–मिन बहादुर थापा
आजकल सामाजिक संजाल मा केहि साथी, मित्रहरुले भन्ने गर्नु हुन्छ अहिलेका तथा कथित संघिय गणतन्त्र धर्म निरेपेक्षवादी नेता भनाउँदाहरुलाई मुलुक, जनताका लागि नझुक्नुस, नलत्रिनुस, संबिधानमा एक अक्षर पनि फेरबदल नगर्नुस यो ९० प्रतिशत जनप्रतिनिधिको बहुमतले बनेको संबिधान हो । हो म पनि त्यही भन्छु जो तपाईहरुले भन्ने गर्नु भएको छ तर कुरो तेर्सो नभएर ठाडो छ जस्तो मलाई लागे को छ जुन कुरो तपाई हामीले भने बिपरित हुने छ त्यो आउने दिनले बताउने छ ।
आजसम्म भारतले अधिकारिक रुपले नाकाबन्दि गरे जस्तो मलाई लागेको छैन । जुन कुरा अहिले नेपालमा भैराखेको छ नेपालकै केहि मधेशबादी दलहरुले आफ्नै बलबुतो मा व्यबधान खडा गरिरहेका छन् । त्यस कुरालाई भारत ले अहिले का संबिधान बनाउने राजनैतिक दलका नेताहरुलाई समझदारी गर्नुस नेपालको हित हुन्छ नेपालमा अशान्ति भयो भने अझ भारत को सिमा क्षेत्र मा उपयोह भयो भने हामीलाई समेत असर गर्छ त्यस बेला हामीले पनि सोच्नु पर्ने बेला आउँछ भनेको होला अहिले सम्म को हो हल्ला यहि नै होला जस्तो लागेको छ सतहीमा यहि छ अरु भारतका असन्तुस्टी बिस्तारै बाहिर आउँदै जाला ।
अर्को महत्वपूर्ण कुरा के छ भने हाम्रा देश का केहि बुद्धिजिवीहरु पनिले पनि भनिरहेका छन् कि यहि बेला हो भारतलाई घुँडा टेकाउने झुकाउने राष्ट्र संघमा उजुरी हाल्ने सिमा बन्द गर्ने वर्क परमिट लागु गर्ने काँडे तार लगाउने, खुल्ला आवत–जावत बन्द गर्ने आदि आदि । लाग्छ कि भारत संग अव भविष्यमा नेपालको भारतसँग कुनै पनि सम्बन्ध हुने छैन । त्यो भएको खण्डमा पनि नेपाललाई नै असर पर्छ किन कि हामी आफ्नो खुट्टामा उभिएकै छैनौ उभ्याउने प्रयास पनि कहिले भएन ।
अब म ती मित्रहरु जो अहिले ठुला राष्ट्रबादका कुरा गर्नु हुन्छ वहाँहरुलाई एउटै कुरा भन्न चाहन्छु त्यो हो गणतन्त्र आएपछि जुन राष्ट्रघाती नागरिक विधेयक पास भएर ६० लाख भारतीयहरु ले रातरात नेपाल को नागरिकता प्राप्त गरे के त्यो राष्ट्र हित मा थियो ? यदि तपाईहरु साँच्चिकै राष्ट्रको हित चाहनु हुन्छ भने तपाईका अहिलेका भारत बिरोधि राष्ट्रबादी नेता सुशील, प्रचण्ड, खड्ग ओली, माकुने झलनाथ, बामदेव, शेर बहादुर रामचन्द्र लगायत सबैलाई भनेर त्यो नागरिकता विधयेक खारेज गराउनुस तब नेपाली जनताले तपाईहरु र तपाई क नेता सच्चि नै राष्ट्रबादी रहेछन् भन्ने छन् । यस्ता उदाहरण अहिलेका खोक्रा राष्ट्रबादीका सयौ छन् यो त एउटा सानो उदाहरण मात्रै हो ।
नेपालराष्ट्र तपाईहरु को मात्रै पेवा होइन भन्नु को अर्थ जो अहिलेको राज्य व्यवस्थालाई समर्थन गर्छन । यो राज्य व्यवस्थाले देश र जनता को हित गर्दैन राष्ट्रलाई कम्जोर बनाउछ भन्ने पनि करोडौ को संख्यामा नेपाल मै बसोबास गर्छन् । अहिले तपाईहरुको मुर्खताले नेपाल र नेपालीलाई असर नपरोस संविधान राष्ट्र र जनताका लागि हो यदि देश र नेपाली बहुमत जनताका लागि बनेको संबिधानले कल्याण गर्दैन भने फेरबदल गर्नु पनि पर्छ नभए जनमत संग्रह मा जाऊ । छिमेकीसंग राम्रो सम्बन्ध भए नै देश को हित होला अन्यथा यो देश को बिगतको इतिहास मनन गरे राम्रो होला । यदि तपाईहरुमा सामथ्र्य छ भने हिमाल पहाडलाई दक्षिण दिशा सारे कसो होला ?
प्रकाशित मिति:२०७२ असोज १४ गते बिहीवार