वीरगंज,१९,असार
बिर्ता माई संरक्षण समिती अन्र्तग रहेको कृष्ण मन्दिर पुनःनिर्माण कार्यमा सहयोग गरेबापत एक पत्रकार सहित १८ जनालाई सम्मान गरिएको छ ।
समितीका अध्यक्ष बिनोद मान्नधरको सभातित्वमा सम्पन्न कार्यक्रममा समितीका उपाध्यक्ष उपाध्यक्ष प्रकास उपाध्या ,सचिव शालिकराम प्रसाद कानु,सह सचिव अमित श्रेष्ठ, कोषाध्यक्ष श्याम के.सी ,सदस्य महेशचन्द्र गौतम, मन्दिर पुनः निर्माण संयोजक उमेश शर्मा र आर्थिक संयोजक पन्नालाल प्रसाद लगायत स्थानिय बिर्ताका समाजसेवी एवं अगुवाहरुको सहभागिता रहेको थियो ।
श्रीकृष्ण मन्दिर पुनःनिर्माण कार्यमा २ लाख २८ हजार ९ सय ६१ रुपियाँ खर्च भएको प्रतिवेदन उप समिती संयोजक उमेश शर्माले प्रस्तुत गर्दै मन्दिर जस्तो पबित्र स्थलको पुनःनिर्माणमा सहयोग गरेको प्रत्यक्ष वा अप्रत्यक्ष सवैलाई धन्यवाद सहित अभार व्यक्त गरेका थिए । पुनःनिर्माण कार्यमा ५ हजार बढि सहयोग गर्ने १८ जना सहित स्वयंसेवी भावनाले सहयोग गरेका शुभचिन्तिक एवं शुभेच्छुकहरुलाई समेत सम्मान सहित मायाँको चिन्हो समेत प्रदान गरिएको थियो ।
सम्मान समितीका अध्यक्ष , उपाध्यक्ष , सचिव, सह सचिव, कोषाध्यक्ष लगायतकाले मन्दिर निमार्ण कार्यमा सहयोग गर्ने सम्पुर्णलाई संयुक्त रुपमा सम्मान गरेका थिए । वीरगंज उपमहानगरपालिका वडा नं. ४ बिर्तामा स्थापित श्रीकृष्ण मन्दिरको १२० बर्ष पहिला स्थापना भएको थियो । दाताहरुले नगद सहित जिन्सी समेत गरेका थिए ।
पुन निर्माण कार्यमा सहयोग गर्ने बिर्तामाई संरक्षण समिती,मालपोत कार्यालय वीरगंज,स्थानिय उमेश शर्मा,पन्नालाल पटेल,छपकैया निवासी कमल राउत कुर्मी,तारा श्रेष्ठ, शारदा मान्नधर,महादुर्गा शहकारी संस्था वीरगंज, सरस्वती शाक्य,राजेशमान सिंह, अमर गौतम,वीरगंज उद्योग वाणिज्य संघ,मधेसी पत्रकार समाज पर्साका अध्यक्ष संतोष पटेल लगायतको लाई सम्मान गरिएको थियो ।
साथै पुनःनिर्माण्न कार्यमा ५हजार भन्दा बढी सहयोग गर्नेलाई सम्मान पत्र सहित सम्मान गरिएको थियो । भने ५हजार भन्दा कम १०० रुपैया सम्म सहयोग गर्ने ५० जनालाई मायोको चिन्हो सहित सम्मान गरिएको थियो ।