लायन्स क्लवद्वारा नि:शुल्क दन्त परीक्षण शिविरको आयोजना

वीरगंज, १६ असार
विश्वको सबभन्दा ठूलो अन्तर्राष्ट्रिय सामाजिक संस्थाको केन्द्रिय कार्यकारिणी समितिमा ४१ वर्षको इतिहासमा नेपालललाई पहिलोपटक विश्व समक्ष पहिचान गराउँदै इन्जिनियर संजय खेतान अन्तर्राष्ट्रिय निर्देशक निर्वाचित हुनु भएको सुखद उपलक्ष्य र लायन्स वर्ष २०१५–२०१६को शुभारम्भको अवसर पारेर वीरगंजका लायन्स क्लवहरूले छुट्टाछुट्टै सामाजिक कार्यक्रमहरूको आयोजना गरेका छन् ।
यसैबीच लायन्स क्लव आफ वीरगंज गेटवे, लायन्स क्लव युनाइट प्लास्ट र रिलिफ सोसाइटी अफ कमर्शको संयुक्त आयोजनामा वीरगंज–१७ पिपरा स्थित श्री नृसिंह उच्च माध्यमिक विद्यालयमा नि:शुल्क दन्त परीक्षण शिविर कार्यक्रमको आयोजना गरियो ।
सो परीक्षण शिविरमा विद्यालयका करिब दुई सय छात्रछात्राहरूले आफ्नो दाँतको परीक्षण गराएका थिए । जसमा ७० जना विद्यार्थीहरुको दाँत बिग्रिएको फेला परेको लायन्स क्लवका जोन चेयर पर्सन उमेश साह कानुले बताउनुभयो । दाँतमा समस्या देखिएका ती सबै छात्रछात्राको उपचार एम.बी. केडिया डेण्टल हस्पिटलमा पचास प्रतिशत शुल्क मिनाहा गरी उपचार गरिने जनाए ।
तराइकै सबभन्दा ठूलो एवं उत्कृष्ट स्वास्थ्य सेवा प्रदान गर्दै आएको एमबी केडिया डेण्टल तथा अस्पतालकाको प्राविधक सहयोगमा आयोजना गरिएको सो कार्यक्रममा लायन्सका चिफ साइड फस्र्ट को–अर्डिनेटर डिएन अग्रवाल, को चिफ डिस्ट्रिक्ट एडभाइजर आर बी पाण्डे, चिफ एरिया को अर्डिनेटर बिजय गुप्ता, जोन चेयर पर्सन उमेश साह कानु, हरिनारायण गुप्ता, गणेश बगाडीया, रवीन्द्र कुमार आर्य, अशोक कुमार सिंह, प्रेमचन्द्र गोयल, महेश दास, डा. सन्दीप नारायण, डा. पुस्कर तिवारी, डा. शशीकान्त चौधरी, डा. राज श्रेष्ठ, उपेन्द्र यादवलगायतको सहभागीतामा कार्यक्रम सम्पन्न भएको लायन्स क्लवका जोन चेयर पर्सन उमेश साह कानु (दिपु)ले जानकारी गराउनु भयो ।
त्यसैगरी लायन्स क्लव कपलद्वारा वीरगंजस्थित वृद्धाश्रममा कम्बल, सर्ट, सारी, तथा खाद्य सामग्रीहरु वितरण गरिएको थियो भने लायन्स क्लव वीरगंज डायमण्डद्वारा श्रीपुर स्थित नेपाल राष्ट्रिय विद्यापीठ उच्च माविमा वृक्षरोपण कार्यक्रम गरिएको थियो । त्यस्तै वीरगंज रायजिङ क्लव द्वारा विर्तास्थित बाल क्लयाण गृहमा आप वितरण गरिएको समेत जाने चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भयो ।


SHARE THIS

Author:

Facebook Comment