नेपाली साहित्य विकासकोलागि “विमर्श नेपाल” गठन

काठमाडौ,१९ असार
नेपाली साहित्यको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले साहित्यानुरागी युवाहरूको एक भेलाले विमर्श नेपाल नामक संस्थाको गठन गरिएको छ ।


विभिन्न जिल्लाका साहित्यकर्मी युवाहरू शनिवार काठमाण्डौको अनामनगरस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपाल च्याप्टरको सभाकक्षमा बसेको भेलाले किरण भट्टको संयोजकत्वमा संस्थाको तदर्थ समिति गठन गरिएको हो । समितिको सदस्य सचिव माधव अधिकारी, कोषाध्यक्ष सरस्वती कटुवाल र सदस्य सलिना शिवाकोटी, सुबोध खनाल, प्रेम तामाङ्ग र जनक ढुङ्गाना रहेका छन् ।

 अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, नेपालका अध्यक्ष राधेश्याम लेकाली संरक्षक रहेको संस्थाका सल्लाहकारमा समालोचक महेश पौड्याल तथा कवि हेमन्त विवश र राजकुमार बराल छन् ।

नेपाली साहित्यको विकासमा युवा सहभागिता अभिवृद्धि गर्न संस्था गठन गरिएको सदस्य सचिव अधिकारीले बताए । नवगठित समितिका पदाधिकारीलाई संरक्षक लेकाली र सल्लाहकार पौड्यालले शुभकामना दिएका थिए ।


SHARE THIS

Author:

Facebook Comment