संघिय गणतन्त्र र धर्म निरेपेक्ष ले रोजेको बाटो

-मिन बहादुर थापा

झन्डै एक दशक भयो हाम्रो देश मा संघिय गणतन्त्र र धर्म निरेपेक्ष ले बास पाएको |देश चलाउने संबिधान पनि बनि टोपलियो | तर मुलुक र जनता को अवस्था भने गिर्दो छ | सर्ब साधारण नेपाली जनता को मुख र हात जोड्ने जस्तो अवस्थाअझ धौ धौ हुन् पुगेको छ | राजधानी बाट गाँउ सजिलै पुग्ने परिस्थिति र गाँउ बाट राजधानी जाने अवस्था झनै बिग्रेको छ | महिला वृद्द केटा केटि त एक्लै हिड डुल गर्ने प्ररिस्थिति नसोचे पनि हुने भएको छ | शान्ति कुन चरा को नाम हो खोज्ने बेला भएको छ | महंगी ले सगरमाथा को चुचुरो लाइ माथ मात्रै होइन उछिने को अनुभूति हुन् थालेको छ | यो एक दशक मा भ्रस्टाचार कति भए छ भन्ने कुरा को प्रमाण हाल सालै मात्रै अख्तियार दुरुपयोग निवारण आयोग ले विभिन्न राजनैतिक दल का नेता र निजामती कर्मचरी माथि ठुलो संख्या मा एकै चोटी छानफिन को प्रक्रिया अगि बढाएको घटना ले प्रस्ट पारेको छ | चोर को खुट्टा काट भन्दा फुत्त खुट्टा निकाले जस्तो अख्तियार ले भ्रस्टचारी हरु लाइ कार्बाही को प्रक्रिया बढाऊदा यसको बिरोध गर्नु ले गणतन्त्र बादी हरु कति निर्लज्ज ,बेइमान र राष्ट्र मारा जनता मारा रहेछन भन्ने कुरा को उनि हरु को अर्थ हिन बिरोध ले झनै प्रमाणित गरेको छ | देश को राजनैतिक क्षेत्र देखि हरेक क्षेत्र मा बिदेशी को निर्णायक थलो मा हालीमुहाली बढेको भन्ने कुरा को सोयम तथाकथित नेता र तिन का आम दास मनिसिकता का कार्य कर्ता ले आफ्नै मुख ले ओकल्न थालेका छन् | बिदेशी धर्म ले नेपाल लाइ जसरि ऐजरु ले बृक्ष लाइ गांज छ तेसरिनै उम्किने नसक्ने गरि गांजी सके को छ | अब त हुँदा हुँदै संघिय गणतन्त्र राज्य र धर्म निरेपेक्ष मा विश्वास राख्ने नेता र सबै राजनैतिक दल बिदेशी को अरौटे भरौटे बनि सके को उनि हरु कै भनाइ गराई ले प्रमाणित गरि सके को छ | यसको सब भन्दा बलियो प्रमाण संबिधान बने पछाडी आम नेपाली जनता ले अनाआबस्यक दुख पाए र पाइरहेका छन् | संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्र नेपाल लाइ नेपाली जनता को अभिमत बेगार बिदेशी को सहयोग मा किनारा लगाए कारण अहिले सम्म आफु हरु ले गरेका पाप .कुकर्म ,भ्रस्टाचार र बिसौ हजार नेपाली जनता को हत्या बाट बच्चन का लागि यो काम गरे |आज तेस्को फलस्वरूप बिदेशी बिशेस गरेर भारत ले संबिधान बने पछाडी यसो भएन उसो भएन भनेर अडङ्गा थापिरहेको छ | यो गर्ने हिम्मत भारत लाइ कहाँ बाट आयो ? संबिधान बन्छ नेपाल को निर्देशन दिन्छ भारत ! यसको सोझो अर्थ हो मुलुक बाट राजा र हिन्दु राष्ट्र लाइ बिदेशी को सहयोग मा फालियो फेरी बिदेशी कै निगाहा मा संघिय गणतन्त्र र धर्म निरेपेक्ष राज्य व्यवस्था लादियो | यहि कारण ले अहिले भारत ले हामी माथि यस्तो अन्य गर्न हिम्मत गरेको हो | भारत लाइ यो ठाउमा स्वागत गरेर ल्याउने यिनै देश द्रोही गणतन्त्रबादी ,गिरिजा ,प्रचंडे ,माकुने ओली भने पनि या कांग्रेस ,एमाले माओबादी कम्पनि भने पनि यिनै हुन् | आज भारत को बिरोध गरेर एकछिन का लागि राष्ट्रबादी बन्न खोजेर के गर्ने ? घर झगडा भयो भनेर बुबा आमा लाइ लेखेटन क्षेमेकि भनेर दुनियाभर का जड्याहा फटाहा चोर तस्कर घरमा ल्याएर लखेट्ने आज आएर ति जड्याहा फटाहा लाइ मेरो घर बाट निक्ली भन्दा तेती सजिलै निक्लीन्छ? आज देश मा जातिबाद क्षेत्रियबाद ,मधेशबाद ,बिदेशीबाद ,बिदेशी धर्म सस्कृति सबै जन्माउने बिदेशी नभएर कांग्रेस ,एमाले माओबादी कम्पनि नै हुन् तेसर्थ यिनी हरु को सर्बनाश भनेको बिदेशी हरु बाट आएत गरिएको संघिय गणतन्त्र र धर्म निरेपेक्ष को अन्त हुनुहो संघिय गणतन्त्र र धर्म निरेपेक्ष को अन्त हुनु भनेको सबै नेपाली ले स्वतन्त्र पुर्बक नेपाली भएर बचन पाउनु हो | यो हामी राष्ट्रबादी नेपाली ले गर्न नसके संघिय गणतन्त्र धर्म निरेपेक्ष ले चाडै नै दोस्रो सिक्किम बनाउने निस्चित् छ | सब लाइ चेतना भया |

(प्रकाशन मितिः२०७२ पुस २ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment