एकता दिवस किन मनाउने ?

- सुरेश मिश्र

गोरखाका राजा नरभुपाल शाहका चार रानी मध्ये माहिली रानी कौशल्यावतीको कोखबाट बि स १७७९ पुस २७ गते पृथ्वीनारायण शाहको जन्म भएको थियो। उनी गर्भधारणका हिसाबले नरभुपालका माहिला सन्तान हुन भने जन्मका हिसाबले जेठा सन्तान हुन। किनकी गर्भधारणको हिसाबमा नरभुपालको साहिली रानी बुद्धोमातिका  सन्तान  बृदकेसर हुन। त्यसकारण गोरखाको राज उत्तराधिकारी कस्लाइ बनाउने भन्ने विवाद चलेको थियो। तर  बृदकेसरको अल्पआयुमै निधन भएपछि यो बिबाद समाप्त भएको थियो । एवं रितले बि स १७९९ मा नरभुपाल शाहको मृत्यु भए पश्चात् पृथ्वीनारायण शाह गोरखाका राजा बन्न पुगे ।
   
            त्यस अवस्थामा नेपाल २२/२४ जस्ता टुक्रा टुक्रा राज्यहरूमा बिभाजित रहेको थियो । उनले यिनै २२/२४ राज्यहरुलाई एउटै सुन्दर नेपालको रुपमा परिकल्पना गरि  नेपाल एकीकरणको प्रारम्भ गरे। यसको पहिलो अभियानमा  वि स  १८०० मा नुवाकोटमा आक्रमण गरे , तर उनी पराजित हुन पुगे ।  तर उनको युद्धनीति अर्थात सेनाको मनोबल उच्च राखी फेरि वि•स १८०१ मा नुवाकोटमा पुन आक्रमण गरि बिजय प्राप्त गर्न सफल भएका थिए । उनले यसरिनै एकीकरणलाई निरंतरता दिदै नेपालको सिमाना पुर्वमा सिक्किम पश्चिममा मर्स्यांदी नदि उत्तरमा हिमालय पर्वत र दक्षिणमा पर्सा झापा सम्म्म पुर्याएका थिए । उनकै यस्तो सफल एकीकरणको कारणले  यो नेपाल देशको निर्माण हुनपुगेको भन्ने कुरो सम्पुर्ण नेपाली जनतामा सर्वबिदितै छ । तर उनको निधन वि•स १८३१ माघ १ गते नुवाकोट जिल्लामा अवस्थित पबित्र देभिघाटमा भएको थियो ।
     
           तर मुलुकमा अहिले २४० बर्षे राजसंस्थाको अन्त्यभइ मुलुक संघीय गणतान्त्रिक नेपालमा प्रवेश गरिसकेको अवस्था छ । तर मुलुक गणतन्त्रमा प्रवेश गरेसँगै रास्टृय एकता र अखण्डता धरासायी बनेको सबैमा सर्वबिधितै छ । त्यसकारण बर्तमान अवस्थामा रास्टृय हितको लागि र नेपाली जनतामा रास्ट्रीयताको भावनालाई ओतप्रोत गराउनकै लागि भएनी  पुस २७ लाई रास्ट्रीय एकता दिवसको रुपमा मनाउनको निमित्त सरकारको ध्यानाकर्षण समेत हुनेछ भन्ने कुरामा बिस्वस्त रहेको छु ।  पुस २७ अर्थात  नेपाल रास्ट्रका निर्माता रास्ट्रनायक श्री ५ बडामहाराज धिराज पृथ्वीनारायण शाहको जन्मदिनलाई रास्ट्रीय एकता दिवसको रुपमा मनाउन पर्दछ । यदि  यसो नगर्ने हो भने देशको रास्टृयता रास्ट्रको अस्तित्वनै संकटमा पर्न सक्दछ । त्यसैले पुस २७ लाई रास्ट्रीय एकता दिवसको रुपमा मनाए  मात्रपनि केही हदसम्म रस्ट्रपिता बडामहाराज पृथ्वीनारायण शाहको पनि सम्मान हुने थियो । यदि उनलाई यसरिनै बेवास्ता गरिने हो भने इतिहासले पनि धिक्कार्ने छ ।

मोरङ्, नेपाल

(प्रकाशन मितिः२०७२ पुस २ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment