लायन्स क्लवद्वारा कुष्ठरोगीहरूकालागि लुगा एवं खाद्य सामग्री प्रदान

वीरगंज, १९ असार/लायन्स क्लव अफ वीरगंज कपल एवं लायन्स क्लव अफ रक्सौलको संयुक्त आयोजनामा रक्सौलको सुन्दरपुरस्थित लिटिल फ्लावर लेप्रोसी वेलफेयर एशोसिएशनका कुष्ठरोगीहरूकालागि विभिन्न प्रकारका लुगा, खाद्य सामग्री तथा दैनकि उपभोगका सामानहरू प्रदान गरिएको छ ।

लायन वर्ष २०१५–०१६को शुभारम्भको अवसर पारेर लायन्स क्लवले शनिवार सो अस्पतालका कुष्ठरोगीहरूलाई ती खाद्य लगायतका सामग्रीहरू प्रदान गरिएको लायन्स क्लवका जोन चेयर पर्सन उमेश साह कानुले जानकारी गराउनु भयो ।

जोन चेयर पर्सन कानुले दिनुभएको जानकारी अनुसार टि–सर्ट २५ थान, सलवार सुट पाँचथान, आलु १ बोरा, बिस्कुट २२ कार्टुन, भुजिया एक सय प्याकेट, खानेतेल ३७ लिटर, नुन ५ किलो, साबुन २४ थान, सालाई पाँच प्याकेट, ठूलो छाता पाँच पीसलगायतका सामग्रीहरू वितरण गरिएको थियो ।

सो अस्पतालकामा उपचार गराउन भर्ना भएका कुष्ठरोगीहरूले अस्पताल परिसरमै एक सय वटा गाई पाल्नुका साथै रेशमबाट विभिन्न सामानहरू उत्पादन गरी बजारमा बिक्री वितरण गर्ने गरी त्यसबाट आएको आम्दानीबाट आफ्नो उपचार खर्च आफैं जुटाउने प्रयासमा लागिरहेको जानकारी सञ्चालिका कविता भट्टराईले दिनुभयो ।

लायन्स क्लव अफ रक्सौलका अध्यक्ष हेमन्त अग्रवालले वीरगंजका लायन्स क्लवहरू र रक्सौलका लायन्स क्लवहरूले आपसमा सहकार्य गरी आगामी दिनमा पनि यस्ताखाले समाजसेवी काममा अघि बढ्ने विश्वास व्यक्त गर्दै वीरगंजेली लायन्सले रक्सौलमा र रक्सौलका लायन्सले वीरगंज क्षेत्रमा सामजिक सेवामा योगदान पुर्‍याउनुपर्ने कुरामा जोड दिनु भएको थियो ।

सो कार्यक्रममा लायन्स क्लव अफ वीरगंज कपल र लायन्स क्लव रक्सौलका वीरेन्द्र भगडिया, विनोद अग्रवाल, नविन मित्तल, रितु मित्तल, कमलेश अग्रवाल, जोन गणेश बगडीया, जोन मनिष सिस्का,  हेमन्त अग्रवाल, रमेश मित्तललगायतका लायन्स सदस्यहरुको उपस्थिति रहेको जोन चेयर पर्सन उमेश साह कानुले जानकारी दिनु भयो ।्



SHARE THIS

Author:

Facebook Comment