आक्रमण हुदा कुनै मुर्ख व्यक्ति ले गरेको टिप्पणी लाइ लिएर 'महिलाको स्थिति' बारे theory मा लगेर जोडदै आन्दोलित हुने नेपाली मानसिकता कम्जोर मानसिकता नै हो. बिद्या भण्डारी महिला भएकै कारण ले यसरी अपहेलित हुनु परेको हो भन्ने हरु ले एत्रा दशकौ सम्म साहना प्रधान, र स्वयम् बिद्या लाइ नै राष्ट्रपति को रुप मा जनकपुर भ्रमण नगर्दा सम्म किन अपहेलित गरिएन, त्यो प्रश्न गर्न पर्थ्यो . हिसिला यमी जस्तो भ्रष्ट्राचारी महिला ले समेत सम्मान यहि समाज मा पाएकी छन् ।

आम महिला को कुरो हैन यो पुरै परिघटना, को-को संलग्न छन्, र किन कसरि घटना कुन परिप्रेक्षमा भएको हो तेस्लाई हेर्नु पर्छ. पश्चिमी समाज मा (अस्ट्रेलियामा) केहि बर्ष अघि प्रधान मन्त्रि जुलिया गिलार्ड ले आफु माथि तत्कालिन बिपक्षी नेता टोनी अबोट ले गर्ने गरेको हेपाहा प्रवृति र बोलि प्रति लक्ष गर्दै misogynist शब्द प्रयोग गरेकि थिइन्. त्यो पुरै अस्ट्रेलियन महिला प्रति लक्षित कुरो हैन. तर हुन् सक्छ टोनी अबोट चाहि तेस्तो प्रवृति को थिए कि भने छलफल गर्नु नौलो कुरो भएन. तर पनि अस्ट्रेलिया मा जुलिया गिलार्ड ले female कार्ड प्रयोग गरिन भन्ने आरोप भने खेप्न परेको थियो.

हामी नेपाली हरु जहाँ गए पनि धारणा बनाउने सोचाई चाहि उस्तै उस्तै देखिन्छ. जस्तै बुद्धिजिबी भने पनि, जति सुकै पढे लेखेको भए पनि झोले सोचाइ बाट मुक्त हुन् सकेनौ!

(पोयमिसको वालपोष्टबाट साभार)

SHARE THIS

Author:

Facebook Comment