अठ्ठाइस बर्षको उमेरमै दुबै मृगौला काम नलाग्ने भएपछि जीवन र मरणको दोसाँधमा पुगेका पर्वतको नाङ्गलीबाङ्गका एक युवाहरुलाई प्रबाशमा रहेका नेपालीले मृगौला प्रत्यारोपणका लागि सहयोग गरेका छन ।
पर्वतको नाङ्गलीबाङ्ग का २८ बर्षिय कृष्णबहादुर बिकको मृगौला प्रत्यारोपणका लागि पर्वत सेवा समाज इजरायल र अमेरिकामा बस्ने नेपालीहरुले सहयोग गरेका हुन ।
बिकको उपचारका लागि पर्वत सेवा समाज इजरायलको तर्फबाट १ लाख ४९ हजार २ सय ६ रुपैया र अमेरिकामा बस्दै आएका गंगा श्रेष्ठ र राजेन्द्र श्रेष्ठको पहलमा १ लाख १२ हजार ६ सय ७० रुपैया गरी २ लाख ७१ ९ सय ७० रुपैया सहयोग गरेका हुन । पर्वत सेवा समाज इजरायलको तर्फबाट सल्लाहकार एबम गैह्र आवासिय नेपाली संघ एनआरएन इजरायलकी उपाध्यक्ष सिमा प्रधानले सहयोग रकम पिडीत बिकलाई हस्तान्तरण गर्नुभयो । इजरायलमा रहेका हिरा श्रेष्ठ र रमा जोशीको बिषेश पहलमा इजरायलमा सहयोग संकलन गरिएको समाजकी सल्लाहकार प्रधानले बताउनुभयो ।
समाज स्थापनाको छोटो अवधीमा सहयोग संकलन गरि धेरै जना बिरामी र भूकम्प पिडीतहरुलाई सहयोग गरिएको प्रधानले जानकारी दिनुभयो । ‘कलिलो उमेरमा दुबै मृगौला काम नलाग्ने अवस्थामा पुगेको समाचार सुनेपछि हामीले सहयोग संकलन गरेर उहाँको मृगौला प्रत्यारोपणका लागि सहयोग गरेको हौ’ प्रधानले भन्नुभयो ‘उहाँको मृगौला प्रत्यारोपण गरेरै छाड्नेछौ’
साउदी अरब र मलेसियामा गरि ९ बर्ष बिदेशमै बिताउनुभएका कृष्णबहादुर बिकका दुबै मृगौलाले काम गर्न छाडेको ३ महिना भएको छ। बिदेशमा कमाएको धन अहिले सम्म उपचारमै सकिएको उहाँको भनाई छ । अहिले सम्म उपचारका लागि ४ लाख सकिएको र मृगौला प्रत्यारोपण गर्न १२ लाख खर्च लाग्ने भएकाले सहयोगको याचना गर्नुभयो । ‘मैले अब मृगौला प्रत्यारोपण गरेर नयाँ जीवन पाउने आश गरेको छु’ उहाँले भन्नुभयो ‘आश मारेको जीवनलाई नयाँ जीवन दिन सहयोग गर्ने देश बिदेशका सबै सहयोगी मनलाई धन्यबाद दिन्छु’ । शुरुमा आफ्ना दुइवटा मृगौलाले काम नै नगरेको कुरा हाँसो मजाक भए जस्तो लागेको बताउँदै बिकले तर अहिले सम्म पनि पत्याउन नसकेको बताउनुभयो ।‘मैले यस्तो गम्भीर समस्या होला भन्ने कल्पना सम्म पनि गरिन’ अब नभोगे सम्म सुख छैन’
नाङ्गलीबाङ्गका ६२ बर्षिय डिलबहादुर बिकका कान्छा छोरा हुन कृष्ण । बिबाह गरेर असारमा छोरीलाई पनि जन्म दिएका छन । संयोग पनि कस्तो प¥यो भने छोरीको जन्म भएको बेला बाबुका दुबै मृगौलाले काम गर्न छाडे । ‘छोरी जन्मेकोमा खुसी हुँन नपाउँदै जीवन र मृत्युको दोसाँधमा उभिन पुगेँ’ अहिले नियमित रुपमा डायलासिस गर्दै आएको उहाँको भनाई छ ।
दुर्गाप्रसाद शर्माःउज्यालो