हिन्दुवादी र राजतन्त्रका पक्षधरहरु अब कसको बाटोमा ? कमल थापा कि नयाँ दल ?

हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र का पक्षधर हरु ले  कमल थापा कै बाटो रोजने कि नया राजनैतिक दल को  निर्माण गर्ने ?

–मिन बहादुर थापा
   अब कमल थापा ले नेत्रित्वो गरेको राजनैतिक दल राप्रपा नेपाल ले सनातन हिन्दु राष्ट्र नेपाल  र संबैधानिक राजतन्त्र का लागि अझै हामी लडिरहेका छौ हाम्रो मूल एजेन्डा र आदर्श यहि हो भन्नु भने को अहिले अलिकति पनि राजनीति गर्ने मानिस को बुझाई मा दुइ नपुंसक हरु को सम्पर्ग ले सन्तान जन्माउछु भन्नु बराबर हो | जुन जुन नेपाल का राजनैतिक शक्ति हरु ले हिन्दु राष्ट्र समाप्त पार्न युरोपियन  हरु को डलर भित्र्याउदै इसाई धर्म को  दिन दुइगुना रात चौगुना देश मा बडोतहरी गर्दै संबिधान मा नै बिस्वो  को एक मात्र हिन्दु राष्ट्र नेपाल लाइ जरै बाट उखेली उन्मुलन गरे |जुन राजनैतिक शक्ति हरु ले नेपाल अर्जिने राष्ट्रपिता राजा प्र्थीबी नारायण शाहा  को शिलिक तोडफोड गर्दै उनको जन्म दिन नेपाल रास्ट्रिय एकता दिवस लाइ समेत बन्देज लगाउदै केहि भारतीय हरु को मिलोमतो  मा शान्ति को निहु मा रास्ट्रिय एकता का प्रतिक राज सस्था लाइ नै नेपाली जनता को अभिमत  बेगर चोर बाटो बाट हटाए | जुन कारण ले आज नेपाल राष्ट्र सिक्किमीकरण या भुटानीकरण हुने तिर तिब्र गति ले उन्मुख भएको छ | तेस्ता राष्ट्रघाती तेस्मा पनि झुट र छल अनि आतंक को राजनीति गर्ने कमुनिस्ट हरु को नेत्रित्वो मा बने को सरकार मा सोयम कमल थापा राप्रपा नेपाल को नेत्रित्वो गर्दै  सरकार मा जानु ले उनि ओली र प्रचण्ड का बिसेष अंग रक्षक बनेन र ? यसमा पनि अब सनातनी हिन्दु बादी र संबैधानिक राजतन्त्र मा विश्वास गर्ने कसै लाइ पनि दुइमत हुनु पर्ने जरुरि छैन |अब आउने दिन मा उनले जति नै घोक्रो सुकाए पनि उनि हिन्दुबादी संबैधानिक राजतन्त्र बादी हु भने पनि  नेपाली जनता ले विश्वास गर्ने वाला छैनन् | कमल थापा ले  आज का दिन हरु मा उनले जति नै राप्रपा नेपाल ले २५ सिट संबिधान सभामा प्राप्त गर्न सफल भयो देश को चौथो ठुलो राजनैतीक दल भयो भने र चिच्याए पनि आखिर तियो हसियत मा पुग्ने आधार भने को हिन्दुबादी र संबैधानिक राजतन्त्र मा अस्थ राख्ने नेपाली जनता कै मत हो | कतिपय जनमानस ले तेती खेरै पनि भन्ने गर्थे कमल थापा को चरित्र ठिक छैन अहिले उसले हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र लाइ आफु कम्जोड़ भए को अवस्था मा उपयोग गरिरहेको छ जब केहि राजनीति मा शक्ति आर्जन गर्छ उसले तियो बेला धोका दिन्छ तर पनि सिद्दान्त लाइ मत दिने हो दिउ भने का थिए | आज आएर कमल थापा ले आफ्नो  राजनैतिक अबसरबाद को परिचय आफै ले दिए |  संबिधान निर्माण गर्ने क्रम मा आफ्नो बिचार लाइ जिवन्त राख्न मत बिभाजन गरि बहुमत र अल्पमत सम्म गर्नु गराउनु ठिकै थियो | तर जसका कारण जुन राजनैतिक दल हरु का कारण नेपाल को सम्प्रभुता र अस्तित्वो नै खतरा मा छ भन्ने ले के तेस्तो एका एक देश मा राजनैतिक परिबर्तन आएको देखे या रास्ट्रियता ओली र प्रचण्ड ले मात्रै बचाई दिन्छन् भन्ने महसुस गरेर उनि हरु को नेत्रित्वो मा बने को सरकार मा सहभागी भए? तेसो हो भने अब राजा सहित को हिन्दु राष्ट्र को आबस्यक किन ? अझै आफ्ना कार्यकर्ता र नेपाली जनता ढाट्नु किन ?अब यो सरकार ले गरेको सबै काम को जस अपजस कमल थापा ले लिनु पर्ने हुन्छ | कि हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र ओली र प्रचण्ड ले स्थापित गराई दिन्छन् भन्ने लाग्यो ? अब मेरो बुझाई मा कमल थापा काग हो काग कालो हुन्छ काग ले आफ्नो नाम आफै काडछ उनले उनि के हुन् उनको काम बाट प्रमाणित गरि सके उन लाइ अबसरबादी भन्नु भन्दा बरु बेलै मा सनातन हिन्दु बादी र संबैधानिक राजतन्त्र मा आस्था राख्ने साथी हरु ले देश का साधु ,सन्त महन्त  पण्डित हरु को राय सल्ला मा  बृहत छलफल गरि अर्को प्रजातान्त्रिक सनातनी हिन्दुबादी राष्ट्रबादी राजनैतिक दल को निर्माण गरे राम्रो होला | आज नेपाली जनता र राष्ट्र ले एक असल प्रजातान्त्रिक राष्ट्रबादी  राजनैतिक दल को आबस्यकता महसुस गरेका छन् जसको नेत्रित्वो निस्कलंक स्वक्ष व्यक्ति ले गरोस यसै मा हामी सबै लागि  परौ|

SHARE THIS

Author:

Facebook Comment