– दीपिका भुषाल
हो मैले जे सिकें यिनै कुरा बाट सिकें, यिनै कुरा भन्नाले जिन्दगीमा परि आएको दु:ख, पीडा र अभावबाट । सानो हुँदा बुवा आमाले जसोतसो पाल्नुभयो, पढाउनु भयो, दु:खको महसुससम्म हुन दिनुभएन । जब म बुझ्ने भएँ समस्या बाहेक केहि भेटिन जिन्दगीमा, तर हार भने मैले कहिल्यै खाइँन र खाने पनि छैन ।
साँच्चिकै भन्नुपर्दा बाआमासँग रहँदा सानोमा पीडा के हो ? दु :ख र अभाव के हो भन्ने मलाई कुनै अनुभव हुन सकेन । बा–आमाले कहिल्यै पीडाको महसुससम्म हुन दिनु भएन, आफुले दु:ख गरेर भएपनि साँझ–बिहान एक पेट के खाउ भन्ने अवस्था आउन दिनु भएन । दु:ख–सुख गरेर भएपनि पढाउनुभयो । म ठूली हुने बेला सम्म पनि निर्दोष बच्चा जस्तै आफूलाई आवश्यक कुरा बुवा आमासँग माग्थें उहाँहरुबाट मनाही हुँदा अर्थात मागेको कुरा नपाउँदा रोइदिन्थें म धेरै जिद्दी पाराकी थिएँ ।
हुन त प्राय: सबै जनाले बिस्तारै भोग्ने भनेको यस्तै दिनहरु नै हो जो मैले आज भोगेकी छु । मनका रहरहरु कहिल्यै पूरा नहुने, एक पछि अर्को रहर, एक पछि अर्को समस्याले जिन्दगीका खुशीहरुलाई तहस–नहस पारेर राखिदिंदो रहेछ ।
जब मैले जिन्दगीको अर्थ बुझ्न सक्ने भए, आजसम्म म जबरजस्ती बाहेक दिल खोलेर खुशी हुन सके जस्तो लाग्दैन मलाई । अभाव र जिम्मेवारीले मेरो साथ कैहिल्यै छोडेन, तर सबै भन्दा बढी जिम्मेवारीबोध मैले आमा बनेपछि आमाले गर्नु पर्दो रहेछ भन्ने कुरा बुझें । जसरी मेरो आमाले मप्रति गर्नु भएको थियो, उहाँले मेरो प्रत्येक आवश्यकता र चाहनालाई खुशी साथ अथाह ममता लुटाउँदै पूर्ति गर्न हरकबखत प्रयत्नशील रह्नु हुन्थ्यो ।
मैले मेरी आमाले म प्रति गर्नुभएको त्याग, माया, ममता र मेरो आवश्यकतालाई हाँसी हाँसी कुन तरीकाबाट र कति सहज तरिकाले पूरा गर्दिने गर्नु भएको थियो भन्ने कुरा यतिखेर बल्ल बुझ्न थालेकी छु, किनकी आज म पनि मेरो आमाको ठाउँमा छु अर्थात म पनि एउटी आमा हुँ ।
तर म कहिल्यै पनि मेरी आमाजस्तो महान हुन सकिंन, मेरी आमाले जस्तै म ठूली नभइञ्जेल आफ्ना नानीहरुलाई आफ्ना साथमा राखेर उनीहरुको आवश्यकता पूर्ती गर्न कहिल्यै सकिंनँ । म छुट्टै तरिकाबाट मेरा सन्तान प्रतिको आवश्यकता पूरा गर्दै छु, मेरी आमाले म ठूली भएपछि मात्र आफ्नो साथबाट टाढा हुन दिनु भयो, अर्को शब्दमा भन्नुपर्दा १५ बर्ष पुगेपछि मात्रै म आमा–बुवाको साथबाट टाढा भएँ ।
