भारतलाई गाली गर्ने राष्ट्रवादीहरु

– मिन बहादुर थापा

०४६ साल मा भारत ले नुन तेल बन्द गर्दै नाक बन्दि गर्दा खुसि हुने कांग्रेस ,कमनिष्ट नै होइनन ? ०४६ कै आन्दोलन मा भारतीय नेता हरु ले नेपाल मा आइ देश र राष्ट्र प्रमुख को धज्जी उडाउदा हासने अहिले का धर्म निरेपेक्ष संघिय गणतन्त्रबादी नै होइनन र ?

०५२ साल पछाडी संबैधानिक राजतन्त्र र बहुदलिय प्रजातान्त्रिक राज्य व्यवस्था को बिरोध मा तत्कालिन आतंकबादी माओबादी का नेता हरु ले भारत मै बसेर नेपाली को हत्या र राष्ट्र को आन बान शान समाप्त पार्ने काम गरेको होइन र ?

०६३ को आन्दोलन मा उठ्दै नउठेको कुरा हिन्दु राष्ट्र र संबैधानिक राजतन्त्र को खिलाफ मा अहिले का संबिधान बनाउने राजनैतिक दल हरु ले भारत को उपस्थिति मा दिल्ली मा १२ बुंदे सम्झौता को किर्ते कागज मा सहि गर्ने यिनी हरु नै होइन र ? जातिबाद र क्षेत्रियबाद को जन्मदाता एमाओबादी होइन र ?

एक मधेश एक प्रदेश र जाति जाति लाइ राज्य बाढ्ने काम कसले गर्यो ? यस्तो गैएर राजनैतिक कार्य को सुत्रधार माओबादी को पछाडी लाग्ने कांग्रेस एमाले चाही कुन्चाही गतिला हुन् र ?''ताल परे तिवारी नत्र गोतामे '' अहिले भारत को बिरोध गरेर राष्ट्रबादी बन्न खोज्दछन् |

यस्ता छद्मभेषी ले आफ्नो निच स्वार्थ का लागि एकछिन भारत को बिरोध गर्यो भन्दै उ कसरि राष्ट्रबादी हुन सक्छ ? अनि फेरी यि छदम भेषी को क्षणिक बोलि को वाह वाह गर्दै अन्धो समर्थन गर्नु भने को आफ्नो मानसिक दिबलियापन नभए के हुन्छ ? कम्तिमा सनातन हिन्दुवादी साथी हरु ले छद्मम भेषी हरु को पागल पन को समर्थन नगरौ | जय हिन्दु राष्ट्र नेपाल !

(थापाको फेसबुक वालबाट साभार)

SHARE THIS

Author:

Facebook Comment