वीरगंज, १६ असार
लायन्स वर्ष २०१५–२०१६को शुभारम्भलाई निरन्तरता दिंदै लायन्स क्लव वीरगंज कपलद्वारा वीरगंज स्थित बाल कल्याण गृहका बालबालिकाहरूकालागि विभिन्न खाद्य सामग्री तथा टिसर्ट प्रदान गरिएको छ ।
क्लवका जोन चेयर पर्सन उमेश साह कानुले दिनु भएको जानकारी अनुसार बिहीवार वीर्तास्थित बालकल्याण गृहका २० जना अनाथ बालबालिकाहरुकालागि टिसर्ट २०, चामल एक बोरा, बिस्कुट एक सय प्याकेट, भुजिया एक सय प्याकेट, नुन एक बोरा, सलाई ४० पिस, शिशा कलम एक सय २० थान, जुस, वाशिङ पाउडर २० पाकेटलगायतका सामग्रीहरू प्रदान गरेका छन् ।
कार्यक्रममा लायन्सका चिफ साइड फस्र्ट को–अर्डिनेटर डिएन अग्रवाल, चिफ एरिया को अर्डिनेटर बिजय गुप्ता, जोन चेयर पर्सन उमेश साह कानु,जोन चेयर पर्सन गणेश बगाडीया, वीरेन्द्र मुन्द्रा, ताराचन्द शर्मा, प्रतिभा बगडिया, पुनम मुन्द्रा, सुनिता शर्मा, बबिता अग्रवाल, बाल कल्याणका सञ्चालक पिडी चौधरीलगायतकाहरू सहभागितामा उक्त सामग्री अस्तान्तरण गरिएको जोन चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भयो ।
यस अघि पनि विभिन्न सामाजिक कार्यक्रमहरूमा निरन्तर लाग्दै समाज सेवामा उत्कृष्ट भूमिका निर्वाह गर्दै आएको लायन्स क्लवले आगामी दिनमा पनि समाज सेवासम्बन्धी कार्यक्रमहरूलाई निरन्तरता दिदैं जाने जोन चेयर पर्सन कानुले प्रतिवद्धता जाहेर गर्नुभयो ।