तर जब म आमा भएँ, जब मेरा कलिला नानीहरुलाई मेरो अर्थात आमाको ममताको आवश्यकता भएको बेला उनीहरुलाई छोडेर परदेश लाग्नुपर्ने बाध्यता आइदियो जन्म भुमिमा रही मेरो सन्तान प्रति आर्थिक अभाबको कारणले आफ्नै हातले उनीहरुको पालन पोषणसम्म गर्न सकिनँ । मेरो यो बाध्यताको पछाडी बेरोजगारी नै थियो र मैले आफ्नो मनलाई कठोर ढुंगाजस्तै बनाइ प्रदेशिने निर्णय गर्दाको कयौं दिन सम्म त मेरो आखाँमा अश्रु धारा रोकिएको थिएन । अन्गिन्ती राहतहरु अनिंदो बिताएँ । सिरानी नभिजेको कुनै राती र विहानी हुन्थेंन ।
अनन्त: भिसा लागेपछि अनिश्चितकालको लागि आफ्नै मुटुको टुक्रा अर्थात आफ्ना नानुहरुबाट टाढा रहँदै विदेश पलायन हुन बाध्य भएँ, विदेश आउने पैसा सबै, पासपोर्ट अर्थात राहदानी बनाउने खर्च देखि सम्पूर्ण खर्च जोड्दा धेरै नै खर्च भएको थियो । यहाँ आएपछि मैले ठिकैको काम पाएँ, पारिश्रमिक न्यून अर्थात थोरै भएपनि काम भने ठिकैको थियो, मलाई अर्काको देशमा भएको कहिल्यै महसुस भएन । त्यस्तो लाग्नुको मूख्य कारण चाहिं के भने यहाँ महिलाको अधिकारमाथि कसैले हनन गर्ने दुस्साहस गर्न सक्दैन, सुरक्षित वातावरणमा दु :ख–सुख गरी आफ्नो कामलाई निरन्तरता दिएँ । विस्तारै ऋण तिर्न थालें । नानुहरुलाई पनि राम्रो स्कूलमा भर्ना गरेर होस्टेलमा भर्ना गरिदिएँ ।
मेरा नानुहरु मभन्दा धेरै असल छन् । आज आफ्नो पढाईलाई निरन्तरता दिंदै म बिना जिउन सिकिसकेका छन् । मैले जस्तै आफ्नो मनमा अनेकौं पीडा, आमाको न्यानो काखको चाहना यी सबलाई मनमा दबाएर उनीहरु पनि बलियो भएको देखाउन थालेका छन् । म बिना जिउन सिकिसकेका छन् । मलाई कुनै किसिमको पीडा होस भन्ने उनीहरू कहिल्यै पनि चाहँदैनन् । परिस्थितिलाई मध्ये नजर गर्दै मेरा नाननुहरु एकदमै असल बनेका छन्, विवशतालाई बुझ्न सक्ने भएका छन् । उनीहरुले मलाई सम्झाउँछन् तर मेरो मनमा खिन्नता भरिरहेको हुन्छ । जुन सानो हुँदा दूध खाँदै गरेको बच्चालाई छोडेर प्रदेश लागेको दिन, उनीहरुलाई मेरो आवश्यता पर्दा म उनीहरुको साथमा नहुँदा, मेरी आमाले जस्तै कपाल कोरी झोलामा टिफिन राखी स्कुल पठाउन नपाउँदा, उनीहरु बिरामी भएको बेलामा उनिहरुको हेरचाह गर्न नपाउँदा, आत्मा झन बिचलित बन्छ, छटपटिन्छ मन, अनि एक्लै रुन्छ र चार दिवार भित्र आफै शान्त बन्छ मन ।
आफ्नै मनले आफैंलाई सम्झाउँदै, आज तँ नेपालमा नै भएको भए जुन स्तरमा तेरो छोरीहरु पढेका छन् त्यो स्तरमा अवश्य पढ्न पाउने थिएनन्, आर्थिक समस्याले पिरोली रहने थियो । झन बिहान अर्काको दु:ख गरेर खान पर्ने अवस्था सायद आउने थियो होला, त्यसैले मन रोक्न बाध्य छौ । हो मैले दु:ख गरेर पनि मेरो सन्तानले सुख पायका छन्, मैले पढ्न नपाए पनि भोलि मेरो सन्तानले राम्रो शिक्षा लिने छन् ।
