समृद्ध बाहुन अरबमा भेंडा चराउँछन् ?

– मनिष पोखरेल


मेरो नाम मनिश पोखरेल हो, तराइमै जन्मेर तराइमा हुर्कें पनि मधेसिको नजरमा पहाडे, जनजाती, दलित आदिबासीको नजरमा बाहुन  र सबैको दृष्टिकोण समायोजित गर्ने हो भने अरुलाई अपहेलित गर्ने एक माथिल्लो बर्गमा पर्ने मान्छे या अर्को तबरले आफुलाई पहिलो दर्जाको नागरिक ठान्ने र अरुलाई दोश्रो दर्जाको उपमा दिने एक कोहि, तर म नेपाली हुँ अरु जस्तै, हामी मधेसी, जनजाती, दलित सबै नेपाली हौं यो कुरालाई बिर्सेर जातीवादको सेन्टिमेन्ट बोकेर रास्ट्रीयता न कुल्चौं । मधेसीको मेहेनतले हाम्रो भोक टरेको छ, जनजातीले पूरा विश्वमा हामिलाई गोर्खे भनेर चिनाको छ, दलितको श्रम मन्दिर मन्दिरमा पुजिन्छ तर बाहुन खोइ ?? त्यसैले बरु पहिचान त हामी बाहुन क्षेत्रीलाई चाहिएको छ ।


अनि न त बाहुनको लागि कुनै कोटा छ । तर म आवश्यक पनि ठान्दिन किनकि बाहुन समृद्ध छ्न त्यसैले त टाइम पास गर्न अरबको बालुवामा भेंडा चराउँछन् ।

तर जस्ले जे भने पनि हो मधेसी दलित हेपिंदै आएका छ्न यो कुरा मैले आफै पनि अनुभव गरेको हुँ, तर त्यस्तो संकुचित सोच भएका प्रति त सबै एक जुट भएर लड्नु पर्ने हैन र ? त्यति नै भेदभाव भयो भने बरु त्यसको लागि सरकारसँग हेल्पलाइन नम्बरको माग गर्नुस, बरु त्यस्तालाई कडा कारबाहरु गर्न हामी सबै जुटौं । तर हामीलाई केही ले हेपे भनेर देश नै भारतसँग मिलेर टुक्राउन खोज्नु कस्तो बद्ला हो ?? दाइसंग झगडा भयो भनेर छिमेकीसँग मिलेर दाइको घरमा आगो लगाउनु कतिको उचित होला ?? आखिर आफ्ना भनेका आफ्ना हुन बुझ्नु पर्यो नि ।

विराटनगर
प्रकाशित मिति:२०७२ असोज १४ गते बिहीवार

SHARE THIS

Author:

Facebook Comment