
मौका यहि हो जति सक्छौ लुट कसलाई के थाहा भोलि के हुन्छ ? करोडौँ जनताले आफ्नो गाँस काटेर बुझाएको कर, लाखौं युवाले विदेशमा श्रम बेचेर कमाएको आम्दानीको अंश, राष्ट्रियता र गरिवको नाम बेचेबापत विदेशीले दिएको दान आदिबाट जम्मा हुने राज्यकोषको आय । हत्यारा, लुटेरा, आतंककारी, चोर, डाँका, फटाहा, तस्कर, गुन्डाहरुको विशाल समूह गठन गरि त्यसलाई मन्त्रीमण्डलको नाम दिएर अब हरेक मन्त्रीको नाममा दिन दिनै भोज र रामरमिता गर्दै ठिक हुने त होला तिमिहरुको कार्यकाल अनि राज्यकोषको पैसा ।
नैतिक पतन देखिने फौजदारी अभियोग नलागेको व्यक्ती हरेक ठाउँमा नियुक्त हुनका लागि आधारभुत माग हुन्छ तर यहाँ कोइ भुलचुक परेको भए माफ पाउँ नत्र यस्ता अभियोग पटकपटक लागेर पनि अदालतले सजाय सुनाएको अथवा यस्ता अभियोग लगाउनु पर्नेहरु पनि आफ्नो शक्ति को आडमा चोखिएका छन् । अहिलेको सरकारबाट पदासिन व्यक्तिहरुको सुबिधाको ध्यान बाहेक अरु के आशा गर्न सकिन्छ त्यो समयले बताउनेछ ।
रातारात केही त्यस्तो चमत्कार भयो र केही सकारात्मक उपलब्धी हामीले पायौं भने उहीँ कुरा होइन भने जति धेरै हुन्छ लुटेराहरुको संख्या बढाएर सरकारी ढुकुटी रित्याउनुबाहेक अरु केही हुनेवाला छैन । साँच्चै देशको विकास गर्ने र जनताको सेवक भएका भए आज देश यति ठूलो संकटबाट गुज्रिदै छ यस्तो अवस्थामा जसरी हुन्छ छिटो समस्याको जड पत्ता लगाएर समाधान को बाटो खोज्नुको साटो एउटै पदमा पाँच जना पदाधिकारी राख्नु, साथै सत्ताको लागि मोलमोलाइ गरिरहनु आवश्यक थियो र ?
होइन सबै जना एकपटक भए नि सत्तामा जाउँ देशलाई लुटौँ जनता झुक्क्याउँ भन्ने मात्र दाउ हो लेखेर राख्दा हुन्छ । कुरा कसैलाई चित्त नबुझे मरुन मुटु फुटेर । 😈😈 तर हरेक अत्याचारको सिमा हुन्छ एकदिन आउनेछ त्यो दिन । जब त्यो दिन आउँछ सबैको हिसाब किताब हुनेछ । यस्तालाई काल नआओस अझै लामो आयु होस तर सजाय होस व्याजसहित । अनि विश्वले देखोस् अर्कामाथी अत्याचार गरेको फल कस्तो हुन्छ भनेर । मेरो तर्फबाट यस दशैँ मा दुर्गा मातासङ्ग माग्ने वरदान यहि हो । सत्यको जीत र असत्यको हार सुनिश्चित छ मात्र समयको प्रतीक्षा हो ।। अभावमै भए नि सबैको दशैँ खुसी बितोस् ।।
(थापाको फेसबुक वालबाट साभार)