संघीयताको खारेजी, निर्वाचित राष्ट्रपति प्रणाली र मधेश तथा भारतीय समस्याको समाधान

अभिमन्यु
7_pradeshमधेशका केही नेताहरु र भारतीय सरकारले संयुक्त मोर्चा वनाएर नेपाली गणतन्त्र विरुद्ध दशैं जस्तो चाड पर्वलाई पनि वेवास्ता गरि नाकावन्दी जारी राखेको छ । यो कुनै ख्याल ठट्टाको कुरा होइन , यो सामान्य समस्या अब रहेन ।
यो घटना भारतको नांगो हस्तक्षेप हो र जनताको घाँटी निमोठ्ने सम्मको काम हो । यसको प्रत्यक्ष मार सर्वसाधारण जनतालाई परेको छ भन्ने थाहा पाउँदा पाउँदै पनि उनीहरुले यसलाई जारी राख्नुको अर्थ उनीहरुले नेपाली सर्वसाधारण जनतालाई शत्रु समान व्यवहार गरिरहेकाछन् । त्यसैले यो गम्भीर घटना हो ।
संघीयताको जुन मोडेल नेपालमा नयाँ संविधान अनुसार अभ्यास हुन गैरहेको छ , यो नै नेपाल र नेपाली जनताको लागि अभिसाप बन्न गैरहेको छ । त्यसैले संघीयताको विषयमा नयाँ ढंगले वहसको थालनी हुनु आवश्यक भैसकेको छ ।
नेपालको लागि अहिले नयाँ संविधानले लागु गर्न खोजेको संघीयताको विवादका कारण नै हाम्रो राष्ट्रिय एकता कमजोर वन्न लागेको छ । मिलेर वसेका जातिहरु विच र विभिन्न क्षेत्रका जनता विच झगडा गराउने काम यो संघीयताको मोडेलले शुरुवात गराएको छ । त्यसैले यो संघीयताको मोडेल खारेज गरिनु पर्दछ र नयाँ लोकतन्त्रको मोडेल खोजी गरिनु पर्दछ ।
नयाँ संविधानमा भएको संघीयताले गर्दा विदेशी हस्तक्षेप नांगो ढंगले शुरु भएको छ । त्यसैले पनि यो संघीयताको मोडेल नै खारेज गरि नयाँ लोकतन्त्रको मोडेल खोजी गरिनु पर्दछ ।
अहिले लागु गर्न खोजिएको संघीयता भनेको मध्यम भौगोलिक संघीयता हो अर्थात देशको भूगोललाई केही संघहरुमा विभाजित गरि संघीयता वनाउन खोजीएको छ । यो लागु नै हुन नपाई असफल भैसकेको छ र यसले देशमा गम्भीर संकट पैदा गरिसकेको छ ।
त्यसैले यो खालको मध्यम भौगोलिक संघीय लोकतान्त्रीक गणतन्त्रको मोडेल नै खारेज गरिनु पर्दछ । हाम्रो देशको लोकतान्त्रीक गणतन्त्र कस्तो हुनु पर्दछ भन्ने कुरा हाम्रो देशको राजनैतिक र आर्थिक समस्या के हो भन्ने वाट शुरु गर्नु पर्दछ ।
रोग के हो भन्ने थाहा नपाई उपचार गर्न थाल्नाले अहिलेको गम्भीर समस्यामा देश फँस्न पुगेको हो । हाम्रो देशलाई मध्यम भौगोलिक संघीयता चाहिएको नै होइन , यो त भारतलाई चाहिएको रहेछ र नेपाललाई अस्थीर वनाएर कव्जा गर्ने गम्भीर षदयन्त्र रहेछ भन्ने प्रष्ट हुँदैछ ।
सके पुरै नेपाल कव्जा गर्ने , नभए मधेश तराई भएपनि आफ्नो कव्जामा राख्ने भारतको जाल रहेछ भन्ने प्रष्ट भएको छ । नेपालको समस्या भनेको देशको सरकार सधैं अस्थीर वन्नु हो , देशको प्रधानमन्त्रीले पाँच वर्ष सम्म पनि स्थीर सरकार चलाउन नपाउनु हो ।
यसले गर्दा हाम्रा सबै नीति योजनाहरु अस्थीर हुन गयो र विकास निर्माणका कामहरु भन्दा पनि सत्तामा जाने र हट्ने क्रम मै नेताहरुको चक्र तीब्रतामा घुम्दै ग¥यो ।
त्यसैले नयाँ लोकतान्त्रीक गणतान्त्रिक मोडेल भनेको निर्वाचित राष्ट्रपति प्रणाली वा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीय प्रणाली हुनै पर्दछ जसले गर्दा स्थीर सरकारको शुरुवात भै देशले विकासको पथमा जाने मौका उपयोग गर्न पाउनेछ ।
सात सालमा लोकतन्त्र शुरु भएपछि कुनै पनि प्रधानमन्त्रीले लगातार पाँच वर्ष शासन चलाउन पाएनन् । नेपालको अर्को समस्या भनेको स्थानीय सरकारलाई अधिकार नदिइनु र यसको चुनाव दशौं वर्ष सम्म पनि नहुनु हो ।
नेपालमा आठ वटा वा पन्द्र वटा संघीयताले पुग्दैन भन्ने प्रष्ट भैसकेको छ । त्यसैले गाविसहरु र नगरपालीकाहरु सबैलाई संघीयता सरह अधिकार दिएर स्थानिय सरकारलाई वलियो वनाउने हो भने पाँच वर्षमा नै देशको प्रगति तीब्रतामा वढाउन सकिन्छ ।
त्यसैले यो खालको स्थानीय सरकारलाई वलियो वनाउने बृहत संघीयताको नयाँ मोडेलमा नेपाल जानु पर्दछ । तब भारतीय षदयन्त्र चकनाचुर वन्नेछ र भारतीय दलालहरुको देश वेच्ने वा टुक्राउने योजना पनि पराजीत हुनेछ ।
श्रोतः नेपाल सन्देश

SHARE THIS

Author:

Facebook Comment