आज नेपाल पछि नेपाली अघि विश्वको ऐनामा देखिन थालेका छन

-प्रशान्त महासागर

आज पनि मैले अरुलाई दिक्क लगाउन केही कोर्दैछु शायद त्यो मेरो दुःख अरुको लागि सुख होस् भन्ने कामना सहित केही लेख्न जाँदैछु । पढ्न नभूल्नु होला । पढ्दा पर्न जाने असुविधाप्रति क्षमा चाहँछु ।

आज विश्वको सामु नेपाल पछि छ भने नेपाली अघि छ । यसको ज्वलन्त उदाहरण इतिहासमा नेपालीहरु वीर पुरुष भनी चिनीयो भने अहिले अवस्थामा जुनसुकै संसारको कुना हेरौं नेपालीले नटेकेको धर्ती नै बाँकी छैन । यो एउटा आफैंमा गर्वको विषय हो भने अरुको दृष्टिले संसारमा कहिं स्वर्ग छ भने त्यो नेपालमै छ भन्ने बुझाई पनि एउटा हो । र मैले भन्नु पर्दा स्वर्ग छोडि धर्तीमा उनन्ती र प्रगति विजारोपन गर्न नेपालीहरु छरेका छन भने स्वर्गलाई अझ सुन्दर स्वस्थ्य बनाउन पनि नेपालीहरु आ–आफ्ना काखहरु त्यागी अन्त लागेका छन । यो पनि नेपाली भएर जन्मिनुमा गर्व गर्नु पर्ने कुरा हुन् । हुन त हामी कुनै दृष्टिकोणबाट पनि गरीब छैनौं । मात्र आफुभित्र कुण्ठित हुनु साथै दासत्वलाई प्राथमिकता दिनु चाहे त्यो बुझेर होस् या नबुझेर हामबिाट बारबार इतिहास देखि अहिलेसम्म पनि ती गल्तिहरुलाई सच्याउन छोडेर डोर्याउँदै बाँच्दै आएका छौं जुन पाप, महापाप हो त्यसलाई नै धर्म भन्दै विभेदपूर्ण तर्कसँगै सासहरुलाई निचारि रहेका छौं । त्यसले हाम्रो भविष्य त अन्धकार हुन्छ नै साथै हाम्रो सन्ततीहरुलाई विभिन्न अभावको प्रभाव नै सही र महत्वपूर्ण जीवन हो भन्न पछि पर्दैनौं जसको प्रतिफल भनेको सम्पूर्ण मानव जगत नै खतरामा पर्नु हो र आफ्नो सन्ततीमा अमृत होईन विषयुक्त समाज छोडि जानु हो । म आज यो कुरा किन गर्दैछु भने हामीले आफ्नो वर्तमानको लागि जे पनि ग¥यौं भने गर्न पनि दियौं मात्र स्वार्थको मुख हेरेर भोको नाङ्गो आकडा पेश गरि अस्मिताहरु एकातिर बाध्यता भन्ने हतियारलाई प्रस्तुत गरेर लुटायौं भने अर्कोतिर मजबुरी जस्ता कमजोरीहरुलाई ढाल बनाई आफ्ना अस्तित्वहरु मेटाउँदैमा दङ्ग हुँदै गयौं । र अवसरको कुरा पतितहरु जुनै समुदाय भए पनि अग्रसर हुँदै रहे भने समाज डरलाग्दो बनिंदै गए । शायद पिचासको बस्ति नै समाज पो बन्यो कि... भन्ने हामीले सोच्न छोड्यौं किनभने हामी आफ्नै व्यवहारबाट आफैंभित्र बन्दी बन्दै गयौं त्यो मुक्तिको कामना नै नगरि । यो प्रवृद्धिले आफ्नो लाश बोक्न त काँध होला तर भोली रहन्छ नै भन्ने प्रतिबद्धताको जिम्मा शायदै कसैले लिन्छ होला भन्ने मलाई लागेको छ किनभने यहाँ प्राप्ति भन्दा ज्यादा भागदौड भएको छ । माया मोह स्नेह भन्ने नै पैसाको खेल हुँदै गएको छ भने नेपाली र नेपाल दुई ध्रुब भएको छन । एउटा भाग्दैछ भने अर्को दौडिन्छ । दौडिने प्राप्त त गर्ला तर प्रयोग नहोला भन्ने सन्दर्भ अहिलेको छ भने अर्को भाग्ने जो विकास आउँला भनी तर्सिदै दिनहरुलाई काट्नु नै हो वा धाँट्नु नै उद्देश्य हो । यी दुई सोचले आज पूरा नेपाल बर्बाद हुने अवस्थामा पुगेको छ र नेपालको बर्बाद शायदै कसैले कल्पना गरेको होला भन्ने मनमा लिएको छु तैपनि विसंगति व्यवहार र आफ्नो हावी छोड्ने परतन्त्रले शायदै नेपाललाई उन्नतिको शिखरमा कसैले पुर्याउँला ।