हुन त आफ्नो सन्तानको भविष्य खोज्दै विदेश पलयान भएको आमा म मात्रै होइन, हामी नेपालीको बध्यता नै रहेको छ । देशमा रोजगारी एवं काम गर्ने शान्तिपूर्ण वातावरण नहुँदा, महिलामाथिको हेर्ने दृष्टिकोण, हेपाहा प्रवृत्तिजस्ता अनेकौं समस्याका कारण मैले जस्तै हजारौं आमाहरु आज आफ्ना मुटु अर्थात सन्तानलाई कलिलै उमेरमा छोडेर उनीहरुको खुशी र उज्जवल भविष्यकोलागि भन्दै पराई अर्थात विदेशी भूमिमा संघर्ष गर्न बाध्य छौं ।
सबैजनाको चाहना पक्कै पनि आफुले पाए जस्तो दु:ख मेरो सन्ततिलाई नहोस भन्ने नै हो । हामीहरु विदेशी भूमिमा कोमल मनलाई कठोर ढुंगा जस्तै बनाएर हाँसी–हाँसी सहेका छौं आफ्नै सन्तानको लागि र हामी आमाहरु अर्काको देशमा पैसाको लागि आफ्नै मुटुबाट टाढा रही अझै मानौ मुटु बिना जस्तै रही उनीहरूको उज्वल भविष्यको खोजिमा कहिलेसम्म भौतारिनुपर्ने हो थाहा छैन ।
देशमा शान्तिपूर्ण वातावरण नरहुञ्जेल म जस्तै हजारौ आमाले आमाको कर्तव्यबाट बञ्चित रहनुपर्ने छ, आमा बन्नुको कर्तव्य केवल उनीहरूको आवश्यकता पुरा गर्दिनु मात्रै हो जस्तो लाग्दैन तर बुझेर पनि देशको अवस्थाले गर्दा पाइलाहरु विदेशी भूमिमा रोकिएका छन् ।
त्यसै त देशको अवस्था कमजोर, त्यसमाथि बारम्बार आउने विपत्तिको कारण झन कमजोर बनाइरहेको छ देशलाई । एउटी आमा भएर मलाई जति माया आफ्ना सन्तान अर्थात नानुहरुको लाग्छ, त्यति नै आफू एउटा देशकी छोरी भएको नाताले देशप्रति पनि लाग्छ तर म लाचार छु, न त मैले आमा भएर आफ्नो सन्तानप्रतिको कर्तव्य निर्वाह गर्न पाएँ न त देशको सन्तान भएर नै ।
प्रस्तुत लेखमा म एउटा प्रतिनिधीपात्र मात्रै हुँ विदेशी भूमिमा आएर आफ्नो घरपरिवार र सन्तानकोलागि मजस्तै सबै सुख त्यागेर पनि संघर्ष गर्ने महिला दिदीबहिनीहरुको संख्या निकै उच्च छ । कुनै पनि आमाको रहर आफ्ना सन्तान र घरपरिवारदेखि टाढा बस्ने हुन्न तर घरका अभिभावकले छोराछोरी, श्रीमति र घर परिवार प्रतिको जिम्मेवारी बिर्सिंदै गएको अवस्थामा देसमा केहि गर्दा असफल ब्याबसाय .आर्थिक अभाबका कारण आफ्ना हरेक खुशी रहर र तिलाञ्जली दिंदै वैदेशिक हामीहरुको रहर होइन बाध्यता नै हो ।
तैपनि हामीले के बुझ्नु पर्छ भने जिन्दगी र समयले जस्तो स्थानमा उभ्याउँछ हामीले त्यसैलाई स्वीकार गर्नु पर्दछ । अर्काको देशमा दासी बनेर भए पनि आफ्नो सन्तानको लागि थोरै नै सहि तर केहि गरेका छौं, जे गरेका छौ राम्रो गरेका छौं ।
(पर्वत जिल्ला जन्मघर भएकी भुषाल हाल इजरायलमा हुनुहुन्छ ।)
प्रतिकृयाकोलागि : deepikabhushal@gmail.com
प्रकाशित मितिः२०७२ असार १० गते बिहीवार