
तत्कालिन आतंकबादी माओबादीले जन्माएका जातिबादीहरु पनि आफ्नो ठाउँ गाँउमा प्रबल रुपमा केहि समय पछाडी देखा पर्ने छन् । यो सरकारले अब आउने दिन मा मुलुक का विभिन्न जात जाति क्षेत्र र बिशेष सनातन हिन्दुबादीहरुको ठुलो बिरोधको सामना गर्नु पर्ने देखिन्छ । अहिलेका अगुवा कमरेडहरुलाई लागेको होला क्षेपारोले रंग परिबर्तन गरे जस्तो रंग परिबर्तन गर्ने बिजय गच्छेदार र तथाकथित हिन्दुवादीको नेत्रित्व गर्छु भन्ने कमल थापालाई आफ्नो जुठो खुवाए पछि मूल समस्या समाधान भयो भनेर तर यसले अब भबिस्यमा हुने आन्दोलनलाई अझ संग्लो बनाएको छ ।
गलत मानिसलाई कमसेकम नेपाली जनता र उनीहरुकै दलका आम कार्यकर्ता र शुभचिन्तकहरुले समयमा नै चिन्ने मौका पाए । मेरो बुझाईमा भारतको असन्तुस्टी आउने दिनमा मात्रै मधेशी दलहरुमा सिमित नरहला अरु बढ्दै जाने सम्भावना छ । यो भारत को असन्तुस्टी बढ्नु को कारण अरु कोहि नभएर स्वयम् ओली, प्रचण्ड, माकुने, झलनाथ लगाएत अरु कमरेड नेताहरुको खोक्रो राष्ट्रबादको नेपाली जनमानसमा भ्रम सिर्जना गर्न अतिरन्जित तरिकाले मोदी लगायत भारतीय जनता पार्टीको स्तरहीन बिरोध गर्नु नै जिम्मेवार छ ।
हाल सालै ओली गठबन्दन सरकारको प्रतिनिधि बनेर गएका भू पु हिन्दुवादी नेता धर्म निरेपेक्ष सिद्दान्त को सरकारमा समेल भएका कमल थापालाई पनि भारतले लोप्पा ख्वाए जस्तो छ । यो परिस्थितिमा नेपाली कांग्रेसले सरकारमा जानु भनेको आत्महत्या गर्नु बराबर हो । अब मात्रै मधेशबादी दलहरुको मांगलाई सम्बोधन गरेर देशको समस्याको समाधान होला जस्तो छैन । मधेशी समुदायमा अहिले थारुहरु पनि शक्ति को रुपमा दिन दिन अगाडी आइरहेका छन् ।
तसर्थ कांग्रेसले संबिधान निर्माण भएको बेला आफुबाट भएका कमि कमजोरी गलत कुराहरुलाई नेपाली जनताको आन्दोलनको मध्यम बाट संबिधानमा समाबेस गराउन सक्नु पर्छ । जुन कुराले आज देशको अस्मिता अस्तित्वो र पहिचान समाप्त हुँदैछ । यो कुरालाई कांग्रेसले संबिधानमा राख्न सके कांग्रसको मात्रै नभएर नेपाल र नेपाली कै हित हुने छ ।
–मिन बहादुर थापा