र नेपाली अघि जानु नै नेपाल पछि पर्नु हो । एउटा टोलमा निकास छैन भने त्यसको दूर्गन्ध पूरै समाज फैलिंदा व्यक्ति विकासको कुनै औचित्य रहँदैन भने जस्तै अहिलेको अवस्था भएको छ भने निकासको निम्ति कोही नेपालीहरुले आलोचना बाहेक अरु केही नगर्नु र महल बनिनुलाई विकास भन्नु मूर्खता नै हुन्छ । आजको विश्वमा नेपालीहरुले नेपाल बाहिर के कार्य गरेको छैन त ? जवाफमा सबैले सबै गरेकै छ भन्ने नै आउँछ । अब त्यो कार्य नेपालमै किन भएन त भन्ने प्रश्न हामीसँग छ भने त्यसको जवाफ पनि सबै मिलेरै खोज्नुपर्छ भन्ने मैले मनन गरेको छु । नेपाल कुनै ठूलो राष्ट्र पनि होईन । साधनलाई सही रुपले प्रयोग अरुले जस्तै गर्ने हो भने बिहान घरबाट निस्केको मान्छे बेलुकी सबै नेपाल भ्रमण गरि फर्किन सक्छ र लम्बाई चौडाईकै हिसाब शान्त राष्ट्र विश्वमा नेपाल नै हो भने हालका दिनहरुमा शब्द मात्र भएको छ, शान्त र शान्ति कता उडेका छन सबैले बिर्सि सकेका छन । यो कुनै राम्रो संकेत होईन नै । यसको सुधारको लागि आम नेपालीहरुले आफ्नो स्वार्थलाई क्षणिक बिर्सि देशको बारेमा सोच्नु नितान्त आवश्यक छ र संकल्पका जति पनि हतियारहरु बोकेका छन मागको निम्ति त्यो सबै त्यागी नेपालकै लागि बाँचौं अनि मर्न तयार हौं । र मुख्य कुरा हामीले हाम्रो निकास सबै मिलि निरन्तरता दिन थाल्यौ भने त्यही कुरा परिवारमा, समाजमा आउनेहरुले बुझ्ने र सिक्ने कुरा हुन् । त्यस्तै राजनीतिको प्रथालाई त्यस्तै बनाउनु नितान्त आवश्यक छ । हुन त म राजनैतिक वहस चाहन्न थिएँ तैपनि समय संगत सबै कुरा गर्नै पर्ने हुन्छ । भनिन्छ राजनीतिबाट टाढा हुन खोज्यो भने हामीमाथि कुशासनले राज्य गर्छ रे । ती कुशासनबाट मुक्ति पाउनु पनि एकअर्थमा राजनीति नै हो भने त्यसैमा सामेल हुनु पनि हो । र एउटा कुरा हामीमाथि झिङ्गा भन्केको विश्वले देखेको छ भने हामी कहाँ हुनु त्यस्तै भन्दै विभिन्न अत्तरहरु छर्कि बाँची रहेका छौं । यो पनि एउटा नेपाल पछि पार्ने मन्त्र नै हो । त्यसैले सत्यलाई सत्य हुन दिन भए पनि राजनीतिको बाटोमा आफ्ना छापहरु छोडौं तर अपबादको लागि होईन । त्यसै त अपबादहरुले देशलाई बर्बाद पारेका छन भन्नुको अर्थ जो पनि आफु पद बहालीमा हुँदा आफुले गरेको सही भन्ने अनि पद त्याग पछि त्यसकै विरोध गर्नु साथै विश्लेषण अगाडि सारि कामहरु, योजनाहरुलाई लथालिङ्ग पार्नु नै हो ।
नेपालको सन्दर्भमा जति पनि पछि परेका कुराहरु छन अझ भनौं योजनाहरु विकासहरु थाँती परेका छन सबै त्यस्तै मनस्थितिबाट नै हो । कुनै सरकारले कुनै कार्यको लागि योजना बजेट तर्जुमा छुट्याईएको खण्डमा आफ्नो नाम र हावी देखाउन भए पनि त्यो कार्य रोक्नु वा अझ बढी बजेटबाट आफ्ना नाम जोड्नु वा नयाँ नै योजना बनाउनु नै नेपाल पछि पर्नु हो भने त्यो योजनासँग आबद्ध सबै अघि बढ्नु हो । कमिशनको कुरा त के कुरा भो र त्यो त जहाँ पनि चल्छ भने सिकाउने काम अग्रजले नै गरेका हुन् । यसले एउटा भ्रष्ट समाज मात्र सृजना हुन्छ भने हामीले हाम्रा सन्ततीहरुलाई त्यस्ता कार्यबाट जोगाउन सक्दैन । त्यो नै हामीले तिनीहरुलाई जीवन दिई विष सेवन गराउनु हुनेछ । साथसाथै कमाउने दौडमा यति हामी अगाडि कुद्यौं कि शायद पछाडि फर्किनु पर्छ र परिवारको, समाजको, देशको जिम्मा लिनुपर्छ भन्ने बिर्सियौ पनि । आज सबैलाई आफ्नो स्टाटसको मात्र चिन्ता छ । त्यसमा को, किन, के का लागि भन्ने सबै प्रश्नहरु तथा योगदान पनि बिर्सिन थालेका छन । त्यसैले नेपाल पछि परेको हो ।

र अन्तमा, नेपाललाई पछि पार्दा नेपालीहरु अघि पर्छ भन्ने सोच देशभित्रका शासकहरुले सोचे भने त्यो सोच्ने मौका नेपाल बाहिर नेपाली अघि हुनेहरु दिए साथसाथै शासक परिवर्तन पछि योजनाहरु परिवर्तन हुने कार्यहरु सम्पादन गर्ने जुन प्रविधि छ त्यसले नेपाललाई जिर्ण तुल्याएको छ । विदेशको मामिलामा भन्नु पर्दा सरकार जो सुकैको होस योजना आफु भन्दा अगाडिकाहरुले के प्रतिपादन गर्दै गए त्यसकै कार्यन्वयन हुन्छ भने हामी कहाँ ठीक उल्टो हुन्छ । साथसाथै काम भन्दा बेंसि चर्चाकै कुरा हुन्छ । म कहिले एक वर्षमा नेपाललाई लोडसेडिङ्ग मुक्त देश बनाउँछु भन्छ भने कहिले २ वर्षको प्रतिबद्धता जाहेर गर्छ । यो पनि नेपाल पछि पर्नुको मुख्य कारण हो किनभने काम शुरुवात गर्न छोडि सधैं प्रतिबद्धतामै सरकार अल्झे भने भरौटेहरुले फाईदा लिंदै देशलाई खोक्लो बनाउँछ बनाई रहेकै छ । र मेरो सरकारलाई आग्रह यो छ कि आफुहरुले कुनै योजना बनाउनु भन्दा पहिले आफु भन्दा अगाडिका सरकारहरुले के के योजना बनाए र किन कार्यन्वयन भएन भन्ने मात्र बुझ्नुस् । झोलुङ्गे पुलहरु कति ठाउँमा बन्न बाँकी छन र बनेकाहरु चालु छन कि फाइलमा मात्र बनेका छन, त्यो एकचोटि बुझिदिनु होला भने तुचिङ्गमा झुण्डिर जीवन सहज बनाउँछु भनी बाँच्नेहरु हाम्रो देशमा धेरै छन । त्यस्तै मेलम्ची आउँछ र पानी खाउँला भनी बसेको धेरै दिन भो भने अब फेरि लोडसेडिङ्गबाट मुक्त हुने आश देखाएर शासन टिकाउने भ्रमका खेतीहरु नगरौं भन्न नै चाहन्छु । र मैले काठमाण्डौ लोडसेडिङ्ग मुक्त हुन्छ भन्ने सुनेको मात्र लगभग ८ वर्ष भो ।

(प्रकाशन मितिः२०७२ पुस २ गते बिहीवार)

SHARE THIS

Author:

Facebook Comment